टि-१० लिग : सहजादले १६ बलमै ७४ रन बनाउदा राजपुत्सको जित



  • विकेटनेपाल, मङ्सिर ५ 

अफगानिस्तान क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान समेत रहेका मोहम्मद सहजादले अचम्मित पार्ने इनिंग खेलेपछि टि -१० लिगको पहिलो खेलमा राजपुत्सले सिन्धिजलाई १० विकेटले पराजित गरेको छ।

युएई सारजाह मैदानमा भएको खेलमा टस हारेर ब्याटिंगमा उत्रेको सिन्धिजले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो। सिन्धिजको लागि कप्तान शेन वाटसनले २० बलमा ४ चौका र ३ छक्कको मद्दतले ४२ रन बनाए। सिन्धिजका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

राज्पुत्सिको लागि भारतीय पुर्व क्रिकेटर समेत रहेका मुनाफ पटेलले सर्वाधिक ३ ( २-०-२०-३ ) , कार्लोस ब्रेथ्वेटले २ तथा सयद शिर्जादले १ विकेट हात पारे।

मोहम्मद सहजादको अपत्यारिलो इनिंग 

९५ रनको लक्ष्य बोकेर मैदानमा उत्रेको राजपुत्सले मात्र ४ ओभरमै विकेट नगुमाई लक्ष्य पुरा गर्यो।

विस्फोटक इनिंग खेलेका सहजादले मात्र १६ बलमा ८ वटा छक्का र ६ वटा चौका प्रहार गर्दै अविजित ७४ रनको इनिंग खेले। कप्तान म्याकुलमले ८ बलमा १ चौका र २ छक्काको मद्दतले अविजित २१ रन बनाए। सहजादनै खेलको प्लेयर अफ द म्याच चुनिए।


सहजादको इनिंग ( १ ४ ६ ४ ४ ६ १ ६ ६ ४ ६ ४ ४ ६ ६ ६ ) 

१६ बल मात्रै सामना गरेका सहजादले त्यसमध्ये १४ बलमा बललाई बाउन्ड्री पार गराए। यस क्रममा उनले फवाद अहमदको ओभरमा ३ छक्का प्रहार गरे भने त्यस अघि थिसारा परेराको एकै ओभरमा ३ छक्का र ३ चौका प्रहार गरेका थिए। यस्तै इनिंगको पहिलो ओभरमै उनले मोहम्मद नवाजलाई १ छक्का र ३ चौका हिर्काएर स्वागत गरेका थिए।





थप समाचार

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]

हसन चम्कदा एक खेल अगावै बंगलादेशलाई सिरिज

बंगलादेश र वेस्ट इन्डिजबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोलि बंगलादेशले ७ विकेटको सहज […]

प्रम कप : बागमतीको लगातार तेश्रो जित, पृथुको उत्कृस्ट लय

प्रदेश नम्बर-२ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेश्रो जित दर्ता […]

बिग ब्यास : सन्दिपको राम्रो प्रदर्शनका बाबजुद होबार्टको हार

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत ४७ औं खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्सलाई पर्थ स्करचर्सले २२ रनले […]

राजस्थान रोयल्सद्वारा रोबिन उथप्पा चेन्नाईलाई ट्रेड

आईपीएल टिम राजस्थान रोयल्सले आफ्नो ब्याट्सम्यान रोबिन उथप्पालाई चेन्नाई सुपर किंग्समा ट्रेड गरेको छ। आईपीएल २०१४ को अरेन्ज क्याप विजेता […]