टेस्ट राष्ट्रलाई उछिन्दै टि-२० वरियतामा नेपालको ऐतिहासिक फड्को

Sandeep Lamichhane
  • विकेटनेपाल, बैशाख २० 

नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारि गरेको ताजा टि-२० अन्तर्राष्ट्रिय राष्ट्रहरुको वरियतामा ११ औं स्थानमा उक्लेको छ। नेपाली क्रिकेट टिमले हाँसिल गरेको यो हालसम्मकै उच्च वरियता हो।

यस अघि पछिल्लो पटक सार्वजनिक भएको आईसीसी वरियतामा नेपाल १४ औं स्थानमा रहेको थियो। आईसीसीले शुक्रवार सार्वजनिक गरेको ८० राष्ट्रहरु सम्मेलित टि-२० अन्तर्रास्ट्रिय वरियतामा नेपालले ३ स्थान फड्को मारेको हो। एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा भने नेपाल १४ औं स्थानमा रहेको छ।

टेस्ट राष्ट्रलाई पनि उछिन्न सफल 

टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेपालले ११ औं स्थान हाँसिल गर्दा टेस्ट राष्ट्र जिम्बाबे र आयरल्याण्डलाई समेत पछि छाडेको छ। जिम्बाबे १३ औं र आयरल्याण्ड १५ औं स्थानमा रहेको छ। नेपालको ८ खेलमा रेटिंग अंक २१२ रहेको छ भने जिम्बाबेको १९९ र आयरल्याण्डको १८२ रहेको छ।

वरियताको पहिलो स्थानमा पाकिस्तान रहेको छ।

को कति नम्बरमा 

१. पाकिस्तान २. दक्षिण अफ्रीका ३. इंग्ल्याण्ड ४. अस्ट्रेलिया ५. भारत ६. न्यु जिल्याण्ड , ७. अफगानिस्थान ८. श्रीलंका ९. वेस्ट इन्डिज १०. बंगलादेश ११. नेपाल १२. स्कटल्याण्ड १३. जिम्बाबे १४. नेदरल्याण्ड १५. आयरल्याण्ड १६. युएई १७. पपुवा न्यु गिनी १८. ओमान १९. हंगकंग २०. नामिबिया

गत वर्ष आईसीसीले सम्पूर्ण सदस्य राष्ट्रलाई टि-२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो जसपछि कुल १०४ टि-२० अन्तर्राष्ट्रिय राष्ट्र भएका थिए।

सन् २०१६ मे महिना देखि कम्तिमा ६ वटा टि-२० अन्तर्रास्ट्रिय खेलेका टिमहरुलाई आईसीसीले ताजा वरियतामा स्थान दिएको छ।

Nepal Cricket Team
Nepal Cricket Team ( photo – thenational.ae )

नेपालले अन्तिम पटक युएईसंग गत वर्ष माघमा टि-२० र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो जस अन्तर्गत नेपालले दुवै सिरिज २-१ ले जित्न सफल रहेको थियो। त्यस जित पछि नेपाल टि-२० अन्तर्राष्ट्रिय वरियतामा १४ औं र एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा १५ औं स्थानमा रहेको थियो।

सन् २०१४ को बंगलादेशमा सम्पन्न टि-२० विश्वकपमा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेको नेपालले त्यसपछि २०१९ सम्म कुल १५ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेको छ। १५ खेल मध्ये नेपालले ५ वटा खेलमा जित ९ खेलमा हार बेहोरेको छ भने एक खेल नतिजाविहिन रहेको थियो।

टि-२० अन्तर्राष्टियमा नेपालको हालसम्मको नतिजा 

सन् २०१४ – ४ खेलमा २ जित र २ हार

बिरुद्ध हंगकंग – ८० रनले विजयी
बिरुद्ध बंगलादेश – ८ विकेटले पराजित
बिरुद्ध अफगानिस्थान – ९ रनले विजयी
बिरुद्ध हंगकंग – २ विकेटले पराजित

सन् २०१५ – ७ खेलममा १ जित र ६ हार

बिरुद्ध नेदरल्याण्ड – १८ रनले पराजित
बिरुद्ध नेदरल्याण्ड – १०३ रनले पराजित
बिरुद्ध नेदरल्याण्ड – १८ रनले पराजित
बिरुद्ध नेदरल्याण्ड – ३ विकेटले विजयी
बिरुद्ध आयरल्याण्ड – ८ विकेटले पराजित
बिरुद्ध हंगकंग – ५ विकेटले पराजित
बिरुद्ध पपुवा न्यु गिनी – ८ विकेटले पराजित

सन् २०१८ – १ खेल ( नतिजा विहिन )

बिरुद्ध नेदरल्याण्ड – नतिजाविहिन

सन् २०१९ – ३ खेलमा २ जित र १ हार

बिरुद्ध युएई – २१ रनले पराजित
बिरुद्ध युएई – ४ विकेटले विजयी
बिरुद्ध युएई – १४ रनले विजयी

टि-२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीहरुको प्रदर्शन 

टि-२० अन्तर्रराष्ट्रिय ( ब्याटिंग ) – टि-२० अन्तर्राष्ट्रियमा पनि पारस खड्काले नेपालको लागि सर्वाधिक रन बनाएका छन्। १५ खेलमा पारसले २२.३० को एभरेजले २९० रन बनाएका छन् जुन क्रममा एउटा अर्धशतक प्रहार गरेका छन्। दोश्रो स्थानमा शरद भेसावकरले ११ खेलमा १९९ रन, तेश्रो स्थानमा ज्ञानेन्द्र मल्लले १५ खेलमा १८८ रन बनाएका छन्।

Paras Khadka
Paras Khadka ( Photo – Thenational.ae )

१. पारस खड्का – १५ खेलमा २९० रन ( १ अर्धशतक )
२. शरद भेसावकर – ११ खेलमा १९९ रन
३. ज्ञानेन्द्र मल्ल – १५ खेलमा १८८ रन
४. सुबास खकुरेल – ८ खेलमा ११२ रन ( १ अर्धशतक )
५. सागर पुन – ९ खेलमा ९० रन
६. सन्दिप जोरा – ३ खेलमा ९० रन ( १ अर्धशतक )
७. प्रदिप ऐरि – ९ खेलमा ६७ रन
१०. दिपेन्द्र ऐरि – ४ खेलमा ५३ रन

टि-२० अन्तर्राष्ट्रिय ( बलिङ्ग ) – बसन्त रेग्मी टि-२० अन्तर्रराष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी हुन्। रेग्मीले १३ खेलमा१५.५५ को एभरेज र १५.० को स्ट्राइक रेटले १८ विकेट लिएका छन्। दोश्रो स्थानमा रहेका सोमपाल कामिले १७ र तेश्रो स्थानमा करन केसीले ९ विकेट लिएका छन्।

Basant Regmi

१. बसन्त रेग्मी – १३ खेलमा १८ विकेट ( ४ विकेट – १ पटक )
२. सोमपाल कामि – १५ खेलमा १७ विकेट
३. करन केसी – ९ खेलमा ९ विकेट
४. शक्ति गौचन – ९ खेलमा ८ विकेट
५. अविनाश बोहरा – ३ खेलमा ६ विकेट
६. सागर पुन – ९ खेलमा ६ विकेट
७. सन्दिप लामिछाने – ४ खेलमा ५ विकेट
८. जितेन्द्र मुखिया – ४ खेलमा ४ विकेट
९. ललित राजबंशी – ३ खेलमा २ विकेट
१०. पारस खड्का – १५ खेलमा २ विकेट

( फिचर फोटो — thenational.ae )

 

Share This