ओमान र अमेरिकासंग सिरिजको लागि नेपाली टिमको घोषणा : सोमपाल र बसन्त बाहिर, कुशल र कमल पहिलो पटक टिममा

Kushal Malla


यही माघ २२ देखि २९ सम्म ( फेब्रुअरी ५ देखि १२ ) नेपालमा आयोजना हुने विश्वकप लिग-२ अन्तर्गतको अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघले घोषणा गरेको टिममा युवा तिब्र गति बलर कमल सिंह ऐरीले पहिलो पटक मौका पाएका छन्। यस अघि नेपाली अन्डर-१९ टिमको लागि खेलीसकेका कमलले अविनाश बोहरा र करन केसीसंग तिब्र गति बलिंगको जिम्मेवारी सम्हाल्नेछन्।

टि-२० राष्ट्रिय टिममा डेब्यु गरिसकेका अर्का युवा क्रिकेटर कुशल मल्लले एकदिवसीय राष्ट्रिय टिममा पहिलो पटक मौका पाएका छन्। देब्रे हाते विस्फोटक ब्याट्सम्यान मल्ल देब्रे हाते स्पिन बलिंग गर्न सक्छन्।

Kamal Airee

तिब्र गति बलर सोमपाल कामि भने यही माघ १७ गते विवाह बन्धनमा बाँधिने हुँदा टिमको हिस्सा हुनेछैनन्। सोमपालले लामो समय देखिको प्रेमिका प्रतिभा घिमिरेसंग विवाह गर्न लागेका हुन्। २४ सदस्यीय बन्द सत्र टोलिमा रहेका बसन्त रेग्मी र सोमपाल कामि भने अन्तिम १४ मा स्थान बनाउन असफल भएका छन्। बसन्त भर्खरै छोरि जन्मिएका कारण बन्दसत्रमा उपस्थित थिएनन्। भर्खरै आफ्नो दाइको असामयिक निधन भएका कारण बन्दसत्र छोडेर भारत पुगेका शरद भेसावकरलाई भने टिममा स्थान दिईएको छ।

१४ सदस्यीय नेपाली टिम :- 

ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरी ( उपकप्तान ) , पारस खड्का, शरद भेसावकर, सन्दिप लामिछाने, बिनोद भण्डारी ( विकेटकिपर ) , करन केसी, आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, सुशन भारि, ललित राजबंशी, कमल ऐरी, कुशल मल्ल

पवन सर्राफ, सुबाश खकुरेल, सन्दिप जोरा र किशोर महतोलाई बैकल्पिक खेलाडीको सुचीमा राखिएको छ।

लिग-२ को लागि नेपालको मुख्य प्रशिक्षक उमेश पटवाललाई जगत टमाटा र बसन्लेत शाही सघाउने भएका छन्। टिमको एनालिस्ट रमन शिवाकोटी रहेका छन् भने फिजियो बिक्रम न्यौपाने रहेका छन्।

विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल माघ २२ गते ओमानसंग खेल्नेछ। माघ २५ गते अमेरिकासंग, माघ २६ गते ओमानसंग तथा माघ २९ गते अमेरिकासंग चौथो खेल हुनेछ।

त्रिकोणात्मक सिरिजको खेल तालिका 

माघ २२ – नेपाल VS ओमान
माघ २३ – ओमान VS अमेरिका
माघ २५ – नेपाल VS अमेरिका
माघ २६ – नेपाल VS ओमान
माघ २८ – अमेरिका VS ओमान
माघ २९ – नेपाल VS अमेरिका





थप समाचार

अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। श्रीलंका बिरुद्ध खेलमा […]

टि-ट्वान्टी विश्वकपमा आज एक मात्र खेल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ। समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र स्कटल्याण्ड […]

भारत बिरुद्ध पाकिस्तानको जितमा बनेका ५ ठूला रेकर्ड

विश्वकप जित्न दावेदार तथा बलियो टिम मानिएको भारतलाई १० विकेटले सहजै पराजित गर्दै पाकिस्तानले टि-ट्वान्टी विश्वकप २०२१ को शानदार सुरुवात […]

भारत बिरुद्ध जितपछि पाकिस्तान कप्तान आजमले भने “यो सुरुवात मात्र हो”

क्रिकेट इतिहासमै पहिलो पटक भारत बिरुद्ध आईसीसी विश्वकपको खेल जितेपछि पाकिस्तान कप्तान बाबर आजमले जितको श्रेय टिमलाई दिएका छन्। एकदिवसीय […]

T20WC : पाकिस्तानसंग हारपछि भारतीय कप्तान कोहलीले के बताए कारण

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को विश्वकप इतिहासमै पहिलो पटक पाकिस्तानसंग पराजित भएपछि भारतीय कप्तान बिराट कोहलीले पाकिस्तानी टिमको […]

भारत बिरुद्ध ऐतिहासिक जितमा उत्कृस्ट घोषित अफ्रिदीले के भने

भारत बिरुद्ध टि-ट्वान्टी विश्वकपमा पाकिस्ताले ऐतिहासिक जित हात पार्दा पाकिस्तानी पेसर शाहिन शाह अफ्रिदी प्लेयर अफ द म्याच चुनिए। बायाँ […]