‘गर या मर’को स्थितिमा रहेको बंगलादेशद्वारा ओमानलाई १५४ रनको लक्ष्य



युएई र ओमानमा संयुक्त रुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेलमा बंगलादेश र आयोजक ओमान प्रतिस्पर्धा गरिरहेका छन्। जारि खेल जितेको खण्डमा ओमान र स्कटल्याण्ड सुपर-१२ चरण प्रवेश गर्नेछ भने बंगलादेश र पपुवा न्यु गिनी पहिलो चरणबाट बाहिर हुनेछ।

गर या मरको खेलको अल अमिरात मैदानमा टस जितेर ब्याटिंग रोजेको बंगलादेशले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १५३ रन बनाउदै ओमानलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। बंगलादेशको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ५० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै शाकिब अल हसनले २९ बलमा ६ चौका मद्दतले ४२ रन बनाए। महमुदुल्लाहले १७ रन बनाए।

लिटन दास र मेहदी हसन छिटै पेभेलियन फर्किएपछि नैम र शाकिबले तेश्रो विकेटको लागि ८० रन जोडेका थिए। शाकिब र नैम आउट भएपछि लगातार विकेट गुमाएको बंगलादेश १०१/२ को अवस्थाबाट १२२/६ को अवस्थामा पुग्यो। त्यसपछि पनि विकेट जाने क्रम नरोकिदा बंगलादेशले अन्तिम ५ ओभरमा ६ विकेट गुमाएर ४१ रन मात्र बनायो।

ओमानको बलिंगमा फयाज बट ( ४-०-३०-३ ) र बिलाल खानले ( ४-०-१८-३ ) समान ३ विकेट लिए। कलेमुल्लाहले २ विकेट ( ४-०-३०-२  ) तथा जिशान मक्सुदले १ विकेट ( २-०-१७-१ ) लिए।

प्रतियोगिता अन्तर्गत ओमानले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो भने बंगलादेश पहिलो खेलमा स्कटल्याण्डसंग पराजित भएको थियो।





थप समाचार

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु फर्कने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने निश्चित भएको छ। यो वर्ष अगस्टमा डेभ व्हाटमोरले व्यक्तिगत कारण देखाउदै […]

BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्। सिड्नी […]

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]