१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो

Mehboob Alam


मलेसियाको क्लब अमन मैदानमा एसीसी ट्रफीको समुह चरणको आफ्नो चौथो खेलमा नेपाल खेल्दै थियो म्यानमारसंग। मिति थियो २० अगस्ट २००६। नेपाल प्रतियोगिताको अघिल्लो ३ खेलमा हंगकंग, भुटान र कुवेतलाई सजिलै हराऊदै एसीसी ट्रफी जित्ने अभियानमा थियो। क्रिकेट इतिहासमै पहिलो पटक भिड्दै थिए नेपाल र म्यानमार।

नेपालले टस जित्यो र कप्तान बिनोद दासले पहिले बलिंग गर्ने निर्णय गरे। ओपनिंग बलिंगमा आए मेहबुब आलम। पहिलो बलमै विकेट !

आलमबाट त्यो अस्वभाविक पक्कै थिएन। म्यानमार ओपनर ओमर खाता नखोली आलमको एलबिडब्लु धरापमा परे। म्यानमारको स्कोर ०/१।चौथो बलसम्म खाता खोल्न नसकेको म्यानमारलाई आलमले पुनः झट्का दिए। यसपालि आलमले म्यानमार ब्याट्सम्यान मोहम्मदको स्टम्प उडाईदिए। स्कोर पुग्यो ०/२

Binod Das
प्रतियोगिताको अर्को एक खेलमा बलिङ्ग गर्दै बिनोद दास ( Photo – ACC )

आलम कहाँ रोकिन्थे र ? आफ्नो दोश्रो ओभरको पहिलो र पाँचौ बलमा विकेट लिंदै स्कोर र रन बराबर बनाईदिए। अब्दुल रहमानको स्टम्प ढालेका आलमले शरजिललाई राजु बस्नेतको हातमा क्याच थमाए। ४ रनमै ४ वटै विकेट गुमाएको म्यानमार गम्भीर संकटमा पुग्यो।

आलम अझै थामिएनन्, सातौँ ओभरको दोश्रो र पाँचौ बलमा छैठौं र सातौँ नम्बरका ब्याट्सम्यानलाई पनि पाखा लगाईदिए। स्कोर पुग्यो ७ रन ६ विकेटको नोक्सानी।

कप्तान बिनोद दास पनि कम कहाँ थिए र ? दासले पनि २० बल खेल्दै १ रन बनाएर अवरोध बनिरहेका ओपनर जर्कारीयालाई अन्य ६ ब्याट्सम्यान फर्केकै बाटो देखाईदिए। स्कोर पुग्यो ७.५ ओभर ८ रन ७ विकेटको क्षेतीमा।

नेपाल अचम्मको इतिहास नजिक थियो। ८ रन बन्दा ७ जना ब्याट्सम्यान गुमाएको म्यानमारलाई बिनोद दासले दया गरेनन्। ८ बलमा १ रन बनाई इज्जत ढाक्ने प्रयासमा रहेका जिन मिन पनि उखालिएको स्टम्प हेर्दै पेभेलियनकै बाटो लागे। ९ रनमै गुम्यो म्यानमारको ८ विकेट १० ओभरको समाप्ति।

प्रतियोगिताकै एक अन्य खेलमा बलिङ्ग गर्दै मेहबुब आलमको अपिल ( Photo – ACC )

बाँकी थियो २ विकेट र झरेका सबै ८ विकेट थियो आलम र दासको नाम। नवौं विकेटको रुपमा बिनोद दासले युसुफलाई १२ औ ओभरको दोश्रो बलमा आकाश गुप्तालाई क्याच थमाए। बाँकी थियो १ विकेट, आलमले ए मिन थानको बल छुने प्रयास असफल बनाईदिए। बोल्ड !
म्यानमार १० रनमै अल आउट।

खेलको म्यान अफ द म्याच ७ विकट लिएका मेहबूब आलम घोषित भए। प्रतियोगितामा लज्जास्पद प्रदर्शन गरेको म्यानमारको त्यो नै पहिलो र अन्तिम एसीसी ट्रफी प्रतियोगिता बन्न पुग्यो।

प्रतियोगितामा नेपालले भने सेमीफाइनलमा युएईसंग ९ विकेटले पराजित हुन पुग्यो। फाइनलमा युएईले हंगकंगलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो। तेश्रो स्थानको लागि भएको प्लेअफमा पनि नेपालले ६४ रनको हार बेहोर्न पुगेको थियो।

म्यानमारको ब्याटिंग स्कोरकार्ड 

म्यानमारको ब्याटिंग कार्ड

यो पनि पढ्नुस :- 

आरिफ शेखको ६ उत्कृस्ट ब्याटिंग प्रदर्शन

विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल

अविनाश बोहराको ४ उत्कृस्ट बलिंग प्रदर्शन





थप समाचार

IPL : मुम्बईलाई हराउदै दिल्ली दोश्रो स्थानमा उक्लियो

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा दिल्ली क्यापिटल्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई ६ विकेटले पराजित गरेको छ। […]

अमित मिश्राले शानदार बलिंग गर्दा मुम्बईको चलेन ब्याटिंग

१४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा मुम्बई इन्डीयन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्ड

नेपाललाई ३ विकेटले स्तब्ध पार्दै नेदरल्याण्डले नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टीमा दोश्रो जित दर्ता गर्न सफल रह्यो। नेपालले दिएको २०७ रनको […]

कप्तान मल्लले बताए सोमपाललाई तेश्रो ओभर बलिंग नदिनुको कारण

त्रि-देशीय सिरिजमा नेदरल्याण्डसंग हार पछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले डेथ ओभरमा सोमपाल हुँदा हुँदै सन्दिप लामिछानेलाई १८ औं ओभरमा […]

रोमान्चक खेलमा नेपाल बिरुद्ध नेदरल्याण्डको कीर्तिमानी जित, लिडेको कीर्तिमानी ब्याटिंग

नेपालमा जारी त्रि-देशीय टि-२० सिरिज अन्तर्गत चौथो खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। टियु […]

कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

नेपालमा जारि नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]