कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन



नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा जारि खेलमा टस हारेर ब्याटिंग रोजेको नेदरल्याण्डले निर्धारित १३ ओभरमा ४ विकेट क्षेतीमा १०७ रन बनाएको छ। वर्षाले खेल बीचमा रोकिएकोले डीएल मेथडको आधारमा मलेसियाले १३ ओभरमा १२० रनको लक्ष्य पाएको छ। नेदरल्याण्डले १०.२ ओभरमा ६८/३ को अवस्थामा रहंदा वर्षाले खेल लामो समय रोकिएपछि इनिंग्सलाई छोट्याएर १३ ओभरको बनाइएको थियो।

नेदरल्याण्डको सुरुवात खराब रहेको थियो। ओपनर तोबेस भीसे खाता नखोली पहिलो ओभरमा आउट भए। अर्का ओपनर विक्रमजित सिंह १ रन तथा सोहि ओभरमा बास दि लिडे खाता नखोली आउट हुँदा नेदरल्याण्ड २२/३ को अवस्थामा पुगेको थियो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका बेन कुपरले चौथो विकेटको लागि कप्तान पिटर सिलारसंग ६० रनको साझेदारी गरे। ३१ बलमा ५ चौका मद्दतले ३७ रन बनाएर सिलार १२ औं ओभरमा आउट भए।

पाँचौ विकेटको लागि कुपरले एन्टोनियस स्टालसंग ८ बलमा १९ रनको साझेदारी गरे। शर्भीन मुनिएन्डीले गरेको १३ औं ओभरमा कुपरले २ चौका र स्टालले १ छक्का प्रहार गर्दा नेदरल्याण्डले १८ रन बनाउन सफल रह्यो।

कुपरले अविजित ५४ रन बनाए जुन क्रममा ३२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। एन्टोनियस स्टालले अविजित १० रन बनाए। कुपरले अघिल्लो खेलमा नेपाल बृद्ध पनि ५५ रन बनाएका थिए।

मलेसियाको बलिंगमा मुहम्मद वफिकले २ विकेट ( ३-०-१३-२ ) लिए भने पवनदिप सिंह ( ४-०-२६-१ ) र  भीरनदिप सिंह ( १-०-६-१ ) ले समान १ विकेट लिए।

खेलमा नेदरल्याण्ड विजयी भएको खण्डमा नेदरल्याण्ड सहित नेपालको पनि फाइनलमा स्थान सुरक्षित हुनेछ। यदी मलेसिया विजयी भएको खण्डमा भने तिन वटै देशको फाइनल सम्भावना नेपाल र मलेसिया बीच बिहिबारको खेलले तय गर्नेछ।

धेरैले पढेको 

करनलाई उछिन्दै सन्दिप बने नेपालको सर्वाधिक विकेटकर्ता

रुख चढेर खेल हेरे नेपाली दर्शकले, नेदरल्याण्ड खेलाडी बेन कुपरले गरे तारिफ

IPL : मुम्बईलाई हराउदै दिल्ली दोश्रो स्थानमा उक्लियो





थप समाचार

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]

आईपीएल अनिश्चितकालको लागि स्थगित

बढ्दो कोभीड-१९ केसहरुका कारण भारतमा जारि इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित […]

आईपीएलमा कोरोना प्रभाव, कोलकाता र बैंगलोरको खेल आज नहुने

भारतमा जारी १४ औं सिजनको इन्डीयन प्रिमियर लिगको सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स बीचको खेल सर्ने […]

“बन्द कोठा भित्र पक्कै केहि हुँदैछ” वार्नरलाई हटाइएको विषयमा स्टेनको कडा टिप्पणी

सनराइजर्स हैदरावादको अन्तिम-११ बाट डेभिड वार्नरलाई हटाउने निर्णय धेरै फ्यान र एक्स्पर्टहरुलाई समेत चित्त बुझेको छैन। वार्नरबारे धेरैले विभन्न थरि […]

विलियमसनले बताए ११ ओभरमै राशिदको स्पेल सक्नुको कारण

आइतबार कप्तानी परिवर्तन गर्ने सनराइजर्स हैदरावादको निर्णयले टिमको भाग्य परिवर्तन गर्न सकेन। वार्नरको स्थानमा केन विलियमसन कप्तानीको हैदरावाद राजस्थान रोयल्ससंग […]

IPL : पन्जाबलाई हराउदै दिल्ली शिर्षमा, धवनको उत्कृस्ट ब्याटिंग

पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सम्पन्न लिगको […]