नेपालको पहिलो खेल म्यानमारसंग ( टि-२० बिश्वकप क्षेत्रीय छनौट )

Nepal Cricket Team


  • विकेटनेपाल, भदौ २२ 

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको उप-क्षेत्रिय छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। सातौँ संस्करणको ट्वान्टी-२० विश्वकप सन् २०२० अक्टोबर १८ बाट अष्ट्रेलियामा आयोजना हुनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बृहत सहभागिताको नीति अनुरुप कुल ६२ देशले उप-क्षेत्रिय छनौट प्रतियोगितामा सहभागिता जनाउने छन्। सहभागी टोलि मध्येका २५ देशले क्षेत्रिय छनौटको फाइनल चरणमा स्थान बनाउने छन्। लामो क्षेत्रिय छनौट पार गरेर शिर्ष ७ टोलि छनौट प्रतियोगिताको हिस्सा बन्नेछन्।

यसैबीच नेपाल सहभागी रहेको एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नेपाल सहित एसिया “बि” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी )  युएई, कुवेत र कतार छनौट भैसकेका छन्।

पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३/३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् जसबाट उत्कृस्ट २ टिमले टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्नेछन्। ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० बिश्वकप खेल्न स्वतः छनौट हुनेछन् भने ग्लोबल टि-२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० बिश्वकप खेल्ने छन्।

एसिया “बि” उप-क्षेत्रिय छनौट मलेसियामा ३ अक्टोबरबाट सरु हुनेछ। प्रतियोगितामा सबै टोलीले एक अर्कासंग खेल्नु पर्नेछ। नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिकमा म्यान्मारको सामना गर्नेछ। यस्तै दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।

नेपालको खेल तालिका :

पहिलो खेल : vs म्यान्मार, अक्टोबर ३ (किनरारा ओभल)
दोस्रो खेल : vs मलेसिया, अक्टोबर ६ (किनरारा ओभल)
तेस्रो खेल : vs थाइल्याण्ड, अक्टोबर ७ (किनरारा ओभल)
चौथो खेल : vs भुटान, अक्टोबर ९ (बायुमास ओभल)
पाँचौ खेल : vs चाइना, अक्टोबर १० (किनरारा ओभल)
छैठौं खेल : vs सिंगापुर, अक्टोबर १२ (किनरारा ओभल)

ट्वान्टी-२० विश्वकपमा नेपालको इतिहास :

सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी-२० विश्वकपमा आफ्नो स्थान बनाएको नेपालले त्यसयता आईसीसीको अन्य कुनै विधाको विश्वकपमा आफ्नो स्थान पक्का गर्न सकेको छैन। २०१४ मा पहिलो चरणबाटनै बाहिरिएको नेपालले आफुले खेलेका ३ खेलमा २ जित हात पार्न हंगकंग र अफगानिस्तानलाई पराजित गरेको थियो। नेपाल र बंगलादेशले समान ४/४ अंक बटुले पनि नेट रन रेटमा अघि भएका कारण बंगलादेश दोस्रो चरण प्रवेश गरेको थियो।

shakti gauchan

सन् २०१६ को ट्वान्टी-२० विश्वकपका लागि आयोजित छनौट प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको थियो। आयरल्याण्ड र स्कटल्याण्डमा सम्पन्न छनौट प्रतियोगितामा समुह ‘ए’ मा रहेको नेपालले ६ खेलमा १ मात्र जित हात पारेको थियो र १२ औं स्थानमा प्रतियोगिताको अन्त्य गरेको थियो। सोहि प्रतियोगितामा गरेको खराब प्रदर्शन पछि नेपालले आफुले पाएको टि-२० अन्तर्राष्ट्रियको मान्यता समेत गुमाएको थियो।

नेपालले पहिलो पटक सन् २०१२ मा टि-२० बिश्व कप छनौट खेलेको थियो जसमा नेपालले सातौँ स्थान हाँसिल गरेको थियो र छनौट हुन असफल भएको थियो। त्यसपछि सन् २०१३ मा भएको छनौट प्रतियोगिता तेश्रो स्थान हाँसिल गर्दै नेपाल २०१४ बिश्वकप खेल्न छनौट भएको थियो।





थप समाचार

बिग ब्यास : नेट रनरेटमा पछि पर्दै होबार्ट प्लेअफ पुग्न असफल, यस्तो रह्यो सन्दिपको प्रदर्शन

लिग चरणको अन्तिम खेलमा मेलबर्न रेनेगेड्ससंग ११ रनले पराजित भएसंगै नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सको यो सिजन […]

आयरल्याण्डविरुद्धको एकदिवसीय शृंखलामा अफगानिस्तानको ‘क्लिन स्विप’

अफगानिस्तान र आयरल्याण्डबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत मंगलबार सम्पन्न अन्तिम तथा तेस्रो खेलमा ३६ रनको सहज जित दर्ता […]

६ राष्ट्रिय क्रिकेटरलाई ‘क्रिकेट बजार’ द्वारा खेल सामग्री प्रयोजन

क्रिकेट सामग्री उत्पादन गर्ने ‘क्रिकेट बजार’ ले बिभिन्न ६ जना राष्ट्रिय क्रिकेटरहरुलाई खेल सामग्री प्रयोजन गरेको छ। राष्ट्रिय क्रिकेटरहरु मेहबुब […]

राष्ट्रिय क्रिकेट टिमले कतारसंग टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले फेब्रुवरी ९ देखि १२ तारिख सम्म ( माघ २७ देखि ३० गते ) कतारसंग मैत्रीपूर्ण टि-२० […]

बिग ब्यास : मेलबर्न बिरुद्ध सन्दिप विकेटविहिन

बिग ब्यास लिग अन्तर्गत सिजनको सातौँ खेलमा मेलबर्न रेनेगेड्स बिरुद्ध होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने विकेटविहिन […]

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]