ज्ञानेन्द्रको विकेट पछि नेपाल सम्हालिदै, टस जितेर नेपालको ब्याटिंग



विकेटनेपाल, असोज ७ 

भारतको चेन्नाई भ्रमण अन्तर्गत नेपाली क्रिकेट टिमले  तेश्रो अभ्यास खेलमा टस जितेर शनिबार तमिलनाडु ‘ए’ संग ब्याटिंग गरेको छ।

नेपालको लागि सागर पुन र ज्ञानेन्द्र मल्लले ओपनंग ब्याटिंग गरेका थिए । यो समाचार तयार गर्दासम्म नेपालले १४ ओभरमा ६० रन बनाउदा १ विकेट गुमाएको छ । सागर पुन १ चौका मदातले १५ तथा शरद भेसावकर २ चौका मदतले ११ रन बनाएर ब्याटिंग गरिरहेका छन् ।

ओपनर ज्ञानेन्द्र मल्ल १० औं ओभरमा ३१ रनको व्यक्तिगत स्कोरमा आउट भए । मल्लले ३७ बलको इनिंगमा ६ चौका प्रहार गरेका थिए । उनलाई भिग्नेस रावले क्याच आउट गराए ।

खेलको अपडेट यो लिंकमा 

नेपालले चेन्नाई भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै पहिलो अभ्यास खेलमा मंगलबार डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो।

भ्रमण अन्तर्गत नेपालले चौथो तथा अन्तिम अभ्यास खेल २५ तारिक सोमबार खेल्नेछ जसपछि सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

अक्टोबर १३ र १५ तारिकमा हंगकंगमा हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको लागि टिमले भारत भ्रमण गरेको हो ।

 

 





थप समाचार

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]

भारतीय टेस्ट कप्तानबाट कोहलीको राजिनामा

भारतीय क्रिकेटर बिराट कोहलीले भारतको टेस्ट क्रिकेटको कप्तानी तुरन्त लागु हुने गरि छाड्ने घोषणा गरेका छन्। सन् २०१४ मा पहिलो […]

गण्डकीलाई ४० रनले हराउँदै बागमती सेमिफाइनलमा

गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती प्रदेश जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। यस अघि नै नेपाल […]

बिपिन र प्रतिषको आक्रामक पारि, बागमतीको सामन्य योगफल

प्रधामन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत हाल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन् । खेलमा […]

U19WC : पहिलो दिन अस्ट्रेलिया र श्रीलंका विजयी

स्टइन्डिजमा सुरु भएको आईसीसी अन्डर-१९ विश्वकप प्रतियोगिताको पहिलो दिन सम्पन्न दुईवटा खेलमा अस्ट्रेलिया र श्रीलंका विजयी भएका छन्। गय राति […]