नेपाललाई पाचौं झट्का, पारस पछी शरद पनि पेभेलियनमा



  • विकेटनेपाल, माघ २९ – सोमबार

आईसिसी विश्व क्रिकेट लिग अन्तर्गत जारि नेपाल र केन्या बिचको खेलमा नेपालका कप्तान पारस खड्का पछी भरपर्दा मानिएका शरद भेसावाकर पनि आउट भएका छन् । चौथो विकेटको रुपमा पारस ४२ रन बनाएर आउट भए भने शरद पनि १९ रन बनाएर पेभेलियन फर्किए ।

नेपालले यो समाचार तयार पार्दासम्म २६ ओभरमा ५ विकेटको क्षतिमा ८७ रनमात्र बनाएको छ र जितको लागि २४ ओभरमा ९१ रनको आबश्यकता छ ।

कुनै समय १४ रनमा ३ विकेट गुमाएको नेपाललाई पारस र शरदले ५५ रनको साझेदारी गर्दै सम्हालेका थिए तर त्यसपछि दुवै जना ब्याट्सम्यानले रन गतिलाई अगाडी बढाउन सकेनन् ।

नामिबियामा जारि खेलमा केन्याले पहिले ब्याटिंग गरेपछि ५० ओभरमा ८ विकेट गुमाएर १७७ रनको योगफल तयार पारेको थियो ।

अहिले क्रिजमा आरिफ शेखले ६ तथा रोहित पौडेलले ५ रन बनाएर ब्याटिंग गरिरहेका छन् ।

बल बाई बल अपडेट

Feature Image: Paul Radley





थप समाचार

पाकिस्तानको सिरिज जितमा बाबरको किर्तिमान

लगातार दोश्रो टेस्ट इनिंग्स अन्तरले जित्दै भ्रमण टोलि पाकिस्तानले जिम्बाब्वे बिरुद्धको दुई वटा टेस्टको सिरिज क्लिन स्विप गरेको छ। यस […]

कुशल भएनन् आईसीसी प्लेयर अफ द मन्थ

पाकिस्तानकै फखर जमान र नेपाली क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान कुशल भुर्तेललाई पछि पार्दै बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ( आईसीसी […]

हार्दिक र पृथ्वीलाई बाहिर राख्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय टिमको घोषणा

आगामी महिना आयोजना हुने पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल तथा त्यसलगत्तै इंग्ल्यान्ड बिरुद्ध पांच टेस्टको सिरिजको लागि भारतले टिमको घोषणा […]

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]

आईपीएल अनिश्चितकालको लागि स्थगित

बढ्दो कोभीड-१९ केसहरुका कारण भारतमा जारि इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित […]

आईपीएलमा कोरोना प्रभाव, कोलकाता र बैंगलोरको खेल आज नहुने

भारतमा जारी १४ औं सिजनको इन्डीयन प्रिमियर लिगको सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स बीचको खेल सर्ने […]