आईपीएल २०२० अन्तर्गत आइतबारको पहिलो खेलमा मुम्बई इन्डीएन्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गरिरहेका छन्। दोश्रो खेलमा ७:४५ बजे चेन्नाई र पन्जाब प्रतिस्पर्धा गर्नेछन्।
शारजाह मैदानमा टस जितेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनाउदै २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुम्बईको लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ३९ बलमा ४ चौका र ४ छक्का हिर्काए। काइरन पोलार्डले अविजित १३ बलमा २५ ( ३ छक्का ) , क्रुनाल पान्ड्याले ४ बलमा अविजित २० रन ( २ चौका र २ छक्का ) बनाए। इशान किशनले २३ बलमा ३१ ( १ चौका र २ छक्का ), हार्दिक पान्ड्याले १९ बलमा २८ ( २ चौका र २ छक्का ) रन बनाए।

ओपनर रोहित शर्मालाई ( ६ रन) पहिलो ओभरमै सन्दिप शर्माले विकेटकिपर जोनी बेयरस्टोबाट क्याच आउट गराए। त्यसपछि छैठौं ओभरमा सुर्यकुमार यादबलाई ( २७ रन ) सिद्धार्थ कौलले क्याच आउट गराए।
तेश्रो विकेटको लागि डीकक र इशान किशनले ७८ रनको साझेदारी गरे। डीककलाई १४ औं ओभरमा राशिद खानले आफैले क्याच गरेर पेभेलियन फर्काए। लगत्तै ओभरमा किशनलाई सन्दिप शर्माले क्याच आउट गराए जुन क्रममा लंगअफ बाउन्ड्रीमा मनिष पाण्डेले दायाँतर्फ डाइभ गर्दै उत्कृस्ट क्याच लिए।
पाँचौ नम्बरमा ब्याटिंगमा आएका हार्दिक पान्ड्या र काइरन पोलार्डले २६ बलमा ४१ रनको साझेदारी गरे। पान्ड्यालाई सिद्धार्थ कौलले अन्तिम ओभरमा योर्करमा बोल्ड गरे।
अन्तिम ओभरमा क्रुनाल पान्ड्याले खेलेको ४ बलमा क्रमशः छक्का, चौका, चौका र छक्का प्रहार गर्दै टिमको योगफल २ सय पार गराए।

हैदरावादको बलिंगमा सन्दिप शर्माले सर्वाधिक २ विकेट लिए। रोहित शर्मा र इशन किशनको विकेट लिएका उनले ४ ओभरमा ४१ रन खर्चिए। राशिद खानले १ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र २२ रन खर्चिए। राशिदले १६ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्दा मात्र २ रन खर्चिएका थिए।
सिद्धार्थ कौलले २ विकेट लिंदा ४ ओभरमा ६४ रन खर्चिए। टि नटराजनले विकेट नलिए पनि ४ ओभरमा २९ रन मात्र खर्चिए। अब्दुल सामद ( २-०-२७-० ) र केन विलियमसन ( २-०-२४-० ) पनि विकेटविहिन रहे।
दुवै टिमले ४ खेल खेल्दा समान २ जित र २ हार बेहोर्दै ४ अंक बटुलेका छन्। अंकतालिकामा नेट रन रेटमा अघि रहँदै मुम्बई तेश्रो र हैदरावाद चौथो स्थानमा रहेको छ।
कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो
‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत
आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क
दोश्रो हार पछि स्मिथले औल्याए टिमको कमजोर पक्ष
लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास
IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड