अझै सम्भव छ सुपर सिक्स ? यसरी पाउनेछ नेपालले एकदिवसीय रास्ट्रको मान्यता

विश्वकप छनोट अन्तर्गत नेपालले समुह चरणको अन्तिम खेलमा हंगकंगसंग प्रतिस्पर्धा गर्दैछ। समुह ‘बि’ अकंतालिकाको
पुछारमा रहेको नेपाललाई सुपर-सिक्समा पुग्न र अन्तर्राष्ट्रिय एकदिवसीय रास्ट्रको मान्यता पाउन यो खेल जित्नै पर्ने दबाब छ।
तीन खेलमा तीन वटै हार बेहोरेको नेपाललाई सुपर-सिक्समा छनोट हुन जीत मात्र पर्याप्त छैन, नेट रनरेट गतिलो बनाउन पनि
उत्तिकै आवश्यक देखिन्छ।

कसरी गनिन्छ नेट रनरेट?

– टिमले प्रतियोगितामा बनाएको रनलाई कुल खेलेको ओभरले भाग गरिन्छ
– टिमले प्रतियोगितामा खाएको रनलाई कुल फ्यांकेको ओभरले भाग गरिन्छ
– टिमले बनाएको रनरेटलाई खाएको रनरेटले घटाउँदा टिमको नेट रनरेट निस्कन्छ
(यदि कुनै खेलमा टिमले पुरै ओभर नखेली अलआउट भएमा कुल खेलेको ओभर पुरै ओभर हुन्छ)

अंकतालिका 

Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Zimbabwe 3 3 0 0 0 6 +1.380 839/150.0 632/150.0
Scotland 3 3 0 0 0 6 +1.160 501/112.2 495/150.0
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Hong Kong 3 1 2 0 0 2 -1.246 490/146.0 550/119.3
Nepal 3 0 3 0 0 0 -1.546 607/150.0 728/130.1

कस्तो छ त नेपालको गणितिय सम्भावना?

हाल नेपालको नेट रनरेट -१.५४६ रहेको छ। सुपर-सिक्समा छनोट हुन नेपालले तेस्रो स्थानमा रहेको अफ्गानिस्तानको नेट
रनरेटलाई उछिन्नु पर्ने हुन्छ। अफ्गानिस्तानको हालको नेट रनरेट +०.०३८ रहेको छ, त्यसैले नेपाललाई सुपर-सिक्समा
छनोट हुन +०.०३९ बनाउन पर्ने हुन्छ।

पहिले ब्याटिङ गरेको खण्डमा

नेपालले कम्तिमा पनि २०९ रन बनाउनु पर्ने हुन्छ। त्यसो गरेको खण्डमा नेपालले हंगकंगलाई ० रनमै समेट्नु पर्ने हुन्छ। नेपालले ठिक २२० रन बनाएको खण्डमा हङकङलाई २१० रनले पराजित गर्नुपर्नेछ। यस्तै २४० बनाएमा २१२ रनले, २५० बनाएमा २१३ रनले, २७० बनाएमा २१४ रनले, ३०० बनाएमा २१७ रनले र ३३० बनाएमा २२० रनले पराजीत गर्नुपर्ने हुन्छ।

अनुमानित स्कोर : Nepal 250/7 in 50 overs; Hong Kong 37/10
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Nepal 4 1 3 0 0 2 +0.039 857/200 765/180.1
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2

 

अनुमानित स्कोर: Nepal 275/7 in 50 overs; Hong Kong 59/10
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Nepal 4 1 3 0 0 2 +0.042 882/200 787/180.1
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2

 

अनुमानित स्कोर: Nepal 300/8 in 50 overs; Hong Kong 82/10
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Nepal 4 1 3 0 0 2 +0.039 907/200 810/180.1
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2

 

अनुमानित स्कोर: Nepal 325/8 in 50 overs; Hong Kong 104/10
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Nepal 4 1 3 0 0 2 +0.042 932/200 832/180.1
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2


पहिले बलिङ गरेको खण्डमा

यदि हंगकंगलाई ठिक १५० रनमा समेट्न सकेमा नेपालले ४.१ ओभर भित्र खेल जित्न सक्नुपर्ने हुन्छ। त्यस्तै यदि पहिलो इनिङको स्कोर १८० भएमा ४.६ ओभर भित्र, २०० भएमा ५.३ ओभर भित्र, २२० भएमा ६.१ ओभर भित्र, २४० भएमा ६.४ ओभर भित्र खेल जित्नुपर्ने हुन्छ।

अनुमानित स्कोर: Hong Kong 100/10, Nepal 106/6 in 3.5 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Nepal 4 1 3 0 0 2 +0.039 713/153.5 828/180.1
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2

 

अनुमानित स्कोर: Hong Kong 150/10, Nepal 156/6 in 5.2 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Nepal 4 1 3 0 0 2 +0.039 763/155.2 878/180.1
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2

 

अनुमानित स्कोर : Hong Kong 200/10, Nepal 206/7 in 6.4 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Nepal 4 1 3 0 0 2 +0.039 813/156.4 928/180.1
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2

गणितिय सम्भावनाबाट नेपाल सुपर-सिक्समा छनोट हुन चमत्कारिक नतिजा निकाल्नु पर्नेछ। सुपर सिक्स प्रवेश गर्न यदी नेपाल चुक्छ भने एकदिवसीय मान्यता पाउने सम्भावना भने अझै छ।

एकदिवसीय रास्ट्रको सम्भावना :-

यदी हंगकंगले नेपाललाई पराजित गरे हंगकंग सुपर सिक्स चरण प्रवेश गर्नेछ र एकदिवसीय रास्ट्रको मान्यता पनि पाउनेछ। स्कटल्याण्ड सुपर सिक्स प्रवेश गर्दै एकदिवसीय मान्यता पाउने निश्चित गरिसकेको छ भने नेदरल्याण्ड बिश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको रुपमा एकदिवसीय मान्यता पाउने आईसीसीले घोषणा गरिसकेको छ। बिश्वकप छनौटको उत्कृस्ट ३ एसोसिएट रास्ट्रले एकदिवसीय पाउने घोषणा आईसीसीले प्रतियोगिता अघि गरेको थियो यस कारण नेदरल्याण्ड र स्कटल्याण्ड पछि अब को-को एकदिवसीय रास्ट्र हुने भन्ने निर्क्यौल हुन बाँकी छ।

– हंगकंगलाई आज पराजित गरेको खण्डमा 

हंगकंगलाई पराजित गर्यो र नेट रनरेटमा हंगकंगलाई पछि पार्दै नेपाल समुह ‘बि’ को अंकतालिकामा चौथो टिमको रुपमा प्ले अफमा पुगे समुह ‘ए’ को अन्तिम स्थान रहेको टिम पपुवा न्यु गिनीको सामना गर्नेछ। यदी पपुवा न्यु गिनीलाई नेपालले पराजित गर्नसके सातौँ स्थानको लागि खेल्न पाउनेछ। यदी अर्को प्ले अफमा हंगकंगलाई समुह ‘बि’ को चौथो टिम ( सम्भवत नेदरल्याण्ड ) ले पराजित गरेको खण्डमा नेपालले एकदिवसीय मान्यता पाउनेछ। नेदरल्याण्डसंग एकदिवसीय मान्यता हुनाले हार र जितले नेपाललाई फरक पर्दैन र आठौ स्थान हाँसिल गरे पनि नेपालले एकदिवसीय मान्यता पाउनेछ।

आज हंगकंगलाई पराजित गरे हंगकंग पनि प्लेअफ खेल्न पुग्छ। प्ले अफमा हंगकंगले पनि पहिलो जित हात पार्यो भने र नेपालले पनि प्लेअफमा जित हाँसिल गर्यो भने नेपालले सातौँ स्थानको लागि खेलमा हंगकंगलाई पराजित गरे मात्र एकदिवसीय मान्यता पाउनेछ।

सबै विश्लेषण गर्दा सुपर सिक्स चरण पुग्ने सम्भावना कमजोर देखिएपनि एकदिवसीय रास्ट्रको मान्यता पाउन भने नेपाललाई तुलनात्मक रुपमा सहज छ। तर, नेपालले हारको शिलशिला तोड्नुपर्छ

यो पनि पढ्नुस –  नेपाल हंगकंगसँग खेल्दै, यस्तो छ पछिल्ला ५ खेलको नतिजा