नन्दन र ज्ञानेन्द्रको अर्धशतकमा बागमतीद्वारा एपीएफलाई २३४ रनको लक्ष्य



काठमाडौँमा जारि काठमाडौँ मेयर्स कप एकदिवसीय प्रतियोगिता अन्तर्गत चौथो दिन टियु मैदानमा जारि खेलमा बागमती प्रदेश र एपीएफ क्लब प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर एपीएफले बागमतीलाई ब्याटिंगको निम्तो दिएपछि पुरै ५० ओभर ब्याटिंग गर्दै बागमतीले ६ विकेट गुमाएर २३३ रन बनाएको छ।

बागमतीको ब्याटिंगमा नन्दन यादवले सर्वाधिक अविजित ६० रन बनाए जुन क्रममा ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ८४ बलमा ७ चौका प्रहार गर्दै ५७ रन बनाए। आदील खानले ३४, इशान पाण्डेले ३१ तथा पारस खड्काले २९ रन बनाए।

ओपनर आकाश थापा १ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोश्रो विकेटको लागि ४९ रनको साझेदारी गरे। १७ औं ओभरमा पारसलाई बसन्त रेग्मीले क्याच आउट गराए। त्यसपछि ज्ञानेन्द्र र इशान पाण्डेले ४८ रनको साझेदारी गरे। २८ औं ओभरमा मल्ललाई अमर सिंह रौटेलाले क्याच आउट गराए। त्यसपछि फर्ममा रहेका पृथु बास्कोटा मात्र ५ रन बनाएर रौटेलाबाट क्याच आउट भए। ३५ औं ओभरमा इशानलाई किशोर महतोले क्याच आउट गर्दै एपीएफलाई खेलमा हावी गरे।

त्यसपछि आदील खानले छैठौं विकेटको लागि नन्दन यादबसंग ७३ रनको साझेदारी गर्दै योगफल २ सय पार गराए। ४७ औं ओभरमा आदीललाई किशोरले क्याच आउट गरे। त्यसपछि नन्दनले अन्तिमसम ब्याटिंग गरे।

एपीएफको बलिंगमा किशोर महतो ( १०-२-४८-२ ) र अमर सिंह रौटेलाले ( १०-०-५१-२ ) समान २ विकेट लिए। अविनाश बोहरा ( १०-१-४१-१ ) र बसन्त रेग्मी ( १०-२-२९-१ ) ले समान १ विकेट लिए।

प्रतियोगितामा एपीएफले यस अघि खेलेको दुवै खेलमा जित दर्ता गरेको थियो जुन क्रममा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो। बागमतीले भने दुवै खेलमा हार बेहोरेको थियो जुन क्रममा काठमाडौँ मेयर्स-११ र नेपाल पुलिस क्लबसंग पराजित भएको थियो।

धोनी आवद्ध ब्राण्ड ‘सेभेन’ ईपिएलसंग जोडियो

सोमपाल र शाहब चम्किदा आर्मीद्वारा काठमाडौँ मेयर्स-११ पराजित

आईपीएल २०२१ : उद्घाटन खेलमा मुम्बई र बैंगलोर बीच प्रतिस्पर्धा ( खेलतालिका सहित )





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]