ज्ञानेन्द्रको शतकमा नेपालको लगातार दोश्रो जित



  • विकेटनेपाल, ५ असोज 

भारत भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा नेपालले मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको छ l

नेपालले दिएको २५२ रन लक्ष पछ्याउने क्रममा मिलापुरले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाई १९९ रन मात्रै बनाउन सक्यो l

मिलापुरको लागि ओपनर सुधन सन्जिबले ३७ तथा आर बिबेकले ३८ रन बनाउदै ओपनिंग साझेदारीको रुपमा ७४ रन जोडेका थिए l त्यसपछि पहिलो विकेट गुमाएको मिलापुरले लगातार विकेट गुमाएको थियो l यस्तै मोहम्मद आसिफले ३३ रनको योगदान दिएका थिए भने ए रथ्नमले अविजित ३५ रन बनाए l

नेपालको लागि सुशन भारि र सागर पुनले २/२ विकेट हात पारे l सुसनले १० ओभरमा १ मेडन ओभर सहित ३४ रन खर्चे भने सागरले ३५ रन खर्चिएका थिए l सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले पनि १-१ विकेट आफ्नो नाम गरेका थिए l

यस अघि नेपालले टस जितेर ब्याटिंग गर्दै नेपालले २५२ रनको लक्ष दिएको छ l पुरा ५० ओभर ब्याटिंग गर्दै नेपालले ७ विकेट गुमाई २५१ रन बनाएको थियो ।

शतक प्रहार गरेपछि ब्याट उठाउदै ज्ञानेन्द्र मल्ल

नेपालको इनिंगमा ज्ञानेन्द्र मल्लको शतकिय योगदान रह्यो । ओपनिंग ब्याटिंग गरेका मल्ल १०० रन बनाएर रिटायर्ड आउट भएका थिए । शतक प्रहार गर्ने क्रममा १३चौका र १ छक्का प्रहार गरे ।

पहिलो विकेटको लागि सागर पुनसंग ६७ रनको साझेदारी गरेका मल्लले दोश्रो विकेटको लागि शरद भेसावकरसंग १०० रन भन्दा बढीको साझेदारी गरेका थिए ।

नेपालको लागि शरद भेसावकरले ४८ रनको योगदान दिएका थिए l यस्तै ओपनर सागर पुनले २५, पारस खड्काले २२ रन तथा करन केसीले २० रन बनाए । शरदले ३ चौका प्रहार गरे भने पारसले ३ छक्का तथा करनले १ चौका र २ छक्का प्रहार गरेका थिए ।

भारतको चेन्नाई भ्रमण अन्तर्गत नेपाली टिमले कुल ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । तेश्रो अभ्यास खेल सेप्टेम्बर २३ र चौथो २५ तारिकमा खेल्ने तालिका रहेको छ । टिम सेप्टेम्बर २७ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

यस अघि पहिलो अभ्यास खेलमा नेपालले डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो l

स्कोरकार्ड हेर्नुस 





थप समाचार

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]

एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका  मलेसियाको किनरारा ओभल क्रिकेट […]