नामिबियामा नेपालको कडा अभ्यास ( फोटो फिचर )



  • विकेटनेपाल, माघ २३, मंगलबार 

फेब्रुअरी ८ अर्थात बिहिबार देखि नामिबियामा सुरु हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्रिकेट टिम नामिबिया आइतबारनै आयोजना स्थल पुगीसकेको छ।

नामिबिया पुगेपछि नेपाली क्रिकेट टिमले सोमबार र मंगलबार जमेर अभ्यास गरेको छ। नेपाली टिमलाई मुख्य प्रशिक्षक जगत टमाटा र भारतीय प्रशिक्षक सुलक्षण कुलकर्नीले प्रशिक्षण गराईरहेका छन्। मंगलबार नेपाली टिमले वन्डरर्स क्रिकेट क्लब मैदानमा ब्याटिंग तथा फिल्डिंगको अभ्यास गर्यो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ तारिकमा बिहिबार आयोजक नामिबियाको सामना गर्दैछ भने दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

डिभिजन-२ को उत्कृस्ट-२ भित्र पर्नेसके नेपाल २०१९ को बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

नेपाली टिम :  पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अनिल शाह, बसन्त रेग्मी, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी , सन्दिप लामिछाने, सोमपाल कामी, करन केसी, आरिफ शेख, ललित भण्डारी, दिलिप नाथ, रोहित पौडेल

हेर्नुस नेपाली टिमले मंगलबार गरेको अभ्यासको फोटोहरु ( तस्बिरहरु – रमन शिवाकोटी )

अनिल साह
शरद भेसावकर
रोहित पौडेल
प्रशिक्षक सुलक्षण कुल्कर्नी
ज्ञानेन्द्र मल्ल
आरिफ शेख
दिपेन्द्र ऐरी
दिलिप नाथ
शरद भेसावकर

पारस खड्का





थप समाचार

डेब्युमै गुर्बजले कीर्तिमान बनाउदा अफगानिस्तानद्वारा आयरल्याण्ड पराजित

पहिलो एकदिवसीयमा आयरल्याण्डमाथि १६ रनको जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (युएई) मा जारि ३ खेलको एकदिवसीय शृंखलामा अफगानिस्तानले अग्रता लिएको […]

टि-१० लिगमा सहभागी हुन नेपाली खेलाडीहरु युएई प्रस्थान, कहिले छ खेल

जनवरी २८ तारिख देखि फेब्रुअरी ६ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको अबु धाबीमा आयोजना हुने अबु धाबी टि-१० लिगमा सहभागी हुन […]

दिल्लीले फुकुवा गरेपछि सन्दिपले यसरी दिए धन्यवाद

इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा तिन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि नेपाली स्पिनर सन्दिप लामिछानेलाई टिममा निरन्तरता नदिने घोषणा […]

आईपीएल २०२१ : कुन टिमले कुन-कुन खेलाडी फुकुवा र टिमसंग राख्यो ( पुरा सुची )

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजनको मिनी अक्सन नजिकिंदै गर्दा ८ वटा फ़्रेन्चाइजहरुले फुकुवा गर्ने र […]

प्रम कप : पुलिसको जितमा धमला, सर्राफ र ऐरीको उच्च योगदान

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन समुह ‘बि’ अन्तर्गतको खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले लगातार दोश्रो जित […]

प्रम कप : एपीएफको दोश्रो जित, गण्डकी बाहिरियो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन मुलपानी मैदानमा सम्पन्न खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ६ […]