दिपेन्द्र ऐरीको उत्कृस्ट बलिंग, भुटानलाई पाँचौ झट्का



एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा टस हारेर बलिंग गरेको नेपालले पाँचौ विकेट हात पारेको छ l

कप्तान दिपेन्द्र ऐरीले पाचौ सफलता दिलाएका हुन् l उनले १३ रन बनाएर ब्याटिंग गरिरहेका ओपनर उगेन दोर्जीलाई आफ्नै बलमा क्याच आउट गरेका हुन् भने त्यसपछि छिरिंग पेन्जोरलाई ० रनमा प्रनित थापाको हात बाट क्याच गराएका हुन्  l दोर्जीले १ चौका प्रहार गरेका थिए l

यो सहित ऐरीले कुल ४ विकेट दिलाईसकेका छन् l

यसभन्दा अघि ५ रन बनएका नग्वांग थिन्लेलाई दिपेन्द्र ऐरीले एलबिडब्लु आउट गरेका थिए भने त्यसपछि ० रनमा पेम चेदुपलाई बोल्ड आउट गरेका हुन् l यस अघि नन्दन यादबले नेपाललाई पहिलो विकेट दिलाएका थिए l

भुटानले १९ ओभरको खेल सकिद ३० रनको स्कोरमा ५ विकेट गुमाईसकेको छ l

यो खेलमा भुटान पराजित भए नेपाल सेमीफाइनल पुग्ने पक्का हुनेछ l

खेलको अपडेट यो लिंकमा :- http://bit.ly/2wW4MXP
स्कोरकार्ड : https://goo.gl/ritGjF





थप समाचार

रोड सेफ्टी वर्ल्ड सिरिज : सेहवागले आक्रामक ब्याटिंग गर्दा भारत लेजेन्ड्सको सहज जित

गत वर्ष मार्चमा कोरोना महामारीका कारण बिचैमा रोकिएको रोड सेफ्टी वर्ल्ड सिरिज टि-२० ले पुनः निरन्तरता पाएको छ। गत वर्ष […]

काठमाडौँ मेयर कप भोलि देखि, कुन टिममा को-को छन् खेलाडी

काठमाडौँ महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ ( क्यान ) को आयोजनामा फाल्गुन २२ गते शनिवार देखि काठमाडौँमा पहिलो संस्करणको […]

रुपन्देही सुपर लिग : विपिन चम्किदा तिरुपतिको जित

प्रकाश न्यौपाने, भैरहवा, फागुन २१ रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको […]

रिशभ पन्तले शानदार शतक बनाउदा भारत अघि

रिशभ पन्तले शानदार ब्याटिंग गर्दा इंग्ल्यान्ड बिरुद्ध चौथो टेस्टको दोश्रो दिनको समाप्तिमा भारतले ८९ रनको पहिलो इनिंग्सको अग्रता हाँसिल गरेको […]

काठमाडौँ मेयर कपमा सन्दिपले मेयर-११ टिमको कप्तानी गर्ने, कहिले छ खेल

फाल्गुन २२ गते देखी काठमाण्डौमा सुरु हुने पहिलो संस्करणको काठमाण्डौ मेयर कप एकदिवसीय राष्ट्रीय प्रतियोगितामा स्टार लेग स्पिनरसन्दीप लामिछानेले काठमाण्डौ […]

काठमाडौँ मेयर कप : दुई सोनुलाई मौका दिंदै बागमती प्रदेश टिमको घोषणा

फाल्गुन २२ गते शनिवार देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको ‘काठमाडौँ मेयर कप’ राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघले […]