रोमान्चक खेलमा ओमानद्वारा मुम्बई २ विकेटले पराजित



रोमान्चक तेश्रो एकदिवसीयमा भ्रमण टोलि मुम्बईलाई २ विकेटले पराजित गर्दै ओमानले ४ खेलको सिरिज २-१ को स्थितिमा ल्याएको छ। ओमान क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा मुम्बईले दिएको २४० रनको लक्ष्य ओमानले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो।

खेलको अन्तिम ओभरमा जितको लागि ओमानलाई १३ रन आवस्यक थियो भने साथमा ४ विकेट बाँकी थियो। ओभरको पहिलो बलमा सन्दिप गोड दोश्रो रन लिने क्रममा रन आउट हुन पुगे। लगत्तै बलमा नयाँ ब्याट्सम्यान नेस्टर धाम्बाले चौका प्रहार गरे। अमन खानले तेश्रो बलमा रन दिएनन्। चौथो बलमा खानले धाम्बालाई बोल्ड गरे। जितको लागि २ बलमा अब ८ रन आवस्यक रह्यो। ओभरको पाँचौ बलमा बिलाल खानले चौका प्रहार गरे जसपछि अन्तिम बलमा जित्न ४ रन चाहियो। अन्तिम बलमा अमनले वाइड गरे जसमा दौडेर ब्याट्सम्यानले १ रन पनि लिए। जित्न अन्तिम बलमा २ रन आवस्यक हुँदा कलेमुल्लाहले बलरको माथि बाट छक्का हिर्काउदै ओमानलाई शानदार जित दिलाए।

ओमानको लागि आया खानले सर्वाधिक ९१ रन, मोहम्मद नदीमले ५५ रन तथा सुरज कुमारले २८ रन योगदान दिएका थिए। पहिलो ३ विकेट ३६ रनमा गुमाएपछि चौथो विकेटको लागि आयान र नदीमले ११५ रनको साझेदारी गरेका थिए। नदीमको विकेटपछि आयानले सुरज कुमारसंग ५७ रन जोडे। मुम्बई बलर मोहित अभस्तीले २ तथा आकाश पार्कर, अमन खान र शशांक अट्टारडेले समान १ विकेट लिए।

जित पछि ओमान क्रिकेट टिम

यस अघि टस जितेर ब्याटिंग रोजेको मुम्बईले ४८.२ ओभरमा २३९ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि ओपनर यशस्वी जैसवालले सर्वाधिक ९० रन तथा शाम्स मुलानीले ५५ रन योगदान दिए। पहिलो ३ विकेट २६ रनमा गुमेपछि जैसवाल र मुलानीले १११ रनक्क्को साझेदारी गरेका थिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल मुम्बईले ४ विकेट र २३१ रनले जितेको थियो। सिरिजको चौथों तथा अन्तिम खेल सेप्टेम्बर ३ तारिखमा खेलिनेछ।

दुई देश बीच यस अघि सम्पन्न तिन खेलको टि-२० सिरिज ओमनाले २-१ ले जितेको थियो। ओमानले नेपाल र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।





थप समाचार

ओमान भ्रमण सकेर नेपाली टिमको स्वदेश आगमन, प्रशिक्षक व्हाटमोर फर्केनन्

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता पछि ओमान पुगेको नेपाली क्रिकेट टिम मंगलबार बिहान स्वदेश आगमन गरेको […]

ओमानद्वारा अमेरिका ७२ रनले पराजित, सिरिज समाप्तिमा अंकतालिकाको अवस्था

अमेरिकालाई ७२ रनले पराजित गर्दै ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गत एघारौं जित दर्ता गर्न सफल भएको छ। अल अमिरात मैदानमा […]

IPL : बैंगलोरलाई सहजै पराजित गर्दै कोलकाता पाँचौ स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गर्दै कोलकाता नाइट राईडर्सले युएईमा सुरु भएको आईपीएलको दोश्रो फेजको शानदार सुरुवात गरेको छ। […]

चक्रवर्तीले घातक बलिंग गर्दा बैंगलोर ९२ रनमै सिमित

युएईमा जारि आईपीएलको दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्। […]

ICCWCL2 : मक्सुदको अर्धशतक, ओमानद्वारा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमान र अमेरिका […]

IPL : कोलकाता बिरुद्ध बैंगलोरले पहिले ब्याटिंग गर्ने, दुई खेलाडीले डेब्यु गर्दै

युएईमा जारी इन्डियन प्रिमियर लिगको ( आईपीएल ) दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता […]