नेपालले पहिले बलिंग गर्ने, यस्तो छ पहिलो एघार



  • विकेटनेपाल, फाल्गुन २० – आइतबार

सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा १० देश सम्मिलित एकदिवसीय क्रिकेट विश्वकप आयोजना हुँदैछ जसमा सन् २०१७ को सेप्टेम्बर ३० तारिखको एकदिवसीय वरियतामा शिर्ष स्थानमा रहेका ७ टिम र आयोजक इंग्ल्याण्ड सिधै छनोट भैसकेका छन् । बाँकी २ टिम छनौट गर्नको लागि आजदेखि जिम्बाबेमा विश्वकप छनौट प्रतियोगिताको सुरु हुँदैछ। प्रतियोगिताबाट उत्कृस्ट २ टिम बिश्वकप खेल्न छानिनेछन् भने उत्कृस्ट-३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

सोहि प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाबेको सामना गर्दै छ । टेस्ट रास्ट्र समेत रहेको घरेलु टिमका खेलाडीहरुसँग धेरै अन्तर्राष्ट्रिय अनुभब रहेको छ तर नेपाल भने अन्डरडग्सको रुपमा प्रतियोगितामा उत्रंदै छ । नेपालको लक्ष्य भनेको पहिलो पल्ट टेस्ट रास्ट्रलाई हराउनु रहेको छ  भने जिम्बाबेको भने लगातार १० औं पटक विश्वकप खेल्नु रहेको छ ।

केहि समय पछी (नेपाली समय १;१५ बजे) सुरु हुने घरेलु टोलि र नेपाल बिचको खेलमा जिम्बाबेले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ ।

यस्तो छ प्लेइंग एघार:

NEP XI: G Malla, D Nath, P Khadka, DS Airee, S Vesawkar, A Sheikh, R Kumar, S Kami, B Regmi, S Lamichhane, L Rajbanshi

ZIM XI: C Zhuwao, S Mire, H Masakadza, B Taylor, C Ervine, S Raza, M Waller, G Cremer, K Jarvis, B Vitori, T Chatara





थप समाचार

IPL : चेन्नाई बिरुद्ध धवनको कीर्तिमान, दिल्लीको शानदार जित

आईपीएल २०२१ अन्तर्गत दोश्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ। मुम्बईको […]

पाकिस्तानको जितमा रिजवानको उत्कृस्ट इनिंग्स

दक्षिण अफ्रीका भ्रमण अन्तर्गत ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमण टोलि पाकिस्तान ४ विकेटले विजयी हुँदै सिरिजमा […]

IPL : पुनरागमन खेलमा रैनाको अर्धशतक, दिल्लीलाई चुनौतीपूर्ण लक्ष्य

भारतमा जारि १४ औं सिजनको इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत दोश्रो खेललाई मा चेन्नाई सुपर किंग्स र दिल्ली […]

IPL M2 : टस जितेर दिल्लीद्वारा चेन्नाईलाई ब्याटिंगको निम्तो

१४ औं सिजनको इण्डियन प्रिमियर लिग अन्तर्गत दोश्रो खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स र रिशभ पन्त कप्तानीको […]

सिक्किम ए डिभिजन लिग : पुलिसको दोश्रो जितमा अनिल, दिलिप र अमित उत्कृस्ट

भारतको सिक्किममा जारि ‘कन्चेनजोंगा शिल्ड ए डिभिजन लिग’ प्रतियोगितामा सहभागी नेपाली टोलि नेपाल पुलिस क्लबले लगातार दोश्रो जित दर्ता गरेको […]

एपीएफले उपाधि जित्दा कप्तान सिता प्रतियोगिताकै उत्कृस्ट

सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले सहजै पराजित गर्दै विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले पहिलो संस्करणको ललितपुर मेयर्स […]