नेपालको लगातार दोश्रो हार



  • विकेटनेपाल, भदौ २९ – शुक्रबार

भारतको लखनउमा जारि चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत नेपाल दोश्रो खेलमा भारतको यु १९ ‘ए’ टिमसँग ८ विकेटले पराजित भएको छ। यसअघि बुधबार सम्पन्न पहिलो खेलमा भारत यु१९ ‘बि’ सँग पनि ४० रनको हार व्यहोरेको थियो।

|| स्कोरकार्ड ||

पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको भारत यु१९ ‘ए’ ले लगातार दोश्रो जितसहित ६ अंक बटुलेको छ भने नेपाल अंक बिहिन रहेको छ। अहिले जारि अर्को खेलमा भारत यु१९ ‘बि’ र अफगानिस्तान यु१९ भिडिरहेका छन्।

लखनउ स्थित नवनिर्मित एकना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५६ रनको योगफल तयार पारेको थियो। सुरुवाती ३ विकेट २३ रनमा गुमाउँदा समस्यामा रहेको नेपालका लागि ओपनर तृतराज दासले ४६ रन तथा सन्दिप जोहराले ६६ रनको पारि खेल्दै चौथो विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए।

Sundeep Jora & Trit Raj Das

अन्य खेलाडीको सर्वाधिक स्कोर ५ रहेको खेलमा भिम सार्कीले पाचौं विकेटको लागि सन्दिप जोहरासंग मिलेर ४९ रनको साझेदारी गरेका थिए। भिमले २८ रन बनाए। भारतीय बलर वाईडी मंगवानी र अजय गौडले समान ४/४ विकेट हात पारे।

जवाफमा १५७ रनको लक्ष्य पछ्याएको भारतले वाई भी राठोदको अविजित ४९ रन, कप्तान अनुज रावतको ४७ रन तथा प्रभसिमरन सिंहको आक्रामक अविजित ४६ रनको मद्दतमा मात्र २४.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। नेपालको तर्फबाट कमल सिंह ऐरीले मात्र १३ रनको योगफलमा सुरुवाती झट्का दिएपनि जितको लागि पर्याप्त हुन सकेन। अर्को विकेट पवन सर्राफको नाममा रह्यो।

नेपालले तेस्रो खेल १६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ।





थप समाचार

न्याभ कप अस्ट्रेलिया : उपाधिको लागि एक्सपर्ट सगरमाथा र रोयल राईनोज बीच प्रतिस्पर्धा

अस्ट्रेलियाको प्रतिष्ठित नेपाली क्रिकेट लिग १६ औं संस्करणको नेपाल एसोसिएसन अफ भिक्टोरिया ( एनएभी ) कप प्रतियोगिताको आइतबार हुने फाइनलमा […]

सन्दिप लामिछाने पाकिस्तान सुपर लिग खेल्न आज पाकिस्तान जाँदै

नेपाली लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग ( पीएसएल ) खेल्न पाकिस्तान प्रस्थान गर्ने भएका छन्। सन्दिप पाकिस्तानको कराचीमा […]

पीएसएल : रोमान्चक खेलमा पेशावरको जित, क्वेटाको अर्को हार

पाकिस्तान सुपर लिगमा सरफराज एहमद कप्तानीको टिम क्वेटा ग्ल्याडीएटर्सले लगातार तेश्रो खेलमा हार बेहोरेको छ। लिग अन्तर्गत शुक्रबार राति नेसनल […]

‘लिटल फ्लावर प्रिमियर लिग’को ट्रफी सार्वजनिक

कैलाली, फागुन १४– ‘लिटल फ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पाँचौँ संस्करणको आज धनगढीमा ट्रफी सार्वजनिक गरिएको छ […]

पीएसएल : रिजवान र मक्सुद चम्किदा मुल्तानको पहिलो जित

पाकिस्तान सुपर लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा मुल्तान सुल्तान्सले पहिलो जित दर्ता गर्ने क्रममा लाहोर कलन्दर्सलाई ७ विकेटले पराजित गरेको […]

कास्की जिल्ला क्रिकेट संघको साधारण सभा सम्पन्न

कास्की जिल्ला क्रिकेट संघको तेश्रो साधारण सभा आज पोखरामा सम्पन्न भएको छ । कोभिड–१९ महामारीका कारण रोकिएको कास्की जिल्ला क्रिकेट […]