विश्वकप यात्रा टुंगिएपछि ट्वीटरमा यसरी पोखे नेपाली समर्थकहरुले निराशा

टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) मा  सिंगापुरसंग पराजित हुँदा नेपाल युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप छनौट प्रतियोगितामा छनौट हुन असफल भयो। २०१४ टि-२० विश्वकप खेलेको नेपाली टिम त्यसपछि २०१६ को विश्वकपमा पनि छनौट हुन असफल रहेको थियो। लगातार दोश्रो पटक टि-२० विश्वकप सपना चकनाचुर भए पछि नेपाली समर्थकहरु निराश बनेका छन्।

सामाजिक संजाल ट्वीटरमा नेपाली समर्थकहरुले पोखेको निराशा 

सुन्दा नमिठो लाग्न सक्ला तर आजको हारसंगै नेपाली कृकेट इतिहासको एउटा अध्याय सकिएको छ । ५० ओभरको विश्वकपको वर्तमान संरचनामा हामीले खेल्न पाउने सम्भावना लगभग शून्य नै छ र २० ओभरको वाट पनि वाहिरिएपछी अब नयाँ शिरावाट सोच्नु आवश्यक छ ।

— समीर निरौला (@sameer_niraula) July 28, 2019