रोमान्चक खेलमा नेपाल बिरुद्ध नेदरल्याण्डको कीर्तिमानी जित, लिडेको कीर्तिमानी ब्याटिंग



नेपालमा जारी त्रि-देशीय टि-२० सिरिज अन्तर्गत चौथो खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा नेदरल्याण्डले २०७ रनको विशाल लक्ष्य १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्डले पछ्याएको यो सबैभन्दा ठुलो लक्ष्य हो भने नेदरल्याण्डले बनाएको यो नै सबैभन्दा ठुलो लक्ष्य हो। नेपाल बिरुद्ध कुनै पनि टिमले पछ्याएको पछ्याएको यो नै सबैभन्दा ठुलो लक्ष्य हो।

लक्ष्य पछ्याउने क्रममा दोश्रो ओभरमा सन्दिप लामिछानेले म्याक्स ओ डोडलाई ९ रनको व्यक्तिगत स्कोरमा एलबिडब्लु धरापमा पारे। दोश्रो विकेटको लागि अर्का ओपनर टोबेस भीसे र बेन कुपरले ५१ रन जोडे। छैठौं ओभरमा १५ रन बनएका भिसेले सन्दिपले बिनोद भण्डारीबाट स्टम्प आउट गराए।

तेश्रो विकेटको लागि बेन कुपर र बास डी लिडेले ६८ रनको साझेदारी गरे। खतरनाक बन्दै गएको साझेदारी सन्दिप लामिछानेले १३ औं ओभरमा तोडे। ३५ बलमा १० चौका मद्दतले ५५ रन बनएका कुपरलाई सन्दिपले दिपेन्द्र ऐरीबाट क्याच आउट गराए। लगत्तै ओभरमा खाता नखोली आर्यन दत्त कुशल मल्लबाट क्याच आउट भए पछि नेपाल खेलमा हावी बन्यो।

तर त्यसपछि बास डी लिडेले एक किनार निरन्तर सम्हाले। उनले कप्तान पिटर सिलरसंग ४९ रनको साझेदारी गर्दै नेदरल्याण्डलाई जिततर्फ डोर्याए। सिलरले १५ बलमा १ चौका र ३ छक्का मद्दतले ३१ रन बनाए। १८ औं ओभरमा सिलारलाई सन्दिप लामिछानेले क्याच आउट गराए।

नेदरल्याण्डलाई अन्तिम २ ओभरमा जित्न २५ रन आवस्यक हुँदा १९ औं ओभरमा बलिंग गरेका अविनास बोहरालाई डी लिडेले २ छक्का र १ चौका प्रहार गरे। ओभरमा अविनाशले स्कट एड्वार्ड्सको एउटा विकेट लिएता पनि नेदरल्याण्डले ओभरमा १९ रन बटुल्यो।

अन्तिम ओभरमा जित्न ६ बल आवस्यक रहंदा पहिलो बलमा करन केसीले एन्टोनियस स्टालको विकेट लिएता पनि त्यसपछि लगातार २ चौका प्रहार गर्दै लिडेले नेदरल्याण्डलाई जितसम्म पुर्याए।

पहिलो टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाएका डी लिडेले अविजित ८१ रन बनाए जुन क्रममा ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। लिडेले बनाएको ८१ रन नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ४८ रन खर्चिए। सन्दिप लामिछाने करन केसीलाई उछिन्दै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक विकेटकर्ता बनेका छन्। सन्दिपले ४१ विकेट लिएका करन केसीलाई उछिन्दै कुल ४२ विकेट लिएका छन्। करन केसी ( ३.३-०-३८-१ ) , अविनाश बोहरा ( ४-०-४३-० ) र कुशल मल्ल ( २-०-१२-१ ) ले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा २०६ रन बनएक थियो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो योगफल नेपालको नेदरल्याण्ड बिरुद्ध सबैभन्दा ठुलो योगफल हो भने नेपालले बनाएको हालसम्मकै दोश्रो ठुलो योगफल हो। नेपालले बनाएको सर्वाधिक योगफल २३६ रन हो जुन भुटान बिरुद्ध २०१९ साग क्रिकेटमा नेपालले बनाएको थियो।

दोश्रो ओभरमा आसिफ शेख खाता नखोली भीभीएन किंग्माबाट आउट भएपछि अर्का ओपनर कुशल भुर्तेलले ज्ञानेन्द्र मल्लसंग ४३ रनको साझेदारी गरे। सातौँ ओभरमा मल्ल २० रन बनाएर पिटर सिलरबाट क्याच आउट भए।

तेश्रो विकेटको लागि भुर्तेलले दिपेन्द्र ऐरीसंग ७८ रनको साझेदारी गरे। लगातार तेश्रो अर्धशतक पुरा गरेपछि भुर्तेल १५ औं ओभरमा किंग्माबाट क्याच आउट भए। त्यस अघि भुर्तेलले ४६ बलमा ८ चौका र १ छक्का मद्दतले ६२ रन बनाए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पछि लगातार तिन वटा अर्धशतक बनाउने कुशल भुर्तेल विश्वकै पहिलो क्रिकेटर बनेका छन्।

भुर्तेलको विकेट पछि १६ औं ओभरमा दिपेन्द्र ऐरी पनि आउट भए। टि-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक पुरा गरेका ऐरीले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाए। ७ बलमा ३ छक्का मद्दतले १८ रन बनाएर कुशल मल्ल १७ औं ओभरमा आर्यन दत्तबाट क्याच आउट भए। अन्तिममा सोमपाल कामिले १३ बलमा २ चौका र १ छक्का मद्दतले अविजित २१ रन बनाउदै नेपालको योगफल २ सय पार गरे।

नेदरल्याण्डको बलिंगमा कप्तान पिटर सिलर ( ४-०-३७-२ ) र भिभिएन किंगमा ( ४-०-४४-२ ) ले समान २ विकेट लिए। बास डी लिडे ( ३-०-३३-१ ) र आर्यन दत्त ( २-०-२२-१ ) ले समान १ विकेट लिए।

यो पनि पढ्नुस 

कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

कुशलको लागि व्यक्तिगत प्रदर्शन भन्दा नेपाल जित्नु महत्वपूर्ण





थप समाचार

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]

आईपीएल अनिश्चितकालको लागि स्थगित

बढ्दो कोभीड-१९ केसहरुका कारण भारतमा जारि इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित […]

आईपीएलमा कोरोना प्रभाव, कोलकाता र बैंगलोरको खेल आज नहुने

भारतमा जारी १४ औं सिजनको इन्डीयन प्रिमियर लिगको सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स बीचको खेल सर्ने […]

“बन्द कोठा भित्र पक्कै केहि हुँदैछ” वार्नरलाई हटाइएको विषयमा स्टेनको कडा टिप्पणी

सनराइजर्स हैदरावादको अन्तिम-११ बाट डेभिड वार्नरलाई हटाउने निर्णय धेरै फ्यान र एक्स्पर्टहरुलाई समेत चित्त बुझेको छैन। वार्नरबारे धेरैले विभन्न थरि […]

विलियमसनले बताए ११ ओभरमै राशिदको स्पेल सक्नुको कारण

आइतबार कप्तानी परिवर्तन गर्ने सनराइजर्स हैदरावादको निर्णयले टिमको भाग्य परिवर्तन गर्न सकेन। वार्नरको स्थानमा केन विलियमसन कप्तानीको हैदरावाद राजस्थान रोयल्ससंग […]

IPL : पन्जाबलाई हराउदै दिल्ली शिर्षमा, धवनको उत्कृस्ट ब्याटिंग

पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सम्पन्न लिगको […]