आईपीएल इतिहासकै महँगो मोरिस ‘द हन्ड्रेड’ मा बिकेनन्



६ दिन अघि मात्रै इन्डियन प्रिमियर लिग ( आईपीएल ) अक्सनमा इतिहासकै महँगो मूल्यमा बिक्रि भएका क्रिस मोरिसले १६.२५ करोड भारु ( २५ करोड ९६ लाख नेपाली रुपैयाँ ) मूल्य पाए। राजस्थान रोयल्सले ठुलो मूल्य खर्चेर मोरिसलाई भित्र्याएको थियो।  सिमित ओभर क्रिकेटमा दबाबको ओभरमा किफायती बलिंग गर्ने तथा ठुलो सट पनि खेल्न माहिर खेलाडीलाई लिन आईपीएलमा मुम्बई इन्डीएन्स, चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले बोलि लगाएका थिए।

तर आईपीएल अक्सन सकिएको १ साता पनि नबित्दै इंग्ल्यान्डको ‘द हन्ड्रेड’ २०२१ लिगको मंगलबार सम्पन्न ड्राफ्टमा ६० हजार युरो ( ८४ लाख नेपाली रुपैयाँ ) मूल्यमा रहेका दक्षिण अफ्रिकी फास्ट बलिंग अलराउण्डरलाई किन्ने कोहि भएनन्।

३३ वर्षीय मोरिसलाई आईपीएलमा बिक्रि भएको मूल्यमा मात्र ३ प्रतिशत मूल्यमा पनि आस्चर्यजनकरुपमा कुनै टिमले नलिएका हुन्।

मोरिसले आईपीएलमा हालसम्म खेलेको ७० खेलमा ८० विकेट लिएका छन् जुन क्रममा उनको इकोनोमि रेट ७.८१ रहेको छ भने २ अर्धशतक बनाएका उनको १५७.८७ को ब्याटिंग स्ट्राइक रेट रहेको छ।

लिगको उद्घाटन खेलमा सन्दिप लामिछाने आवद्ध रहेको टिम ओभल इन्भिनसीबल र म्यानचेस्टर ओरिजिनलले प्रतिस्पर्धा गर्नेछ

मोरिस मात्रै हैन आईपीएल टिम मुम्बई इन्डीएन्सका दक्षिण अफ्रिकी ओपनर क्विन्टन डीकक तथा पाकिस्तानी कप्तान बाबर आजम पनि बिक्रि नभएका हुन्। यस्तै इंग्ल्यान्ड ब्याट्सम्यान बेन फोक्स पनि बिक्रि नहुने उल्लेख्य नाम हुन्।

द हन्ड्रेड लिग यो वर्ष जुन २१ तारिखबाट सुरु हुनेछ। लिगको उद्घाटन खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध रहेको टिम ओभल इन्भिनसीबल र म्यानचेस्टर ओरिजिनलले प्रतिस्पर्धा गर्नेछन्। सन्दिपलाई गत महिना ओभलमा रिटेन गर्ने निर्णय गरेको थियो जसले प्रतियोगिता खेलेबापत करिब १ लाख पाउण्ड ( डेढ करोड नेपाली ) पाउने छन्।

द हन्ड्रेड २०२१ , कुन टिमको को-को छन् खेलाडीहरु 

Birmingham Phoenix: Moeen Ali (C), Chris Woakes, Dom Sibley, Liam Livingstone, Pat Brown, Adam Hose, Adam Zampa, Henry Brookes, Chris Cooke, Kane Williamson, Benny Howell, Tom Helm, Shaheen Shah Afridi, Tom Abell, Daniel Bell-Drummond, and Miles Hammond

Trent Rockets: Joe Root, Rashid Khan, D’Arcy Short, Steven Mullaney, Luke Wood, Luke Wright, Ben Cox, Lewis Gregory, Alex Hales, Nathan Coulter-Nile, Dawid Malan, Matt Carter, Tom Moores, Timm van der Gugten, Samit Patel

Southern Brave: Jofra Archer, Andre Russell, Alex Davies, George Garton, Ross Whiteley, Max Waller, Craig Overton, Marcus Stoinis, James Vince, Liam Dawson, Chris Jordan, Tymal Mills, Delray Rawlins, David Warner, Danny Briggs

London Spirit: Eoin Morgan (C), Zak Crawley, Glenn Maxwell, Adam Rossington, Roelof van der Merwe, Jade Dernbach, Luis Reece, Mohammad Amir, Mohammad Nabi, Mark Wood, Joe Denly, Dan Lawrence, Mason Crane, Ravi Bopara, Chris Wood.

Welsh Fire: Ollie Pope, Jonny Bairstow, Tom Banton, David Payne, Ryan Higgins, Kieron Pollard, Ben Duckett, Qais Ahmad, Liam Plunkett, Jhye Richardson, Jake Ball, Ian Cockbain, Josh Cobb, Matt Critchley, David Lloyd.

Oval Invincible: Sam Curran, Rory Burns, Jason Roy, Laurie Evans, Nathan Sowter, Alex Blake, Sunil Narine, Sam Billings, Tom Curran, Sandeep Lamichhane, Reece Topley, Will Jacks, Saqib Mahmood, Colin Ingram, Jordan Clark, Brandon Glover.

Northern Superchargers: Ben Stokes, Aaron Finch, Mujeeb Ur Rahman, John Simpson, Chris Lynn, Adil Rashid, Adam Lyth, David Willey, Tom Kohler-Cadmore, Brydon Carse, Olly Stone, Matty Potts, Matthew Fisher, Harry Brook, Callum Parkinson.

Manchester Originals: Jos Buttler, Phil Salt, Joe Clarke, Wayne Madsen, Matt Parkinson, Tom Lammonby, Steven Finn, Colin Ackermann, Richard Gleeson, Nicholas Pooran, Kagiso Rabada, Harry Gurney, Jamie Overton, Shadab Khan.





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]