IPL : पर्पल क्याप रेसमा रबाडालाई बुम्राहको प्रतिस्पर्धा, यस्तो छ अंकतालिकाको अवस्था



युएईमा जारि १३ औं आईपीएल अन्तर्गत २० औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्सले स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्यो।

लगातार तेश्रो जित दर्ता गर्दै मुम्बई ६ खेलमा ४ जित र २ हार पछि ८ अंक बटुल्दै पहिलो स्थानमा उक्लेको छ। समान अंक रहेको दिल्ली नेट रन रेटमा पछि पर्दै दोश्रो स्थानमा रहेको छ जसले ५ खेलमा ४ जित र १ हार बेहोरेको छ।

अर्कोतर्फ लगातार तेश्रो हार पछि राजस्थान भने अंकतालिकाको पुछारतिर यात्रा गरेको छ। खेल अघि पाँचौ स्थानमा रहेको राजस्थान २ स्थान तल झर्दै सातौँ स्थानमा पुगेको छ। समान ४ अंक रहेता पनि कोलकाता, चेन्नाई र हैदरावाद क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा रहेको छ।

अरेन्ज क्याप रेसमा सुर्यकुमारको फड्को

राजस्थान बिरुद्ध ४७ बलमा ७९ रन बनाउदै करियरको उच्च व्यक्तिगत रन बनाएका सुर्यकुमार यादव अरेन्ज क्याप रेसमा छैठौं स्थानमा उक्लेका छन्। ३५ रन बनाएका मुम्बई कप्तान रोहित शर्मा चौथो स्थानमा उक्लेका छन्। श्रेयस ऐयर पाँचौ स्थानमा तथा पृथ्वी श सातौँ स्थानमा झरेका छन्। रोहित शर्माको ६ खेलमा २११ रन रहेको छ भने सुर्यकुमार यादबको ६ खेलमा १८० रन पुगेको छ। ऐयरको १८१ र शको १७९ रन रहेको छ।

केएल राहुलसंग अरेन्ज क्याप रहेको छ जसले ५ खेलमा १ शतक र २ अर्धशतक प्रहार गर्दै ३०२ रन बनाएका छन्। चेन्नाईका फाफ डु प्लेसी दोश्रो स्थानमा छन् जसले राहुल भन्दा २० रन कम २८२ रन बनएका छन्। तेश्रो स्थानमा रहेका पन्जाबकै मायाँक अग्रवालले २७२ रन बनाएका छन्।

बुधबार हुने कोलकाता र चेन्नाई बीचको खेलमा फाफ डु प्लेसीले २१ रन बनाएको खण्डमा उनलाई अरेन्ज क्याप नाम गर्ने मौका रहेको छ।

सूर्यकुमार यादब

रबाडालाई बुम्राह, बोल्टको प्रतिस्पर्धा

राजस्थान बिरुद्ध करियरकै उत्कृस्ट स्पेल दर्ता गरेका मुम्बई पेसर जस्प्रित बुम्राह पर्पल क्याप रेसमा कागीसो रबाडा नजिक पुगेका छन्।

बुम्राहले राजस्थान बिरुद्ध ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन खर्चिए। जारि लिगमा यो सबैभन्दा उत्कृस्ट स्पेल हो भने लिग करियरमा बुम्राहको यो उत्कृस्ट स्पेल हो। बुम्राहले यस अघि लिगमा ४ विकेट लिएका थिएनन्। उनले २०१७ मा कोलकाता बिरुद्ध ७ रन खर्चेर लिएको ३ विकेट सबैभन्दा उत्कृस्ट स्पेल थियो। यो सिजन एकै इनिंगमा ४ विकेट कुनै पनि बलरले लिएको यो दोश्रो पटक हो। अघिल्लो खेलमा दिल्ली पेसर कागीसो रबाडाले बैंगलोर बिरुद्ध ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका थिए।

पर्पल क्याप साथमा रहेका दिल्ली पेसर रबाडाको ५ खेलमा १२ विकेट रहेको छ भने बुम्राहको ६ खेलमा ११ विकेट पुगेको छ। बुम्राहले यस अघि हैदरावाद, पन्जाब र कोलकाता बिरुद्ध समान २ विकेट लिएका थिए।

राजस्थान बिरुद्ध २ विकेट लिंदै विकेट संख्या १० पुर्याएका ट्रेन्ट बोल्ट तेश्रो स्थानमा पुगेका छन् भने २ विकेटनै लिंदै जेम्स प्याटिन्सन ९ विकेट सहित चौथो स्थानमा पुगेका छन्।

बुम्राहले ६ खेलमा ११ विकेट लिएका छन् 

बैंगलोर लेग स्पिनर युजभेन्द्र चहल पाँचौ स्थानमा रहेका छन्। समान ८ विकेट लिएका पन्जाब पेसर मोहम्मद शामी एभरेजमा पछि पर्दै छैठौं स्थानमा छन्। आज चेन्नाई र कोलकाता बीचको खेलपछि ६ विकेट लिएका पियुष चावला रेसमा अघि बढ्न सक्नेछन्।

आगामी खेल

अक्टोबर ७, बुधबार : कोलकाता नाइट राइडर्स Vs चेन्नाई सुपर किंग्स ( ७:४५ बजे राति, शेख जायद स्टेडियम, अबुधाबी )

अक्टोबर ८, बिहिबार : सनराइजर्स हैदरावाद Vs किंग्स-११ पन्जाब ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर ९, शुक्रबार : राजस्थान रोयल्स Vs दिल्ली क्यापिटल्स ( ७:४५ बजे राति, शारजाह स्टेडियम )

बुम्राहको करियरकै उत्कृस्ट स्पेल, ह्याट्रिक जित पछि मुम्बई शिर्षमा

‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट

प्रशिक्षक पोन्टिङले बताए पृथ्वी शको आक्रामक लयको कारण

को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए

लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”

 





थप समाचार

ओमानद्वारा अमेरिका ७२ रनले पराजित, सिरिज समाप्तिमा अंकतालिकाको अवस्था

अमेरिकालाई ७२ रनले पराजित गर्दै ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गत एघारौं जित दर्ता गर्न सफल भएको छ। अल अमिरात मैदानमा […]

IPL : बैंगलोरलाई सहजै पराजित गर्दै कोलकाता पाँचौ स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गर्दै कोलकाता नाइट राईडर्सले युएईमा सुरु भएको आईपीएलको दोश्रो फेजको शानदार सुरुवात गरेको छ। […]

चक्रवर्तीले घातक बलिंग गर्दा बैंगलोर ९२ रनमै सिमित

युएईमा जारि आईपीएलको दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्। […]

ICCWCL2 : मक्सुदको अर्धशतक, ओमानद्वारा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमान र अमेरिका […]

IPL : कोलकाता बिरुद्ध बैंगलोरले पहिले ब्याटिंग गर्ने, दुई खेलाडीले डेब्यु गर्दै

युएईमा जारी इन्डियन प्रिमियर लिगको ( आईपीएल ) दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता […]

पारस खड्काले ईपीएल नखेल्ने

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सेप्टेम्बर २५ तारिख देखि काठमाडौंमा सुरु हुने एभरेष्ट […]