युएईमा जारि १३ औं आईपीएल टि-२० अन्तर्गत किंग्स-११ पन्जाबका ब्याट्सम्यान निकोलस पुरनले जारि सिजनकै सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन्।
खेलमा हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा चौथो नम्बरमा ब्याटिंग गर्न आएका देब्रे हाते ब्याट्सम्यान पुरनले मात्र १७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन्। लिगमा १३ औं खेल खेल्ने क्रममा वेस्टइन्डिज ब्याट्सम्यान पुरनको यो पहिलो अर्धशतक हो। पुरनले आउट हुनु अघि ३७ बलमा ७७ रन बनाए जुन क्रममा ५ चौका र ७ छक्का प्रहार गरे।
6️⃣4️⃣6️⃣6️⃣6️⃣0️⃣
Nicholas Pooran pummels Abdul Samad as he reaches fifty in just 17 balls – the fastest of the season so far#SRHvsKXIP #IPL2020 https://t.co/YZs0zduQJp pic.twitter.com/fhCRzUaVLG
— ESPNcricinfo (@ESPNcricinfo) October 8, 2020
हैदरावादका लेग स्पिनर अब्दुल समदले गरेको नवौं ओभरमा उनले अर्धशतक पुरा गर्ने क्रममा पहिलो बलमा छक्का र दोश्रो बलमा चौका पछि लगातार ३ बलमा छक्का प्रहार गरेका थिए। उक्त ओभरमा पुरन एक्लैले २८ रन बनाए। यस अघि पुरनले छैटौं ओभरमा टि नटराजनलाई एक तथा सातौँ ओभरमा अभिषेक शर्मालाई २ छक्का प्रहार गरेका थिए।
जारि सिजन यस अघि अबैभन्दा छिटो अर्धशतक राजस्थान रोयल्सका ब्याट्सम्यान संजु स्यामसनले चेन्नाई सुपर किंग्स बिरुद्ध १९ बलमा बनाएका थिए। स्यामसनले उक्त खेलमा ४२ बलमा ८५ रन बनाएका थिए। यस्तै काइरन पोलार्डले बैंगलोर विरुद्ध तथा मार्कस स्टोइनिसले पन्जाब बिरुद्ध समान २० बलमा अर्धशतक बनाएका थिए।
पुरनको अर्धशतक लिग इतिहासमा पन्जाबका ब्याट्सम्यानले प्रहार गरेको दोश्रो छिटो शतक हो। यस अघि २०१८ मा केएल राहुलले दिल्ली बिरुद्ध मात्र १४ बलमा अर्धशतक बनाएका थिए जुन पन्जाब खेलाडीको मात्रै हैन लिग इतिहासकै सबैभन्दा छिटो अर्धशतक हो। तेश्रो छिटो १९ बलमा डेभिड मिलर र केएल राहुलले १९ बलमा अर्धशतक बनाएका थिए।
पुरनको १७ बलको अर्धशतक लिग इतिहासको समग्रमा चौथो छिटो अर्धशतक हो। यस अघि क्रिस गेल, काइरन पोलार्ड, सुनिल नारायण, हार्दिक पान्ड्या, क्रिस मोरिस र एडम गिलक्रिस्टले पनि १७ बलमा अर्धशतक बनाएका थिए।
आईपीएल इतिहासमा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड पन्जाबकै केएल राहुलको नाममा रहेको छ। २०१८ मा केएल राहुलले दिल्ली बिरुद्ध मात्र १४ बलमा अर्धशतक बनाएका थिए।
आईपीएलमा सर्वाधिक छिटो अर्धशतक
१४ बलमा – केएल राहुल ( २०१८ , बिरुद्ध दिल्ली )
१५ बलमा – युसुफ पठन ( २०१४, बिरुद्ध हैदरावाद )
१५ बलमा – सुनिल नारायण ( २०१७ , बिरुद्ध बैंगलोर )
१६ बलमा – सुरेश रैना ( २०१४ , बिरुद्ध पन्जाब )
१७ बलमा – क्रिस गेल, काइरन पोलार्ड, सुनिल नारायण, हार्दिक पान्ड्या, क्रिस मोरिस र एडम गिलक्रिस्ट
पुरनको फिल्डिंग हेरे पछि सचिनले भने “जीवनमा देखेको सबैभन्दा उत्कृस्ट”
पन्जाब बिरुद्ध वार्नरको लगातार ९ अर्धशतक, पन्जाब-हैदरावाद खेलमा बने ८ रेकर्ड
पन्जाबलाई ठूलो अन्तरले पराजित गर्दै अंकतालिकामा हैदरावादको फड्को
धोनीले बताए कोलकातासंग हारको कारण
सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा