दबाबमा बुम्राहको उत्कृस्ट बलिंग, मुम्बईको पहिलो जित, बैंगलोरको लगातार दोश्रो हार

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत रोमान्चक सातौँ खेलमा मुम्बई इन्डीएन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

बैंगलोरको घरेलु मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले पुरा ओभर ब्याटिंग गरे पनि ५ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो।

जितसंगै मुम्बई २ खेलमा १ जित र १ हारसंगै पाँचौ स्थानमा उक्लिएको छ भने दुवै खेलमा हारको साथ बैंगलोर सातौँ स्थानमा रहेको छ। बैंगलोर पहिलो खेलमा चेन्नाईसंग ७ विकेटले पराजित भएको थियो भने मुम्बईले दिल्लीसंग ३७ रनको हार बेहोरेको थियो।

रोमान्चक रह्यो खेल 

१८८ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोर ओपनर मोइन अलि १३ रन बनाएर आउट भएपछि अर्का ओपनर पर्थिभ पटेल र कप्तान बिराट कोहलीले दोश्रो विकेटको लागि ४० रनको साझेदारी गरे। पर्थिभ ३१ रन ( ३३ बलमा ४ चौका र १ छक्का ) प्रहार गरे।

तेश्रो विकेटको लागि कप्तान कोहली र एबि डी भिल्लीयर्सले ४९ रनको साझेदारी गर्दै योगफल १०० पार गराए। उत्कृस्ट लयमा देखिएका कोहली ३२ बलमा ६ चौका मदतले ४६ रन बनाएपछि बुम्राहको बाउन्सरमा क्याच आउट भए। आईपीएल करियरमा कोहलीले १६५ औं खेल खेल्दा ५ हजार रन समेत पुरा गरे। ३८.१६ को औशत र १३०.६१ को स्ट्राइक रेटले उक्त रन बनाएका कोहली आईपीएलमा ५ हजार रन पुरा गर्ने सुरेश रैना ( १७८ खेलमा ५०३४ रन ) पछि दोश्रो खेलाडी बने। कोहलीले ४ शतक र ३४ अर्धशतक मदतले उक्त रन बनाएका हुन्।

कोहलीको विकेटपछि डी भिल्लीयर्सले आक्रामक ब्याटिंग गर्दै एउटा किनार सम्हालीरहे र आईपीएलको २९ औं अर्धशतक पुरा गर्नुको साथै ४ हजार रन समेत पुरा गरे।

शिमरोन हेटमेयर ५ रन बनाएर आउट भएपछि डी भिल्लीयर्सले मुम्बईको हातबाट जित खोस्न कुनै कसर बाँकी राखेनन्। अन्ति ३ ओभरमा ४० रन बाँकी भएको अवस्थामा हार्दिक पान्ड्याले गरेको इनिंगको १८ औं ओभरमा १ चौका र २ छक्का प्रहार गर्दै कुल १८ रन बनेपछि बैंगलोरको जित सहज देखिएको थियो।

अन्तिम २ ओभरमा २२ रन आवस्यक हुँदा बलिंग गर्न आए बुम्राह जसले कसिलो बलिंग गर्दै मात्र ५ रन मात्रै खर्चदै ग्रान्डहोमको विकेट पनि लिए पछि बैंगलोरलाई जित्न अन्तिम ओभरमा १७ रन आवस्यक रह्यो।

रोमान्चक अन्तिम ओभर  

अन्तिम ओभर बलिंग गर्न आए लासिथ मलिंगा र पहिलो बल सामना गर्दै थिए शिभम दुबे।

मलिंगाले गरेको ओभरको पहिलो बलमा दुबेले लंगअफ माथि छक्का प्रहार गरे। लगत्तै बलमा बुम्राहले दुबेको क्याच शर्ट थर्ड म्यानमा छुटाउन पुगे।

ओभरको तेश्रो बलमा डी भिल्लीयर्सले मलिंगाको बलमा १ रन मात्रै बनाउन सके। चौथो बलमा दुबेले पनि १ रन मात्रै लिंदा अब जितको लागि २ बलमा बैंगलोरलाई ८ रन आवस्यक रह्यो।

ओभरको पाँचौ बलमा डी भिल्लीयर्सले पुनः १ रन मात्रै निकाल्न सके। अब बाँकी रह्यो अन्तिम बलमा जितको लागि बैंगलोरलाई आवस्यक रह्यो ७ रन। सामना गर्दै थिए अन्तिम बलको दुबे।

अन्तिम बलमा पनि मलिंगाले योर्कर गर्दै १ रन मात्रै दिए र मुम्बईलाई रोमान्चक जित दिलाउन पुगे।

तथापी मलिंगाले गरेको ओभरको अन्तिम बल टिभी रिप्लेमा नो बल देखिए पनि अम्पायरले नो बल नदिनुले खेलको नतिजामा ठुलो असर गर्यो। खेल पछि कोहलीले अम्पायरको निर्णयको बिरोध गरे। त्यस बलमा अम्पायरले नो बल दिएर फ्री हिट पाएको भए खेलको नतिजा अर्को हुन सक्ने परिस्थिति थियो।

राम्रो ब्याटिंग गर्दै अविजित ७० रन बनाए पनि डी भिल्लीयर्सले टिमलाई जित दिलाउन भने सकेनन्। उनले ४१ बलमा ६ छक्का र ४ चौका प्रहार गरे।

४ ओभरमा ४७ रन खर्चेर विकेट विहिन रहे पनि मालिंगाले अन्तिम ओभरको पहिलो बलमा छक्का खाए पछि उत्कृस्ट बलिंग गरे। जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा २० रन मात्रै खर्चिए।

मुम्बईको ब्याटिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रनको योगफल तयार गरेको थियो।

राम्रो सुरुवात गर्ने क्रममा मुम्बई ओपनर क्विन्टन डिकक र रोहित शर्माले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गरे। डीकक २३ रन बनाएर आउट भए भने रोहितले ३३ बलमा ८ चौका र १ छक्का मदतले ४८ रन बनाए।

Rohit Sharma
Rohit Sharma

१०.४ ओभरमा ८७/२ को अवस्थामा पुगेको मुम्बईलाई त्यसपछि तेश्रो विकेटको रुपमा युभराज सिंह र सुर्यकुमार यादबले ३७ रनको साझेदारी गर्दै अघि बढाए। ३ छक्का मदतले १२ बलमा २३ रन बनाएपछि युभराज आउट भए भने २४ बलमा १ छक्का र ४ चौका प्रहार गरेका सुर्यकुमार यादब ३८ रन बनाएर पेभेलियन फर्किए।

युभराज सिंहले खेलको १४ औं ओभरमा युजभेन्द्र चाहलको ओभरको पहिलो ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए। त्यसै ओभरको चौथो बलमा अर्को छक्का प्रहार गर्ने चक्कारमा युभराज आउट भएका थिए।

युभराज सिंहले लगातार ३ चक्क्का प्रहार गरेपछि र चौथो बलमा विकेट लिएपछि चाहलको प्रतिक्रिया

त्यसपछि आएका काइरन पोलार्ड ५ तथा क्रुनाल पान्ड्या १ रनमै आउट भएपछि अन्तिममा हार्दिक पान्ड्याले आक्रामक इनिंग खेले। उनले १४ बलमा ३ छक्का र २ चौका प्रहार गरे।

बैंगलोरको बलिंगमा युजभेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिन ४ ओभरमा ३८ रन खर्चिए। उमेश यादब ( ४-०-२६-२ ) र मोहमद सिराज ( ४-०-३८-२ ) ले २/२ विकेट लिए।