नेपालको निलम्बन छिटै फुकुवा हुने आसीसीको बिश्वास

cricket association of nepal


आइसीसीले आइतबार एक प्रेस वक्तव्यद्वारा नेपालको निलम्बन फुकुवा हुने बाटोमा निकै प्रगति भएको बताएको छ l शनिबार बसेको सल्लाहकार समिति र आइसीसी पदाधिकारीको बैठकमा भएको सकारात्मक वार्तालाई आधार बनाई आइसीसीले यस्तो वक्तव्य दिएको हो l

आइसीसीले यसै वक्तव्य मार्फत नेपालले निलम्बन फुकुवा गर्न अब गर्नुपर्ने कदमहरु पनि खुलाएको छ l नेपालले अब शिघ्र साधारण सभा गरी आफ्नो संबिधानमा सल्लाहकार समितिले प्रस्ताव गरेका संशोधनहरु पारित गर्नुपर्ने हुन्छ l त्यसलगत्तै नयाँ नियमहरुका आधारमा नयाँ चुनाव गरी नयाँ बोर्डको गठन गर्नुपर्ने हुन्छ l

शनिबारको बैठकमा पनि सहभागी हुनुभएका आइसीसीका उपाध्यक्ष इमरान ख्वाजाले पनि नेपालले छिटो भन्दा छिटो समाधान खोज्नेमा आफू बिश्वस्त रहेको बताउनुभएको छ l “आ-आफ्नो धारणा हुँदाहुँदै पनि सबैले मिलेर नेपाली क्रिकेटको भलोका लागि सहकार्य गर्न खोज्नु सुखद् हो l सबैकुरा सोचे जस्तो भयो भने यो नेपाली क्रिकेटमा नयाँ युगको उदय हुनेछ l”





थप समाचार

टि-१० लिग : पहिलो खेलमै सोमपालले पाए मौका

युनाइटेड अरब इमिरेट्समा चौथो सिजनको अबु धाबी टि-१० लिग सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा नेपाली फास्ट अलराउण्डर सोमपाल कामि आबद्ध […]

प्रम कप : बागमतीलाई हराउदै आर्मी लगातार चौथो पटक फाइनलमा

बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। प्रतियोगिताको […]

टि-१० लिगमा आज करन र सोमपाल आबद्ध टिमको खेल ( सम्पूर्ण जानकारी )

युनाइटेड अरब इमिरेट्समा ( युएई ) आज देखि अबु धाबी टि-१० लिग सुरु हुँदैछ। प्रतियोगितामा ३ नेपाली खेलाडीहरु करन केसी, […]

प्रम कप सेमीफाइनल : पुलामीले जिम्मेवारीपूर्वक ब्याटिंग गर्दा आर्मीको मध्यम योगफल

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा टस […]

राष्ट्रिय महिला क्रिकेट कप्तान रुविनालाई अभिनन्दन

झापाको कनकाईमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ । सामाजिक गतिविधिमा झापामा क्रियाशील रहेको सुरुङ्गा […]

प्रम कप : पुलिसलाई पराजित गर्दै एपीएफ फाइनलमा

नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। गत […]