नेपालको कठिन जित



यु-१९ युथ एसिया एसिया कप क्रिकेट प्रतियोगिताको आइतवार समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।

१ खेल जितेपनि नेपाल अघ्ल्लो २ खेलमा भारत र श्रीलंका संग पराजित हुँदै समुह चरणबाट बाहिरीसकेको थियो l

कोलम्बोमा सम्पन्न खेलमा मलेसियाले दिएको १५४ रनको लक्ष्यलाई पछ्याएको नेपालले ४४.४ ओभर खेल्दै पूरा गर्यो । नेपालको लागि अनिल साहले सर्बाधिक ३२, अभिनाश कर्णले २५ र दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान गरे । त्यसैगरी, पवन सर्राफ २९ र कप्तान सन्दिप लामिछाने ३ रनमा अविजित रहँदै खेल जिताउन महत्वपूर्ण योगदान गरे ।

मलेसियाका विरनदीप सिंहले ३, मोहम्मद हाफिज, मोहम्मद आमिर र सेयद आजिदले समान २ विकेट लिएका लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल तयार गरेको थियो । मलेसियाका ब्याट्सम्यान वीरनदीप सिंहले सर्वाधिक ७५ रनको योगदान दिए । १२० बल खेलेका सिंहले सात चौका प्रहारको मद्दतमा ७५ रन जोडेका हुन् ।

त्यसैगरी, मलेसियाका अर्का ब्याट्सम्यान मोहम्मद हसिफ २१ तथा सेफ उल्लाह मलिकले ११ रन जोडे । बलिङतर्फ नेपालका अदिल खान एक्लैले तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई/दुई विकेट लिए ।





थप समाचार

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]

क्यानको सम्पूर्ण घरेलु प्रतियोगिता एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने

नेपाल क्रिकेट संघले ( क्यान )  आयोजना गर्ने सम्पूर्ण घरेलु प्रतियोगिताहरुको प्रत्यक्ष प्रशारण गर्ने अधिकार डिश  मिडिया नेटवर्कले पाएको छ। […]

अभ्यास खेलमा जडेजा र राहुलको उत्कृस्ट प्रदर्शन

भारतको इंग्ल्यान्ड भ्रमण अन्तर्गत अगस्ट ४ देखि सुरु हुने पाँच टेस्टको सिरिज अघि भारत र काउन्टी सेलेक्स-११ बीचको तिन दिवसीय […]

सुरु भयो ‘द हन्ड्रेड’ लिग : प्रतिस्पर्धात्मक खेलमा ओभल विजयी

रोमान्चक खेलमा जोस बटलर कप्तानीको म्यानचेस्टर ओरिजिनल्सलाई ९ रनले पराजित गर्दै स्याम बिलिंग्स कप्तानीको ओभल इन्भिन्सिबल्सले ‘द हन्ड्रेड’ लिगको उद्घाटन […]

कोभिड-१९ केसका कारण वेस्टइन्डिज-अस्ट्रेलिया बीच दोश्रो एकदिवसीय टस पछि स्थगित

कोभिड-१९ केस देखिएका कारण वेस्टइन्डिज र अस्ट्रेलिया बीच तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेल स्थगित गर्दै सारिएको छ। […]

संकटमा मिलरको उत्कृस्ट इनिंग्स, दक्षिण अफ्रीकाको कीर्तिमानी जित

दोश्रो खेलमा आयरल्याण्डलाई ४२ रनले सहजै पराजित गर्दै भ्रमण टोलि दक्षिण अफ्रीकाले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी […]