टेलर शतक बनाउन चुके, न्युजिल्याण्डद्वारा भारतलाई २४५ रनको लक्ष्य



  • विकेटनेपाल, माघ-१४ , सोमबार 

न्युजिल्याण्डमा जारि ५ एकदिवसीयको सिरिज अन्तर्गत तेश्रो एकदिवसीयमा न्युजिल्याण्डले टस जितेर ब्याटिंग गर्दै भारतलाई २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

यस अघि सम्पन्न २ वटा एकदिवसीय भारतले क्रमसः ८ विकेट र ९० रनले जितीसकेको हुँदा सिरिजमा सम्भावना कायम राख्न घरेलु टिमलाई जित आवस्यक रहेको छ। आज भारत जिते २ खेल अगावै सिरिज जित्नेछ।

बे ओभल मैदानमा न्युजिल्याण्डको सुरुवात राम्रो हुन सकेन र पहिलो ३ विकेट ५९ रनमा गुमाउन पुग्यो। मार्टिन गुप्टिल १३, कोलिन मुनरो ७ तथा कप्तान केन विलियमसन २८ रन बनाएर आउट भए।

चौथो विकेटको लागि रोस टेलर र टम लाथमले शतकीय साझेदारी गर्दा न्युजिल्याण्ड सम्हालियो। लाथम अर्धशतक बनाएर ५१ रनमा आउट भए। उनले ६४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

लाथमको विकेटपछि तल्लो क्रमको ब्याट्सम्यानहरुले लगातार विकेट गुमाए भने शतक बाट ७ रन टाढा रहंदा टेलर पनि ९३ रन बनाएर आउट भए। उनले १०६ बलमा ९ चौका प्रहार गरे।

१७८/४ बाट ६५ रन बनाउदा बाँकी ६ विकेट गुमाउन पुग्दा न्युजिल्याण्ड ४९ ओभरमा २४३ रनमा समेटिन पुग्यो।

भारतको लागि मोहम्मद शामीले सर्वाधिक ३ विकेट ( ९-०-४१-३ ) तथा भुवनेश्वर कुमार ( १०-१-४६-२ ) , युज्भेंद्र चहल ( ९-०-५१-२ ) र हार्दिक पान्ड्या ( १०-०-४५-२ ) ले २/२ विकेट लिए। कुलदिप यादब ( ९-०-३९-० ) विकेट विहिन रहे।

जारि खेलमा भारतको अन्तिम-११ मा महेन्द्र सिंह धोनीको स्थानमा हार्दिक पान्ड्यालाई खेलाईएको छ।

 





थप समाचार

T20 WC : बंगलादेश स्तब्ध ! स्कटल्याण्डको ऐतिहासिक जित

युएई र ओमानमा संयुक्त रुपमा आयोजित सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत पहिलो दिन आइतबार दोश्रो खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले टेस्ट […]

टि-२० विश्वकप : पीएनजी बिरुद्ध ओमानको शानदार जित

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२१ ओमानमा सुरु भएको छ। ओमान र युएईले संयुक्त रुपमा आयोजना गरेको विश्वकप अन्तर्गत उद्घाटन खेलमा […]

चेन्नाईलाई चौंथो पटक आईपीएल उपाधि

फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग जितेको छ।चेन्नाईले चौंथो […]

IPL FINAL : डु प्लेसीको उत्कृस्ट पारि, चेन्नाईद्वारा कोलकातालाई चुनौतिपूर्ण लक्ष्य

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग ( ईपीएल ) टि-२० को उपाधिको लागि चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्स […]

IPL : फाइनल पुग्न असफल भएपछि दिल्ली कप्तान रिशभ पन्तले भने “म संग व्यक्त गर्ने शब्द छैन”

रोमान्चक खेलमा कोलकातासंग ३ विकेटले पराजित हुँदै १४ औं संस्करणको आईपीएल फाइनलमा पुग्न चुकेपछि दिल्ली क्यापिटल्सका कप्तान रिशभ पन्तले निराशा […]

IPL : सनसनीपूर्ण खेलमा दिल्लीलाई पराजित गर्दै कोलकाता फाइनलमा

सनसनीपूर्ण दोश्रो क्वालीफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स १४ औं संस्करणको इन्डियन प्रिमियर लिगको फाइनल प्रवेश […]