‘निर्माणाधीन क्रिकेट रंगशालाका लागि बजेटको अभाव हुँदैन’



राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले रुपन्देहीको सैनामैनामा निर्माणधीन क्रिकेट रंगशालाका लागि बजेटको अभाव हुन नदिने बताउनुभएको छ ।

नगरको वडा नं.७ स्थित लम्टैयामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शुक्रबार अवलोकन गर्दै सदस्य सचिव सिलवालले केन्द्रिकृत योजना अन्तर्गत सरकारले सातवटै प्रदेशमा प्रादेशिक रंगशाला निर्माण गर्ने योजनाअनुसार बन्न लागेकोले रंगशालालाई बजेटको अभाव नहुने बताउनुभयो ।

उहाँले रंगशालाको अन्तिम डिपिआर छिट्टै नै तयार गरिने बताउँदै पहिलो चरणमा यस वर्ष नै खेल्नयोग्य मैदान गराउनुपर्नेमा जोड दिनुभयो ।

अन्तराष्ट्रिय खेल खेल्न एउटा मात्र मैदानले नपुग्ने बताउँदै सैनामैना, तिलोत्तमा, देवदह, भैरहवासँगै कन्चनमा समेत क्रिकेट रंगशालाको डिपिआर र अन्य कामहरु हुने क्रममा रहेको सदस्य सचिव सिलवालको भनाइ छ ।

क्रिकेट रंगशालाको डिपिआरबारे जानकारी लिदै सिलवालले धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको क्रिकेट रंगशाला र यहाँ निर्माण हुन लागेको रंगशालाको नाम एउटै रहेकोले नाम परिमार्जित गर्न समेत नगरपालिकालाई सुझाउनुभयो ।

करिब १५ बिगाह जग्गामा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर नगरपालिकाले केही दिन अघि सार्वजनिक गरेको थियो । करिब २३ हजार दर्शक अट्ने गरी उक्त रंगशालाको डिपिआर बनाइएको छ ।

यो पनि पढ्नुस : 

रूपन्देहीको सैनामैनामा नेपालकै नमुना क्रिकेट रंगशाला बन्ने

राष्ट्रिय टिमको फिटनेस ट्रेनर नियुक्त

सन्दिपले होबार्टबाट बिग ब्यास खेल्ने, कति पाउनेछन् मूल्य, कहिले छ खेल





थप समाचार

सुमित र बसन्त चम्किदा रोमान्चक खेलमा एपीएफसँग आर्मी पराजित

काठमाडौं । सुमित महर्जनको अर्धशतकको मद्दतमा विभागीय टोली एपीएफ काठमाडौं मेयर कप क्रिकेटमा विजयी भएको छ । टियू क्रिकेट मैदानमा […]

बाग्मतीसँग पुलिस दुई रनले विजयी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेटमा दुई रनले विजयी भएको छ । शनिबार मुलपानि क्रिकेट […]

रोहितको अर्धशतक, एपीएफलाई आर्मीको २३६ रनको लक्ष्य

काठमाडौं । रोहित पौडेलको अर्धशतकको मद्दतले विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप क्रिकेटमा अर्को विभागीय टोली एपीएफ क्लबलाई […]

अरियोको चार विकेट, पुलिस ७२ रनमा अलआउट

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप क्रिकेटमा बाग्मती प्रदेशलाई ७३ रनको झिनो लक्ष्य सुम्पेको छ। टस […]

मेयर्स कप क्रिकेट : आर्मी विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै एपीएफ

काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु […]

रोड सेफ्टी वर्ल्ड सिरिज : सेहवागले आक्रामक ब्याटिंग गर्दा भारत लेजेन्ड्सको सहज जित

गत वर्ष मार्चमा कोरोना महामारीका कारण बिचैमा रोकिएको रोड सेफ्टी वर्ल्ड सिरिज टि-२० ले पुनः निरन्तरता पाएको छ। गत वर्ष […]