एसिया कपमा नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित

Nepal cricket team


  • विकेटनेपाल, भदौ १६ 

एसिया कप छनौट प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। नेपालले प्रतियोगिताको अघिल्लो २ खेलमा ओमान र युएईसंग पराजय बेहोरेको थियो।

टस हारेर ब्याटिंग गर्दै नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गरेको मलेसियाले राम्रो सुरुवात गर्यो। ओपनर मोहम्मद अनवर अरुदीनले ३४ तथा तेश्रो नम्बरका अहमद फैजले रन बनाए पछि उसले २  १०.१ ओभरमा ६६ रन बनाईसकेको थियो। नेपालले त्यसपछि निरन्तर अन्तरालमा विकेट लिंदै मलेसियालाई दबाबमा राख्यो। भिरनदिप सिंह ( २१ ) , सैयद मुबारक ( ३४ ) रन बनाएर आउट भए पछि नेपालले १३१ रन बनाउदा मलेसियाको ५ विकेट लियो। जसपछि रन रेटको दबाबमा रहेको मलेसियाले लगातार विकेट गुमाउन पुग्यो भने रन गति पनि कायम राख्न नसक्दा ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो।

नेपालको लागि बलिङ्गमा बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिन ६ ओभरमा ३६ रन खर्चिए। यस्तै सोमपाल कामि र सन्दिप लामिछानेले २/२ तथा दिपेन्द्र ऐरि र सागर पुनले १/१ विकेट लिए।

Basant Regmi
बसन्त रेग्मीले ३ विकेट हात पारे ( फाइल फोटो )

यस अघि बर्षाका कारण ३० ओभरमा झारिएको खेलमा पहिले ब्याटिंग गर्दै नेपालले ७ विकेटको क्षतिमा १८८ रन जोडेको छ। नेपालको इनिंगमा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्ध-शतकीय पारि खेले। ओसिलो पिचमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले ओपनर सुबाश खकुरेल (९) लाई १८ रन जोड्दा गुमाएको थियो।

नम्बर ३ मा ब्याटिंग गर्न आएका ज्ञानेन्द्र मल्लले समेत खास प्रदर्शन गर्न सकेनन् र ३८ रनको स्कोरमा नेपालले दोस्रो विकेट गुमायो। त्यसपश्चात क्रमश ५६ र ६० रनको स्कोरमा पारस खड्का (१३) , अनिल कुमार साह (१६) र सागर पुन (०) लाई गुमाउँदा नेपाल ६०/५ को खराब अवस्थामा पुगेको थियो।

Aarif Sheikh, Dipendra Airee
Aarif Sheikh, Dipendra Airee ( File photo )

नेपालको इनिंगलाई खराब अवस्थाबाट माथी उठाउन आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले छैठौं विकेटका लागि १०१ रनको साझेदारी गरे। २७.३ ओभरमा सैज्रुल इजातको बलमा बोल्ड हुनअघि दिपेन्द्रले ५१ बलमा ६ चौका र १ छक्का सहित ५४ रनको इनिंग खेले। यस्तै अविजित रहने क्रममा आरिफ शेखले भने मात्र ४८ बलमा ५ चौका र २ छक्का सहित ६४ रन जोड्न भ्याए। नेपालले १३ रन वाइड स्वरूप अतिरिक्त पाएको थियो।

मलेसियाको बलिंगमा सैज्रुल इजात र सर्भिन मुनिअन्डीले सर्वाधिक ३-३ तथा मुहम्मद रहमानले १ विकेट हात पारे। प्रतियोगिताको फाइनल पुग्दै एसिया कपको सपना कायम गर्न नेपाललाई आफ्ना सबै खेल जित्ने दवाब रहेको छ।

नेपालको बाँकी खेल तालिका :- २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )

 





थप समाचार

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]

एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका  मलेसियाको किनरारा ओभल क्रिकेट […]