गण्डकीको जितमा विशालको ह्याट्रिक, प्रदेश-१ को लगातार दोश्रो हार



प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशले प्रदेश-१ लाई २ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। अघिल्लो खेलमा गण्डकी त्रिभुवन आर्मी क्लबसंग पराजित भएको थियो। यस अघि एपीएफसंग पराजित भएको प्रदेश-१ को यो लगातार दोश्रो हार हो।

स्कोरकार्ड , अंकतालिका , खेलतालिका 

मुलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १०३ रनको लक्ष्य गण्डकीले ८ विकेट गुमाएर ३७ ओभरमा पुरा गर्यो।

गण्डकीको लागि ओपनर अर्जुन कुमालल र दिपक डुम्रेले समान ३५ रन तथा अभिषेक थापाले अविजित १३ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा पहिलो २ विकेट छिट्टै गुमाएपछि अर्जुन र दिपकले तेश्रो विकेटको लागि ५५ रनको साझेदारी गरेका थिए। २३ औं ओभरमा अर्जुन र लगत्तै दिपेश खत्री आउट भए पछि भने गण्डकीले लगातार विकेट गुमाउन पुग्यो। अर्को किनारमा विकेट गुमेता पनि छैठौं नम्बरमा ब्याटिंग गरेका अभिषेक थापाले अविजित १३ रन बनाउदै टिमलाई जितसम्म डोर्याए।

प्रदेश-१ को बलिंगमा मिनाश थापा र शुभांकर उराउले समान २ विकेट तथा दिपेश कंडेल र हेमन्त राईले समान १ विकेट लिए।

बिशालको ह्याट्रिक 

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले २७.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०२ रनको योगफल तयार गरेको थियो।

प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले सर्व्धिक २४ रन बनाए भने मिनास थापाले २२ रन, शुभान्कर उरावले १२, दिपक पासवानले ११ तथा दिपेश कंडेलले १० रन योगदान दिए।

एक समय ५० रनमा मात्र १ विकेट गुमाएको प्रदेश-१ ले योगफलमा थप ५२ रन जोड्दा ९ विकेट गुमाउन पुग्यो।

Bishal Paudel

प्रदेश-१ लाई सानो योगफलमा सामन्त गण्डकी प्रदेशका देब्रे हाते स्पिनर बिशाल पौडेल र सुबाश भण्डारीले समान ४ विकेट लिए। पौडेलले ६.४ ओभरमा २५ रन तथा भण्डारीले ७ ओभरमा ४ मेडन ओभर गर्दै १८ रन खर्चेर उक्त विकेट हात पारे। बिपिन खत्रीले २ विकेट लिए।

२८ औं ओभरमा बलिंग गर्ने क्रममा बिशाल पौडेलले ओभरको दोश्रो बलमा रञ्जन मगरलाई क्याच आउट, तेश्रो बलमा मनोज तामांगलाई एलबिडब्लु तथा चौथो बलमा हेमन्त राईलाई पनि एलबिडब्लु आउट गर्दै ह्याट्रिक पुरा गरेका थिए।

स्कोरकार्ड , अंकतालिका , खेलतालिका 





थप समाचार

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]

एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका  मलेसियाको किनरारा ओभल क्रिकेट […]