मोमिनुलको शतकमा बंगलादेशको बलियो सुरुवात



  • विकेटनेपाल, माघ १७ – बुधबार

बंगलादेशमा बुधबारदेखि सुरु भएको श्रीलंका र बंगलादेशबिचको टेस्ट सिरिजको पहिलो खेलमा बंगलादेशले बलियो सुरुवात गरेको छ ।

पहिलो दिनको समाप्तीमा बंगलादेश ४ विकेट गुमाएर ३७४ रनको स्कोरमा छ जसका मोमिनुल हक अविजित १७५ (२०३ बल, १६ चौका, १ छक्का) तथा महमदुल्लाह अविजित ९ रन (२० बल, २ चौका) बनाएर खेलिरहेका छन् ।

चटगाउँमा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरको बंगलादेशका लागि ओपनर तामिम इकबालले अर्धशतक प्रहार गर्दै राम्रो सुरुवात दिलाए । ५२ रन बनाउन ५३ बल सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि इकबाल दिलारुवान परेराको बलमा आउट हुनुअघि इमरुल केय्ज मिलेर ७२ रनको साझेदारी गरेका थिए । केय्जले ४० रन (७५ बल, ४ चौका) बनाए ।

दुवै ओपनर १२०/२ को स्कोरमा आउट भएपछी मोमिनुल हक र मुश्फिकर रहिमले तेस्रो विकेटका लागि २३६ रनको साझेदारी गरे । १९२ बलको सामना गर्दा १० चौका प्रहार गरेका रहिम सुरंगा लाकमलको बलमा आउट हुँदा शतक बनाउनबाट मात्र ८ रनले चुके ।

रहिम आउट भएपछी आएका लिट्टोन दास पहिलो बलमानै लकमलकै सिकार बन्न पुगेका थिए ।

श्रीलंकाका लागि सुरांगा लकमलले २ विकेट (१७-३-४३-२) तथा दिलारुवान परेरा र लक्षण संदाकनले १/१ विकेट लिएका छन्।

जारि श्रीलंकाको बंगलादेश भ्रमण अन्तर्गत जिम्बाबे समेत सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज श्रीलंकाले उपाधी जित्दै सकिएको थियो। यी दुई टोलिबीच २ टेस्ट तथा २ टी-२० क्रिकेट को सिरिज चल्ने छ ।

(Pictures: @ICC)





थप समाचार

प्रम कप : पहिलो सेमीफाइनलमा एपीएफ र पुलिस खेल्दै

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पहिलो सेमी फाइनल खेलमा बुधबार दुई विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

बिग ब्यास : नेट रनरेटमा पछि पर्दै होबार्ट प्लेअफ पुग्न असफल, यस्तो रह्यो सन्दिपको प्रदर्शन

लिग चरणको अन्तिम खेलमा मेलबर्न रेनेगेड्ससंग ११ रनले पराजित भएसंगै नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सको यो सिजन […]

आयरल्याण्डविरुद्धको एकदिवसीय शृंखलामा अफगानिस्तानको ‘क्लिन स्विप’

अफगानिस्तान र आयरल्याण्डबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत मंगलबार सम्पन्न अन्तिम तथा तेस्रो खेलमा ३६ रनको सहज जित दर्ता […]

६ राष्ट्रिय क्रिकेटरलाई ‘क्रिकेट बजार’ द्वारा खेल सामग्री प्रयोजन

क्रिकेट सामग्री उत्पादन गर्ने ‘क्रिकेट बजार’ ले बिभिन्न ६ जना राष्ट्रिय क्रिकेटरहरुलाई खेल सामग्री प्रयोजन गरेको छ। राष्ट्रिय क्रिकेटरहरु मेहबुब […]

राष्ट्रिय क्रिकेट टिमले कतारसंग टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले फेब्रुवरी ९ देखि १२ तारिख सम्म ( माघ २७ देखि ३० गते ) कतारसंग मैत्रीपूर्ण टि-२० […]

बिग ब्यास : मेलबर्न बिरुद्ध सन्दिप विकेटविहिन

बिग ब्यास लिग अन्तर्गत सिजनको सातौँ खेलमा मेलबर्न रेनेगेड्स बिरुद्ध होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने विकेटविहिन […]