रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन



अफगानिस्तान क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान नजिब ताराकाईको मंगलबार निधन भएको छ। २९ वर्षीय खेलाडीलाई शुक्रबार कारले ठक्कर दिएको थियो जसपछि उनि गम्भीर घाइते भएका थिए।

अफगानिस्तानको पूर्वी नगरहरमा भएको दुर्घटना ताराकाई  समान खरिद गर्न जाने क्रममा  बाटो काट्दै गर्दा कारले ठक्कर दिंदा भएको थियो। तुरन्तै हस्पिटल लगेर उनको उपचार गरिएता पनि अवस्था गम्भीर रहेको थियो।

“आक्रामक ओपनिंग ब्याट्सम्यान तथा असल व्यक्तित्व भएका नजिब ताराकाईको दुर्घटनामा परि दुखद निधन भएको छ जसले हामि सबैलाई स्तब्ध बनाएको छ। अफगानिस्तान क्रिकेट बोर्ड तथा अफगानिस्तान क्रिकेट प्रेमीहरुको दिल टुटेको छ। अल्लाहले उस माथि करुणा बर्साउन।” अफगानिस्तान क्रिकेट बोर्डले ट्वीट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।

२९ वर्षीय तरकाईले अफगानिस्तानको लागि १ वानडे र १२ टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरेका थिए। उनले २०१७ मा आयरल्याण्ड बिरुद्ध एकमात्र वानडे खेलेका थिए। २०१४ मा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका उनले अन्तिम पटक गत वर्ष सेप्टेम्बरमा बंगलादेश बिरुद्ध खेलेका थिए। १२ टि-२० मा उनले १ अर्धशतक मद्दतले २५८ रन बनाएका थिए। यस क्रममा उनले २०१७ मा आयरल्याण्ड बिरुद्ध व्यक्तिगत सर्वाधिक ९० रन बनाएका थिए।

जिम्बाबे ‘ए’ बिरुद्ध २०१४ मा प्रथम श्रेणी डेब्यु गरेका ताराकाईले प्रथम श्रेणी क्रिकेटमा २४ खेलमा ४७.२ को औशतले नियमित राम्रो प्रदर्शन गरेका थिए। त्यसपछि गत वर्ष अप्रिलमा उनले मिस आइनिक बिरुद्ध सर्वाधिक २ सय रन बनाएका थिए।

लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”

IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्

हारपछि दिल्लीको तारिफ गर्दै कोहलीले भने – “पराजित गर्न मुस्किल टिम”

विश्वकीर्तिमान सहित कोहलीले बनाए २ ठूलो कीर्तिमान

हैदरावादलाई अर्को झट्का ! भुवनेश्वर कुमार आईपीएलबाटै बाहिर





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]