राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु



नेपाल क्रिकेट संघ(क्यान)ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । कोभिड महामारीले करीब दश महिनादेखि अवरुद्ध बन्न पुगेको क्रिकेट पुनः लयमा फर्किन लागेको हो ।

बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलमा सङ्क्रमणको पुष्टि भएपछि तीनैजना आइसोलेशनमा छन् । प्रशिक्षणमा थप पाँच खेलाडी समावेश गरिएका छन् । अनिलकुमार साह, विक्रम सोब, कुशल भुर्तेल, रित गौम र लोकेश बमलाई बोलाइएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा कोभिडविरुद्ध विशेष सतर्कता अपनाएर खेलाडीहरुले बन्द प्रशिक्षण सुरु गरेका छन् । प्रशिक्षकको पदपूर्तिमा ढिलाइ हुँदा जगतबहादुर टमाटाले नै बन्द प्रशिक्षणमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।

भेट्रान स्पिनर बसन्त रेग्मी पनि कोरोना संक्रमित





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]