तेस्रो हारसँगै नेपालको सेमिफाइनल यात्रा समाप्त : नेत्रहीन बिश्वकप



  • विकेटनेपाल, पौष २९ – दुबई

श्रीलंकासँगको खेलमा खराब प्रदर्शन गर्दै ३४० रनको फराकिलो अन्तरले पराजित भएपछी लगातार तेस्रो हार सहित नेपालको नकआउट चरणमा पुग्ने  सम्भावना सकिएको छ।

शनिबार दुबईको अजमान स्थित ओभल क्रिकेट मैदानमा भएको खेलमा  श्रीलंकाले प्रस्तुत गरेको ४९६ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १५० रनमै समेटिएपछि लज्जास्पद हारको सामना गर्यो ।

आपसी तालमेल गुमाउँदा नेपालका ६ खेलाडी रनआउटको शिकार भएको खेलमा सुनील थापामगर र रमेश बानियाँले पहिलो विकेटको लागि ५३ रनको अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाए पनि थप १०० रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । नेपालका लागि बद्री चौलागाईले सर्वाधिक ३७ रनको योगदान दिए । उनले ४७ बलमा ३ चौका प्रहार गरे । ओपनर सुनीलले रनआउट हुनुअघि २५ रन बनाए । अर्का ओपनर रमेश पनि २२ रनमा रनआउट भए ।

राम्रो लयमा देखिएका खिमानन्द गैर १३ रनमा रनआउट भए । नियमित कप्तान किर्तन श्रेष्ठ घाइते भएपछि नेपालको नेतृत्व पदम बडेलाले लिएका थिए । पदमले एक चौकाको मद्दतले ११ रनको योगदान दिए ।

 

श्रीलंकाको बलिङमा दिमुथु रविन्द्रा, चन्दना देशप्रिया, दामिथ सान्दरुवान र दिनेश माथुगमाले समान १–१ विकेट लिए । श्रीलंकाका फिल्डरले उत्कृष्ट फिल्डङ गर्दै नेपाली ब्याट्सम्यानलाई रन बटुल्नबाट रोकेका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरा ओभर नै खेल्दै ४९५ रनको विशाल स्कोर खडा गरेको थियो । स्लो ओभर रेटको कारण नेपालमाथि १२ रनको पेनाल्टी थपिएको थियो । श्रीलंकाका लागि दिमुथु रविन्द्राले १ सय ८ रन तथा चन्दना देशप्रियाले १ सय २९ रनको अविजित शतकीय पारी खेले । प्रियन्था कुमाराले ६९ रन र केए सिल्भाले ३२ रन जोड्दै लंकन पारी उकासे ।

 

५३ अतिरिक्त रन खर्चिदै महंगा साबित भएका नेपालका सबै बलरले प्रतिओभर १० भन्दा धेरै रन खर्चिएको खेलमा दुर्गादत्त पौडल र सुर्य भट्टराईले समान १ विकेट लिए ।

नेपालको हारसँगै सेमिफाइनल राउन्डमा पुग्ने ३ राष्ट्रको टुंगो लागेको छ । भारतले ३ जित तथा पाकिस्तान, श्रीलंका र बंगलादेशले समान २ जित निकालि सकेको छ । नेपालले आइतबार साकिकको विजेता भारतसँग खेल्नेछ । विश्वकपमा अपराजित भारतले शनिबार बंगालदेशमाथि १० विकेटको जित निकालेको थियो ।

खेलको फोटोहरु :- 

 

( फोटो – अनिल मल्ल )





थप समाचार

प्रम कप : आर्मीको लगातार तेश्रो जित

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत छैठौं दिन समुह ‘ए’ अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-१ लाई ४ […]

प्रम कप : पुलिसको उत्कृस्ट पुनरागमन, सुदूरपश्चिम सहजै पराजित

पहिलो खेलमा बागमती प्रदेशसंग स्तब्ध बनेको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले दोश्रो खेलमा उत्कृस्ट पुनरागमन गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ९ […]

आर्मीसंग प्रदेश-१ को कमजोर ब्याटिंग, १३१ मै सिमित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत छैठौं दिन समुह ‘बि’ अन्तर्गतको मुलपानी मैदानमा जारी खेलमा  प्रदेश-१ र त्रिभुवन आर्मी क्लब […]

पुलिसद्वारा सुदूरपश्चिम ११० रनमै सिमित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत छैठौं दिन समुह ‘बि’ अन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन टिम नेपाल पुलिस क्लब र सुदूरपश्चिम […]

बिग ब्यास : पर्थद्वारा ब्रिसबेन फराकिलो अन्तरले पराजित

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत मंगलबार सम्पन्न ४४ औं खेलमा एश्टन टर्नर कप्तानीको पर्थ स्कर्चर्सले क्रिस […]

सन्दिप, अनिल र सौरभ चम्किदा लुम्बिनीको विजयी सुरुवात

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिनको समुह ‘बि’ अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशले विजयी सुरुवात गर्ने क्रममा प्रदेश-२ लाई […]