दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज नेपालगंज कपको फाइनलमा

Rajbir Singh


  • विकेटनेपाल, बैशाख १० – कोहलपुर 

आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको फाइनलमा एनआईसि एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज भिड्ने भएका छन्। प्रतियोगिताको फाइनल खेल बुधबार ११ बजे खेलिने कार्यक्रम रहेको छ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सोमबार भएको २ वटा खेलमा बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाजले जित दर्ता गर्यो।यो संगै प्रतियोगिताको लिग चरणको सम्पूर्ण खेलहरु सकिएको छ। लिगको खेलहरु पछि अंक तालिकामा ५ खेलमा ४/४ वटा जित र १/१ हार बेहोरेको दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज नेट रन-रेटको आधारमा पहिलो र दोश्रो स्थानमा रहे। लुम्बिनी यात्रिज र बर्दिया टाइगर्सले ५ खेलमा समान ३ जित र २ हार बेहोर्दै ६ अंक बटुल्न सक्यो र नेट रन रेटमा तेश्रो र चौथो स्थानमा रह्यो। १ जित र ४ हार बेहोरेको बाँके ब्लास्टर्स पाँचौ र ५ वटै खेलमा हार बेहोरेको पाल्पा योद्धाजले पुछारमा यात्रा समाप्त गर्यो।

पहिलो खेलमा दंगालीको सहज जित 

दिनको पहिलो खेलमा टस जितेर ब्याटिंग गरेको पाल्पाले २० ओभरमा ७ विकेट गुमाएर ११३ रनको योगफल तयार गर्यो। उसको लागि प्रकाश केसीले सर्वाधिक ३० रन तथा अनुपम सिंहले २३ रन बनाए। दंगालीका बलर सन्दिप सुनार र शहिद अन्सारीले समान २/२ विकेट लिए।

 

११४ रनको लक्ष्य दंगाली गोर्खाजले १४.४ रनमै ३ विकेट गुमाएर पुरा गर्यो। प्लेयर अफ द म्याच समेत चुनिएका शदाब अन्सारी अविजित ५० रन प्रहार गर्दै टिमलाई सहज जित दिलाए।  ३३ बल सामना गरेका शदाबले ३ छक्का र ५ चौका प्रहार गरे। मनोज सुनारले २१ तथा सद्दाम हुसेनले १७ रन योगदान दिए।

स्कोरकार्ड हेर्नुस 

दोश्रो खेलमा बर्दियाको उत्कृस्ट जित 

टस हारेर पहिले ब्याटिंग गरेको लुम्बिनी यात्रिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रनको योगफल तयार गरेको थियो। १७२ रनको लक्ष्य बर्दियाले १९.२ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिंग गरेका राजबिर सिंहले सर्वाधिक ६९ रन बनाए जुन क्रममा ४५ बलमा ५ छक्का र ७ चौका प्रहार गरे। यस्तै कप्तान शुबेन्दु पाण्डेले पनि मात्र २२ बलमा २ चौका र ७ चौका मदतले ४८ रन बनाए भने आकास बिस्टले ३ छक्का र ३ चौकानै मदतले २२ बलमा अविजित ३५ रन बनाएर टिमलाई जितसम्म डोर्याए।

शुबेन्दु पाण्डे

यस अघि लुम्बिनी यत्रिजले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो। उसका कप्तान कृष्ण कार्कीले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ३२ बलमा ३ छक्का र ४ चौका प्रहार गरे। यस्तै सुरज दराईले ३१, आदील खानले ३०, र बसिर अहमदले २४ रन बनाए। बर्दिया बलर आकाश बिस्ट, जितेन्द्र ठकुरी र भारत थापाले समान २/२ विकेट आफ्नो नाम गरे।

खेलको प्लेयर अफ द म्याच राजबिर सिंह चुनिए। स्कोरकार्ड हेर्नुस 

 





थप समाचार

डीएसएल : दाङको देउखुरी वारियर्स र कैलाली जिल्ला क्रीकेट क्लब विजयी

कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा दाङको देउखुरी वारियर्स क्रीकेट क्लब र कैलाली जिल्ला क्रीकेट […]

नवौं राष्ट्रिय खेलकुद असोजमा

काठमाडौं, जेठ १० गते । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति […]

कृतिकालाई कप्तानी

देब्रे हाते स्पिनर कृतिका मरासिनीलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अन्डर-१९ महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सुम्पेको छ। […]

ईपीएल नरोक्न आयोजक र फ़्रेन्चाइजको अपिल

एभरेस्ट प्रिमियर लिग (इपिएल) का फ़्रेन्चाइजहरुले आफ्नो अस्तित्वनै समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का […]

डीएसएल: धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी

धनगढी ८ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा धनगढी […]

लिग-२ मा सक्दो धेरै खेल जित्छौं – सन्दिप

काठमाडौं, जेठ ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल […]