दिपेन्द्रको इनिंगले जित्न सकेन नेपाल, चलेनन् ब्याट्सम्यान

  • विकेटनेपाल, असार २९

भारत भ्रमणमा रहेको नेपाल यु-१९ रास्ट्रिय क्रिकेट टिमले पाँचौ तथा अन्तिम अभ्यास खेलमा ६८  रनको हार बेहोरेको छ l स्कोरकार्ड हेर्नुस

भ्रमण अन्तर्गत यस अघि खेलिएको ४ वटा मध्ये ३ वटा अभ्यास खेल नेपाली टिमले जितेको थियो भने अघिल्लो खेल वर्षाको कारण बराबरीमा टुंगिएको थियो l

पहिले ब्याटिंग गर्दै नोयडा ११ ले बनाएको २३४ रनको जवाफमा ब्याटिंग गरेको नेपाली टिमले ४२ ओभरमा १६६ रनमै सबै विकेट गुमाउन पुगेको थियो l

दिपेन्द्र ऐरीले ५५ , सन्दिप सुनारले ३१ तथा प्रकास केसीले ३१ रनको योगदान दिएतापनि ठुलो साझेदारी बनाउन नसक्दा नेपाली टिमले हार बेहोर्न पुग्यो l संघर्षपूर्ण इनिंग खेलेका दिपेन्द्रले ६८ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए l

नोयडा ११ को लागि अनुरित सिंह, निमित सैनी, हर्षित सेठीले २/२ विकेट हात पारे l परविन्दर अवाना, रबि सिंह र गौरभ सिंहले पनि १/१ विकेट आफ्नो नाम गरे l

नोयडा ११ को लागि खेलेका परविन्दर अवानाले भारतीय रास्ट्रिय क्रिकेट टिमको लागि २ वटा टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन् भने अनुरित सिंह, तन्मय श्रीवास्तव, राहुल यादबले आईपीएलमा बिभिन्न टिमको प्रतिनिधित्व गरिसकेका छन् l

टस जितेर ब्याटिंग गरेको नोयडाले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाई २३४ रनको स्कोर तयार गरेको थियो l

दिपेन्द्र ऐरीले अर्धशतक प्रहार गरे

नोयडा ११को लागि ओपनिंग ब्याटिंग गरेका तन्मय श्रीवास्तवले अन्तिम सम्म विकेटमा जम्दै अविजित १२० रन बनाउने क्रममा ३ छक्का र ७ चौका प्रहार गरेका थिए l  राहुल यादबले ३३ तथा अघिल्लो खेलमा शतक प्रहार गरेका अनुरित सिंहले २८ रनको योगदान दिएका थिए l

अघिल्लो खेलमा भन्दा तुलनात्मक रुपमा कसिलो बलिंग गरेको नेपाल यु-१९ को लागि किशोर महतो र पवन सर्राफले २/२ विकेट लिएका थिए l किशोरले १० ओभरमा २ मेडन ओभर सहित ४३ रन दिएका थिए जुन क्रममा भारतीय रास्ट्रिय क्रिकेटर रहीसकेका परविन्दर अवानालाई १ रनको स्कोरमा बोल्ड आउट गरेका थिए l कसिलो बलिंग गरेका ललित राजबंशीले १० ओभरमा मात्र २२ रन खर्चेर १ विकेट लिएका थिए l शाहब आलम र रोहित पौडेलले १/१ विकेट हात पारेका थिए l

नेपालले अतिरिक्त रनको रुपमा मात्र ५ रन खर्चेको थियो l

यो पनि पढ्नुस : अभ्यास खेलमा नेपालविरुद्ध उत्रिए भारतीय रास्ट्रिय क्रिकेटर

भारत भ्रमण सकी नेपाली टिम १४ तारिकमा भारतबाटै सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ l

बिश्वकप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तान सहभागी हुँदैछन् l सहभागी प्रत्येक टिमसंग नेपालले २-२ वटा खेल खेल्नेछ l प्रतियोगिताको बिजेता टोलि न्युजिल्याण्डमा जनवरीमा आयोजना हुने यु-१९ बिश्वकपमा सिधा छनौट हुनेछ l

कुल ६ खेल खेल्ने नेपालले १७ जुलाईमा सिंगापुरसंग पहिलो खेल खेल्नेछ भने १८ जुलाईमा मलेसिया, २० जुलाईमा अफगानिस्तान, २१ जुलाईमा सिंगापुर, २४ जुलाईमा मलेसिया तथा २५ जुलाईमा अफगानिस्तानसंग खेल्ने कार्यक्रम छ l

Related Posts

© 2024 WicketNepal - Nepals No. 1 Cricket Portal - WordPress Theme by WPEnjoy