आज देखि लिटिल फ्लावर प्रिमियर लिग



  • विकेटनेपाल , कार्तिक २७ 

सस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीमा मंगलवारदेखि सुरु हुने तेस्रो निष्ट कलेज लिटिल फ्लावर टि–२० प्रिमियर लिगको आज सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा सिद्धार्थ सिसु सदन र निष्ट भक्तपुर प्रतिस्पर्धा गर्नेछन्। सोमबारनै प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो भने प्रतियोगितामा सहभागी हुने टिमहरु पनि धनगढी पुग्ने क्रम जारी रहेको छ। प्रतियोगितामा काठमाण्डौंका २, भक्तपुरको १, नेपालगंजको १, कञ्चनपुरका २ र धनगढीका ६ गरी देशभरका १२ टिम सहभागी छन्।

सहभागी टोलीलाई विभिन्न ४ समुहमा राखेर प्रतिस्पर्धा गराईनेछ भने प्रत्येक समुहको विजेता टोली सेमीफाइनल खेल्नेछन। सेमिफाइनल खेल मंसीर ३ गते हुनेछ भने फाईनल खेल मंसीर ४ गते हुनेछ। संघीय प्रहरी कार्यालय प्रदेश नम्वर ७ को खेल मैदामा हुने प्रतियोगितामा सहभागि टिमले सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक ५ जना बाहिरबाट १९ बर्ष मुनिका खेलाडी पनि राख्न पाउनेछन्।

मंगलबार विहान ९ बजे उद्घाटन खेलमा प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पीयन धनगढीको सिद्धार्थ शिशु सदन र भक्तपुरको निष्ट स्कुल भिड्ने छन् । मंगलबारकै दोश्रो खेलमा क्यास्पीयन एकेडेमी धनगढी र शारदा मावि वैयावेहडी खेल्नेछन्।

२८ गते हुने दुई खेलमा पहिलो खेल बिहान ८ बजे विज्डम एकेडेमी कञ्चनपुर र कैलाली मोडेल इङलिस स्कुल धनगढीबिच प्रतिस्पर्धा हुनेछ । दोश्रो खेलमा मोक्षदा काठमाण्डौ र एबीसी आवासीय स्कुल नेपालगञ्ज भिड्ने छन्। २९ गतेको पहिलो खेल निष्ट स्कुल र सरस्वती माविले खेल्ने छन् । दोश्रो खेलमा लिटल बुद्ध र एबीसी आवासीय स्कुल आमने सामने हुने छन्।

३० गतेको पहिलो खेल लिटल फ्लावर र शारदा मावि, दोश्रोमा विज्डम र ह्वाइट हाउस खेल्नेछन्। १ गते पहिलो खेलमा शिद्धार्थ र सरस्वती, दोश्रो खेलमा लिटल फ्लावर र क्यास्पीयन एकेडेमी भिड्नेछन्। त्यस्तै २ गतेको पहिलो खेलमा लिटल बुद्ध र मोक्षदा आमनेसामने हुँदा दोश्रो खेलमा हिमालयन ह्वाइट हाउस र कैलाली मोडेल आमने सामने हुनेछन्।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले बताए।

प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने उनले बताए।



थप समाचार

पहिलो टि-२० मा भारतद्वारा अस्ट्रेलिया पराजित, जडेजाको कीर्तिमान

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तिन वटा टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा भारतले घरेलु टिमलाई ११ रनले पराजित गर्दै सिरिजमा १-० […]

विलियमसनले दोहोरो शतक बनाउदा न्युजिल्यान्ड विशाल योगफलतर्फ

केन विलियमसनले दोहोरो शतक बनाउदा भ्रमण टोलि वेस्टइन्डिज बिरुद्ध पहिलो टेस्टमा घरेलु टिम न्युजिल्यान्ड बलियो अवस्थामा पुगेको छ। २ वटा […]

IPL : अहमदावाद नयाँ टिम हुने लगभग निश्चित, २ वटा टिम थप्न छलफल

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले डिसेम्बर २४ तारिखमा वार्षिक साधारण सभा गर्दैछ। आईपीएलको आगामी सिजनमा दुईवटा नयाँ टिम […]

विलियमसन र लाथमले उत्कृस्ट ब्याटिंग गर्दा न्युजिल्यान्ड बलियो

कप्तान केन विलियमसन र टम लाथमले उत्कृस्ट ब्याटिंग गर्दा वेस्टइन्डिजको न्युजिल्यान्ड भ्रमण अन्तर्गत दुइ वटा टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा […]

“मलाई कुनै खबर छैन” न्युजिल्यान्ड टुरमा छनोट नगरिएकोमा मलिकको भनाइ

भेट्रान अलराउण्डर शोयब मलिकले न्युजिल्यान्ड टुरमा आफुलाई समावेश नगर्नुको कारण आफुलाई थाहा नभएको बताएका छन्। मलिकका अनुसार छनोट समितिले उनिसंग […]

वर्ष २०२० वानडेमा कोहली शतकविहिन

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली वर्ष २०२० मा एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउन असफल भएका छन्। सन् २००८ मा भारतीय […]