दोहोरिएन चमत्कार, ओमानसंग हार्यो नेपाल



  • विकेटनेपाल, माघ २६- शुक्रबार

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोश्रो खेलमा नेपाललाई ओमानले ६ विकेटले पराजित गरेको छ।

पहिलो खेलमा बिहिबार नेपालले आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने ओमानले क्यानडासंग ८ विकेटको पराजय बेहोरेको थियो। प्रतियोगिता अन्तर्गत नेपालले तेश्रो खेलमा आइतबार युएईको सामना गर्नेछ।

हार पछि नेपाल र ओमानको २ खेलपछि २/२ अंक भएको छ।

ओमानको ब्याटिंग 

नेपालले टस हारेर ब्याटिंग गर्दै दिएको १३९ रनको लक्ष पछ्याउने क्रममा ओमानले २ रनको योगफलमा ओपनर स्वप्निललाई ( १ रन ) गुमाएको थियो। अर्का ओपनर जतिन्दर सिंह ११ औ ओभरमा व्यक्तिगत २४ रन बनाएर सन्दिपको बलमा बोल्ड आउट हुँदा ओमानको स्कोर ३७/२ थियो।

त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका अकिब इल्यसले ४६ रनको इनिंग खेल्दै नेपालको जित मुस्किल बनाए। अकिबले भैबभ वाटगाओन्करसंग तेश्रो विकेटको लागि ४६ रनको साझेदारी गरे।

अकिब इल्यसले ४६ रन बनाए ( फाइल फोटो – Peter Della Penna/cricinfo )

बसन्त रेग्मीले २३ औं ओभरमा अकिबलाई बोल्ड गरेपछि नेपालले पुनः खेलमा फर्कने संकेत गरेको थियो। तर भैबभ क्रिजमा डटेर बसिरहेपछि नेपालको हातबाट जित टाढा गएको थियो। सन्दिपले चौथो विकेटको लागि खवर अलि ( ११ रन ) लाई बोल्ड गरेपछि २७ औं ओभरमा ९७/४ को अवस्थामा पुगेको ओमानलाई पाँचौ विकेटको लागि भैबभ र सुल्तान अहमदले ४२ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

भैबभ ३७ रनमा अविजित रहे जुनक्रममा उनले धैर्यतापूर्ण इनिंग खेल्दै ७१ बलमा १ छक्का प्रहार गरे। सुल्तान अहमदले २ चौका मदतले २५ रन बनाए। ओमानले ३५.१ ओभरमानै खेल जित्दै नेपाललाई लगातार तेश्रो खेलमा हार चखाउन पुग्यो।

सन्दिप लामिछानेले १० ओभरमा २९ रन खर्चेर २ विकेट हात पारे भने बसन्त रेग्मी र सोमपाल कामिले १/१ विकेट हात पारे।

नेपालको ब्याटिंग 

राति पानि परेपछिको मुस्किल पिचमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालको सुरुवात पुनः राम्रो हुन सकेन। ओपनर ज्ञानेन्द्र मल्ल ७ रन बनाएर पाँचौ ओभरमा कालिमुल्लाहको बलमा विकेटकिपर सुल्तान अहमदबाट समातिए ।

मुल्लाहको बलमा विकेटकिपरबाट समातिएपछि अर्का ओपनर दिलिप नाथ र पारसले दोश्रो विकेटको लागि २८ रन जोडे। ३ चौका मदतले धैर्यतापुर्वक खेलीरहेका दिलिप १५ औं ओभरमा फैज भट्टको शिकार भए। त्यसपछि आएका आरिफ शेख पनि ६ रनमै आउट भए जसको विकेट लगत्तै पारस ( १९ ) ले पनि मैदान छोड्दा नेपालले २३ औं ओभरमा ५६ रन जोड्दा ४ विकेट गुमाईसकेको थियो।

पाँचौ विकेटको लागि शरद भेसावकर र दिपेन्द्र ऐरीले ३६ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० नजिक पुर्याए। तर ३१ औं ओभरमा २० रन ( ३२ बल, ३ चौका ) बनाएर ऐरीलाई खवर अलिले पेभेलियन फर्काएपछि ब्याटिंग गर्न आएका नामिबियासंगको खेलका हिरो बसन्त रेग्मी १ रन बनाएर आउट हुनपुगे।

३२ औं ओभरमा ९३/६ को स्कोरबाट शरदलाई साथ दिन रोहित आईपुगे । शरदले रोहितसँग १७ रनको साझेदारी गर्दै व्यक्तिगत २२ रनमा बिलाल खानको बलमा आउट भए ।

शरद आउट हुँदा नेपालको स्कोर १११/७ रहेको थियो, नयाँ ब्याट्सम्यान सोमपालले पनि रोहितसँग १२ रनको साझेदारी गरेका थिए तर रोहित व्यक्तिगत १४ रनमा पेभेलियन फर्किए । थप ४ रन जोड्दा करण केसीपनि व्यक्तिगत ४ रनमा रन आउट भए।  त्यसपछिको अर्को बलमा सन्दिप लामिछाने पनि आउट भएपछी नेपालले १३८ रनमा सबै विकेट गुमायो। सोमपाल १७ रनमा अविजित रहे ।

ओमानका लागि खालिमुल्लाहले ४ विकेट लिन १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चिए । बिलाल खानले २ विकेट लिदा भुट, अलि र ओदेद्राले समान १/१ विकेट हात पारे।

स्कोरकार्ड हेर्नुस