मोरङ र सप्तरी बीच मनिष– दिपेन्द्र ट्रफी सिरिज आयोजना हुने



इतिहासमै पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्ला बीच ऐतिहासिक अन्तर-जिल्ला मनिष-दिपेन्द्र ट्रफी क्रिकेट सिरिज आयोजना हुने भएको छ ।

सिरिजलाई मोरङका पूर्व राष्ट्रिय क्रिकेटर मनिष राज भण्डारी र सप्तरीका पुर्व राष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरीको नाम दिईएको छ।

नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा सिरिज आयोजना हुनेछ। दुई जिल्ला बिचको सिरिज चैतको पहिलो साता हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यष नविन घिमिरेले जानकारी दिए ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि क्रिकेटर सिरिज तीन दिवसिय, एक दिवसिय र टि– टुवान्टीको तीन वटै फर्म्याटमा खेल हुने जानकारी दिएको छ । पहिलो वर्ष र दोस्रो वर्ष मोरङमा हुने सहमति भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । क्रिकेटलाई संस्थागत रुपम लिएर अगाडी बढाउनुपर्ने उनले बताए ।

कार्यक्रममा सप्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले क्रिकेट क्षेत्रमा बुझेका व्यक्ति नेतृत्वमा पुगेमात्र यस क्षेत्रको विकास हुने बताए । यस्ता प्रकारका क्रिकेट खेल मोरङ र सप्तरीमात्र नभएर सबै जिल्लामा क्रिटेक प्रतियोगिता भएमात्र यस खेल व्यवसायिक बनेर अगाडी बढने बताए ।

कार्यक्रममा पुर्व राष्ट्रिय क्रिकेटरद्वय डा. मनिषराज पाण्डे, दिपेन्द्र चौधरीले क्रिकेट खेलक्षेत्रको विकासमा सबै लाग्नु पर्नेमा जोड दिए ।

( साभार – खबरपूर्वान्चल )





थप समाचार

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]

BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित […]