टेस्ट राष्ट्र आयरल्याण्ड बिरुद्ध नेदरल्याण्डको ऐतिहासिक सिरिज जित



आयरल्याण्डलाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेदरल्याण्डले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज २-१ ले जितेको छ। नेदरल्याण्डले आयरल्याण्डलाई सिरिजमा पराजित गरेको यो पहिलो अवसर हो।

सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्याण्ड १ रनले विजयी भएको थियो भने दोश्रो खेलमा आयरल्याण्ड ८ विकेटले विजयी भएको थियो।

यो संगै नेदरल्याण्ड टेस्ट राष्ट्र बिरुद्ध लगातार दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित्ने पहिलो टिम बनेको छ। पछिल्लो सिरीजमा नेदरल्याण्डले जिम्बाब्वेलाई पराजित गरेको थियो।

आईसीसी पुरुष विश्वकप सुपर लिग अन्तर्गत खेलिएको सिरिजपछि नेदरल्याण्ड अंकतालिकामा नवौं स्थानमा उक्लेको छ जसको २० अंक रहेको छ। समान २० अंक रहेता पनि नेदरल्याण्ड दशौँ स्थानमा रहेको छ। जिम्बाब्वे, दक्षिण अफ्रीका र श्रीलंका क्रमशः ११ औं, १२ औं र १३ औं स्थानमा रहेको छ।

अलट्रेक स्थित स्पोर्ट्सपार्कमा सम्पन्न खेलमा आयरल्याण्डले दिएको १६४ रनको लक्ष्य नेदरल्याण्डले ४५.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड ओपनर स्टेफेन माइबर्गले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा १११ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। माइबर्गनै प्लेयर अफ द म्याच चुनिए। अर्का ओपनर म्याक्स ओ डोडले ३६ रन, मुसा एहमदले १९ रन तथा बास डी लिडेले १८ रन बनाए।

माइबर्गले पहिलो विकेटको लागि ओ डोडसंग ६६ रनको तथा चौथो विकेटको लागि बास डी लिडेसंग ६२ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

आयरल्याण्डको बलिंगमा सिमि सिंहले ३ विकेट ( ९.५-२-२९-३ ) लिए भने ब्यारी म्याकर्थी, जोशुआ लिटल र एन्डी म्याकब्रायनले समान १ विकेट लिए।

माइबर्ग प्लेयर अफ द म्याच चुनिए ( फाइल फोटो / क्रिकइन्फो )

यस अघि टस जितेर ब्याटिंग रोजेको आयरल्याण्डले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १६३ रन बनाएको थियो।

आयरल्याण्डको लागि ह्यारी टेक्टरले सर्वाधिक ५८ रन, जर्ज डकरेलले ४० रन, सिमि सिंहले अविजित २१ रन तथा एन्डी बालबर्नीले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

२८ रनमा ३ विकेट गुमाएको अवस्थामा टेक्टर र डकरेलले ८९ रनको साझेदारी गरे। ३३ औं ओभरमा डकरेल र ३७ औं ओभरमा टेक्टर आउट भएपछि भने आयरल्याण्डले लगातार विकेट गुमाउन पुगेको थियो।

नेदरल्याण्डको बलिंगमा फ्रेड क्लासेन ( १०-१-२३-३ ) र लोगान भान बिक ( ९.२-०-२९-३ ) ले समान ३ विकेट लिए। भान डर गुटेनले २ विकेट ( ९-१-२२-२ ) र भीभीएन किंग्माले १ विकेट ( ९-१-४०-१ ) लिए।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी लोगान भान बिक चुनिए। उनले सिरिजमा ६ विकेट लिनुको साथै ५५ रन समेत बनाए।

धेरैले पढेको 

डेब्युमा ७ विकेट लिने इंग्ल्यान्ड बलर रोबिन्सन ईसीबिद्वारा निलम्बित, कारण यस्तो

सन्दिपको स्थानमा वर्सेस्टरशायरले बोलायो न्युजिल्यान्डका लेग स्पिनर





थप समाचार

ICC WTC FINAL : दोश्रो इनिंग्समा भारतलाई सामान्य अग्रता, रिजर्भ डेमा नतिजाको आशा

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पाँचौ दिनको खेल समाप्त हुँदा भारतले दोश्रो इनिंग्समा ३२ रनको अग्रता […]

नेपाली टिमले यसरी बनायो आसिफ शेखको जन्मदिन ( फोटो फिचर )

विश्वकप लिग-२ अन्तर्गत आगामी महिना स्पेनमा हुने स्कटल्याण्ड र नामिबियासंगको त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि अभ्यास थालेको नेपाली क्रिकेट टिमले मंगलबार […]

ICC WTC FINAL : तल्लो क्रमको योगदानले न्युजिल्यान्डलाई झिनो अग्रता

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्पटनमा जारि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले आफ्नो पहिलो इनिंग्समा २४९ रन बनाएको छ। पहिलो […]

ICC WTC FINAL : पाँचौ दिन भारतको उत्कृस्ट कम्ब्याक, न्युजिल्यान्ड दबाबमा

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको पाँचौ दिनको पहिलो सेसनको खेल समाप्त भएको छ। लन्च ब्रेक हुँदा पाँचौ दिनको सुरुवात […]

WTC FINAL #INDvsNZ : पाँचौ दिन कस्तो होला मौसम

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्पटनमा जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत आज पाँचौ दिनको खेल हुनेछ। खेल नेपाली समय […]

सुरु भयो नेपालको अभ्यास ( फोटो फिचर )

स्पेनमा जुलाई २० तारिख देखि सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्कटल्याण्ड र नामिबियासंगको त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि नेपाली टिमले […]