धोनी भन्दा आधा भन्दा कम खेल खेल्दै मोर्गनले तोडे धोनीको वर्ल्डरेकर्ड

इंग्ल्यान्ड कप्तान ओएन मोर्गनले भारतीय विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीको लामो समय देखिको वर्ल्डरेकर्ड तोडेका छन्।

आयरल्याण्ड बिरुद्ध एकदिवसीय सिरिजको तेश्रो तथा अन्तिम खेलमा मोर्गनले धोनीले कायम गरेको कप्तानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्काको रेकर्ड तोडेका हुन्।

मंगलबार राति सम्पन्न खेलमा इंग्ल्यान्ड ७ विकेटले आयरल्याण्डसंग पराजित भएको थियो जसमा मोर्गनले शतकीय इनिंग खेलेता पनि हार टार्न सकेको थिएन। ८४ बलमा १५ चौका र ४ छक्का प्रहार गर्दै १०६ रन बनाएका मोर्गनले १४ औं एकदिवसीय शतक पुरा गरेका थिए।

टुट्यो धोनीको वर्ल्डरेकर्ड  

एजेज बल साउथह्याम्पटनमा मोर्गनले १०६ रन बनाउने क्रममा ४ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा छक्का संख्या ३२८ पुर्याए। कप्तानको रुपमा २१२ औं छक्का प्रहार गरेका मोर्गनले धोनीले कप्तानको रुपमा प्रहार गरेको २११ छक्काको किर्तिमान तोडेका हुन्।

धोनीले ३३२ खेलमा उक्त किर्तिमान बनाएका थिए भने मोर्गनले मात्र १६३ खेलमा अर्थात् धोनी भन्दा आधा भन्दा कम खेलमा यो रेकर्ड आफ्नो नाम गरेका हुन्।

मोर्गनले मात्र १६३ खेलमा अर्थात् धोनी भन्दा आधा भन्दा कम खेलमा यो रेकर्ड आफ्नो नाम गरेका हुन्।

तर अन्तर्राष्ट्रिय करियरमा तिनवटै फर्म्याटमा कुल छक्काको मामलामा भने धोनी मोर्गन भन्दा अघि रहेका छन्। धोनीले कुल ३५९ छक्का प्रहार गरेका छन् भने मोर्गनको ३२८ छक्का रहेको छ।

कप्तानको रुपमा मोर्गन र धोनी पछि धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान अस्ट्रेलियन पूर्वकप्तान रिकी पोंटिंग हुन् जसले १७१ छक्का प्रहार गरेका छन्। चौथो धेरै न्युजिल्याण्डका ब्रेण्डन म्याकलमले १७० छक्का प्रहार गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने १० ब्याट्सम्यान ( टेस्ट, वानडे र टि-२० ) 

१. क्रिस गेल ( वेस्टइन्डिज/आईसीसी ) : ५३४ छक्का ( ४६२ खेलको ५३० इनिंग )

२. शाहिद अफ्रिदी ( पाकिस्तान/आईसीसी/एसिया )  : ४७६ छक्का ( ५२४ खेलको ५०८ इनिंग )

३. रोहित शर्मा ( भारत ) : ४२३ छक्का ( ३६४ खेलको ३७० इनिंग )

४. ब्रेण्डन म्याकलम ( न्युजिल्यान्ड ) : ३९८ छक्का ( ४३२ खेलको ४७४ इनिंग )

५. महेन्द्र सिंह धोनी ( भारत/एसिया ) : ३५९ छक्का ( ५३८ खेलको ५२६ इनिंग )

६. सनथ जयसूर्या ( श्रीलंका/एसिया ) : ३५२ छक्का ( ५८६ खेलको ६५१ इनिंग )

७. ओएन मोर्गन ( आयरल्याण्ड/इंग्ल्यान्ड ) : ३२८ छक्का ( ३४४ खेलको ३३३ इनिंग )

८. ए बि डी भिल्लियर्स ( दक्षिण अफ्रीका.अफ्रीका ) : ३२८ छक्का ( ४२० खेलको ४८४ इनिंग )

९. मार्टिन गुप्टिल ( न्युजिल्यान्ड ) : ३१८ छक्का ( ३१८ खेलको ३५४ इनिंग )

१०. रोस टेलर ( न्युजिल्यान्ड ) : २६९ छक्का ( ४३३ खेलको ४८६ इनिंग )

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान क्रिस गेल हुन्

धेरै अन्तर्राष्ट्रिय छक्का प्रहार गर्ने सुचीमा सचिन तेन्दुलकर २६४ छक्का सहित ११ औं स्थानमा रहेका छन्। एडम गिलक्रिस्ट ( २६२ छक्का  ) १२ औं, ज्याक कालिस ( २५२ छक्का ) १३ औं, युभराज सिंह ( २५१ छक्का ) १३ औं, सौरभ गांगुली ( २४७ छक्का ) १४ औं तथा रिकी पोंटिंग ( २४६ छक्का ) १५ औं स्थानमा रहेका छन्। पुरा सुची हेर्नुस 

आयरल्याण्डले तोड्यो भारतको १८ वर्ष पुरानो रेकर्ड 

मंगलबार राती सम्पन्न खेलमा मोर्गनको शतक मद्दतले इंग्ल्यान्डले ३२८ रन बनाएता पनि आयरल्याण्डले मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यस क्रममा आयरल्याण्ड ओपनर पल स्टरलिंगले १४२ तथा कप्तान एन्ड्रु बालबर्नीले ११३ रन बनाएका थिए।

३२९ रनको लक्ष्य कुनै पनि टिमले इंग्ल्यान्डमा इंग्ल्यान्ड बिरुद्ध पछ्याएको सबैभन्दा ठुलो लक्ष्य हो। सन् २००२ मा लर्ड्समा भारतले ३२६ रनको लक्ष्य पछ्याउदै १८ वर्षसम्म कायम राखेको रेकर्ड आयरल्याण्डले तोडेको छ। २००६ मा श्रीलंकाले ३२२ रन तथा २००७ मा भारतले ३१७ रनको लक्ष्य पछ्याउन सकेको थियो।

इंग्ल्यान्डमा इंग्ल्यान्ड बिरुद्ध सर्वाधिक रन पछ्याउने टिम

१. ३२९ रन ( आयरल्याण्ड ) , २०२० , रोज बल साउथह्याम्पटन

२. ३२६ ( भारत ) , २००२ , लर्ड्स

३. ३२२ ( श्रीलंका ) , २००६, लिड

४. ३१७ ( भारत ) , २००७, ओभल

समग्रमा इंग्ल्यान्ड बिरुद्ध कुनै पनि टिमले पछ्याएको यो चौथो ठुलो योगफल हो। आयरल्याण्डले २०११ को विश्वकपमा ३२८ रनको लक्ष्य पछ्याएको आफ्नै रेकर्ड तोड्न सफल भएको छ। इंग्ल्यान्ड बिरुद्ध सबैभन्दा ठुलो लक्ष्य पछ्याउने टिम भारत हो जसले २०१७ मा ३५१ रनको लक्ष्य पछ्याएको थियो। न्युजिल्यान्डले ३६ रन तथा अस्ट्रेलियाले ३२९ रनको लक्ष्य पछ्याएको थियो।

यो पनि पढ्नुस – 

५ ठुला खेलाडी जसको लागि आगामी आईपीएल अन्तिम हुनसक्छ