राष्ट्रिय टिमको फिटनेस ट्रेनर नियुक्त



यही मङ्सिर १० गते देखि सुरु हुने नेपाली राष्ट्रिय टिमको बन्दसत्रको लागि नेपाल क्रिकेट संघ ( क्यान )ले फिटनेस ट्रेनर नियुक्त गरेको छ।

भारतका आशय हटकरलाई फिटनेस ट्रेनरको रुपमा नियुक्त गरिएको हो। अन्तर्राष्ट्रिय हटकर भारतको ‘ओलम्पिक गोल्ड क्वेस्ट’ नामक संस्थाको सहायक ‘स्ट्रेन्थ एण्ड कन्डिसनिंग कोच’ रहीसकेका छन् जसको फिटनेस क्षेत्रमा १२ वर्षको अनुभव रहेको छ।

नेपाली राष्ट्रिय टिमले बन्दसत्रको लागि २२ सदस्यीय टिमको शुक्रबार घोषणा गरिसकेको छ। क्यानले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजरमा राखेर बन्द प्रशिक्षण शिविर संचालन गर्न लागेको हो।

बन्द प्रशिक्षण अघि क्यानले घोषित २२ खेलाडी तथा प्रशिक्षक जगत टमाटाको मंसिर ८ गते पीसीआर परिक्षण गरिने बताएको छ। त्यसको लागि क्यानले खेलाडीहरुलाई संघमा सम्पर्क गर्न सुचित गरेको जानकारी गरएको छ। रिपोर्ट नेगेटिभ आएमा मात्र बन्दसत्रमा सहभागी हुन पाइने क्यानले बताएको छ।

बन्द प्रशिक्षणको लागि घोषित २२ सदस्यीय टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , पारस खड्का, सन्दिप लामिछाने, शरद भेसावकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारि, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सन्दिप जोरा, किशोर महतो, भुवन कार्की , प्रशिक्षक – जगत बहादुर टमाटा

बन्द प्रशिक्षणको लागि क्यानद्वारा २२ सदस्यीय टिमको घोषणा

सन्दिपले होबार्टबाट बिग ब्यास खेल्ने, कति पाउनेछन् मूल्य, कहिले छ खेल

राष्ट्रिय क्रिकेट टोलीको एक दिवसीय मान्यता एक वर्ष बढ्ने





थप समाचार

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न […]