ब्याट्सम्यान नचल्दा नेपालको दोश्रो हार



  • विकेटनेपाल, कार्तिक १८ 

मलेसियामा नोभेम्बर ९ देखि २० तारिकसम्म आयोजना हुने एसीसी यु-१९ युथ एसिया कपको तयारीको लागि बंगलादेश भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा नेपाल १२३ रनले पराजित भएको छ। पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।

सिरिज २-० ले हारेपछि बंगलादेश भ्रमण अन्तर्गत नेपालले तेश्रो तथा अन्तिम खेल भोलि आइतबार खेल्नेछ।

बंगलादेश यु-१९ ले पहिले ब्याटिंग गर्दै बनाएको २२७ रनको जवाफमा ब्याटिंग गरेको नेपाली टिम ३६.५ ओभरमा १०४ रनमा अलआउट हुनपुगेको थियो।

क्रिरा शिक्खा मैदानमा सम्पन्न खेलमा नेपालले टस जितेर बंगलादेशलाई ब्याटिंगको निम्तो दिएको थियो।

स्थानीय टिमले पहिले ब्याटिंग गर्दै पुरा ५० ओभरमा २२७/८ को स्कोर बनायो । तेश्रो नम्बरमा ब्याटिंग गरेका सैफ हसनले सर्बाधिक ६२ ( ११५ बल, ४ चौका /१ छक्का ) तथा पाँचौ नम्बरमा ब्याटिंग गरेका अफिफ हुसेनले ५९ रन ( ६७ बल, २ चौका , ४ छक्का ) को योगदान दिएका थिए।

नेपालको लागि सन्दिप लामिछाने र कप्तान दिपेन्द्र ऐरीले २/२ विकेट दिलाए। पहिलो खेलमा पनि ४ विकेट हात पारेका सन्दिपले १० ओभर बलिंग गर्दै ३७ रन खर्चिए भने ऐरीले १० ओभरमा मात्र ३४ रन खर्चिएका थिए। अन्य बलरहरु भने विकेट लिन सफल रहेका थिए।

हेर्नुस स्कोरकार्ड 

दोश्रो ब्याटिंग गर्ने क्रममा नेपालले खराब सुरुवात गरेको थियो । पहिलो ५ विकेट २९ रनको स्कोरमानै गुमाएको नेपाली टिमले लगातार विकेट गुमायो।

ओपनर सन्दिप सुनार ३ , आसिफ शेख ९, अनिल साह ३ , रोहित पौडेल ९ रनमा आउट हुँदा कप्तान दिपेन्द्र ऐरी खाता नखोली पेभेलियन फर्किएका थिए। त्यसपछि पवन सर्राफले १६, भिम सार्कीले ४ तथा प्रनित थापाले १२ रन बनाउदै इनिंग अघि बढाउने प्रयास गरेपनि ठुलो स्कोर बनाउन असफल भएका थिए।

६७ रनको स्कोरमा ९ विकेट गुमाएको नेपालको लागि १० औं विकेटको लागि रसिद खान र सन्दिप लामिछानेले ३७ रनको साझेदारी गर्दै योगफललाई १०० रन पार गराएका थिए। सन्दिपले अविजित १३ रन बनाउदा २ चौका प्रहार गरे भने २४ रन बनाएका खानले २ चौका र १ छक्का प्रहार गरेका थिए।

बंगलादेश बलर हसुन महमुदले सर्बाधिक ३ विकेट हात पारे भने रोनी होसेन, रोबिउल हक र अफिफ होसेनले समान २/२ विकेट हात पारे।

८ टिम सहभागी हुने यु-१९ युथ एसिया कप प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसीसी यु-१९ ( पश्चिम क्षेत्र ) को बिजेता टिम रहनेछ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बरमा खेल्ने छ। बंगलादेशसंगको खेल पछि नेपालले १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने कार्यक्रम रहेको छ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।

नेपालको पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।

नेपाली टिम :- 

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी 

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी





थप समाचार

बिग ब्यास छोडेर नेपाल फर्कनुको कारण बताउदै सन्दिपले भने “राष्ट्रिय टोली प्रमुख प्राथमिकता”

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको झण्डाभन्दा ठूलो कोही नभएको बताएका छन् । अस्ट्रेलियामा जारी बिग ब्यास लिगको […]

आईपीएल अक्सनमा १५ नेपाली खेलाडी, बिक्लान सन्दिप ?

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ। उक्त अक्सनमा नेपालबाट १५ […]

नेपालले ओमानमा चौदेशीय टि-२० सिरिज खेल्ने, आयो खेल तालिका

ओमानमा फेब्रुअरी १७ तारिख देखि सुरु हुने आईसीसी टि-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी स्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिमले चार टिम […]

टि-२० विश्वकप छनोट : नेपालको पहिलो खेल ओमानसंग ( खेल तालिका सहित )

यसै वर्ष अक्टोबर १६ तारिख देखि अस्ट्रेलियामा टि-ट्वान्टी विश्वकप प्रतियोगिता आयोजना हुँदैछ। उक्त प्रतियोगितामा आयोजक अस्ट्रेलिया सहित २०२१ टि-२० विश्वकपको […]

टि-२० विश्वकप : भारत र पाकिस्तानको खेल एमसीजीमा, आयो खेलतालिका

अस्ट्रेलियामा यो वर्ष आयोजना हुने टि-२० विश्वकप प्रतियोगिताको अन्तर्राष्ट्रिय क्रिकेट परिषदले खेल तालिका र समुह बिभाजन शुक्रबार घोषणा गरेको छ। […]

‘आईसीसी टिम अफ द एअर’ : भारतीय खेलाडी छैनन् वानडे र टि-२० टिममा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यो वर्षको तिन वटै फर्म्याटको क्रिकेटको ‘टिम अफ द एअर’ घोषणा गरेको छ। […]