ग्लोबल टि-२० : पैसा नपाउदा मैदान जान खेलाडी मानेनन्



ग्लोबल टि-२० क्यानडा अन्तर्गत दोश्रो चरणको अन्तिम खेलमा सन्दिप लामिछानेको टिम टोरोन्टोले मोन्टरियल टाइगर्ससंग अहिले राति नेपाली समय १०:१५ बजे खेल्ने कार्यक्रम रहेको थियो।

इएसपीएनक्रिक्इन्फोका पत्रकार पिटर डेला पेनाका अनुसार प्रतियोगिता खेलेबापत पैसा नपाएका कारण खेलाडीहरुले टिम बसलाई हिड्न दिईरहेका छैनन्।

ट्वीटरमा पिटरले यो घटना बारे लेख्दै १ घण्टा अघि नै टिम बस मैदान जानु पर्ने भए पनि बस नहीडेको बताएका छन्। मोन्टरियल टिमको कप्तान जर्ज बेली रहेका छन् भने टोरोन्टोको युभराज सिंह रहेका छन्।

प्रतियोगितामा युभराज सिंह, शाहिद अफ्रिदी, काइरन पोलार्ड, उमर अकमल , सोयब मलिक, ब्रेण्डन म्याकलम जस्ता ठुला क्रिकेटरहरु खेलीरहेका छन् जसलाई महँगो मूल्यमा टिमले ड्राफ्टमार्फत लिएको थियो।

खेल सुरु हुने समय भएपनि हालसम्म टस भएको छैन भने अहिलेसम्म स्टारस्पोर्ट्सले प्रशारण सुरु गरेको छैन। च्यानलले खेल केहि समयमा सुरु हुने लेखेको छ । क्रिकबजले हालसम्म टस हुनु पर्ने तर केहि जानकारी नपाएको लेखेको छ र पिटर डेला पेनाको ट्वीटलाई राखेको छ। यस्तै क्रिक्इन्फोले टस ढिलो भएको मात्रै लेखेको छ।

यस्तै ग्लोबल टि-२० को अधिकारिक ट्वीटरमा टेक्निकल कारणले खेल ढिला सुरु हुने र अब लोकल समय २:३० बजे सुरु हुने लेखेको छ। २:३० नेपाली समयमा बदल्दा १२:१५ बजे राति हुन आउछ।


सन्दिप लामिछानेलाई टोरोन्टो नेसनल्स टिमले ६० हजार डलर तथा सोमपाल कामिलाई ३ हजार डलरमा विन्नीपेग हक्सले टिममा लिएको थियो।

आज मात्रै पाकिस्तानी क्रिकेटर उमर अकमलले प्रतियोगिताको दौरान आफुलाई फिक्सरले सम्पर्क गरेको खुलासा गरेका थिए। 

गत वर्ष देखि संचालित प्रतियोगितामा ६ वटा फ़्रेन्चाइज् टोलिहरु खेलीरहेका छन्।

 





थप समाचार

T20WC : स्मिथद्वारा भारतीय विश्वकप टिमको तारिफ

अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले भारतको टि-ट्वान्टी विश्वकप टिम उत्कृस्ट रहेको बताएका छन्। अस्ट्रेलियाको दोश्रो वार्म अप खेलमा भारत बिरुद्ध ४८ […]

अफगानिस्तानद्वारा वेस्टइन्डिज सहजै पराजित, नाबीको घातक बलिंग

टि-ट्वान्टी विश्वकपको वार्म अप खेलमा अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजलाई ५६ रनले पराजित गरेको छ। युएईको अबुधाबी स्थित आईसीसी एकेडेमी मैदानमा […]

डुसेनले शतक बनाउदा रोमान्चक खेलमा दक्षिण अफ्रीकाद्वारा पाकिस्तान पराजित

टि-ट्वान्टी विश्वकपको तयारीको लागि खेलिएको अभ्यास खेलमा दक्षिण अफ्रीकाले रोमान्चक खेलमा प्रकिस्तानलाई ६ विकेटले पराजित गरेको छ। युएईको अबुधाबी स्थित […]

T20WC : लगातार दोश्रो जित पछि श्रीलंका सुपर-१२ मा प्रवेश, नेदरल्याण्ड बाहिरियो

युएई र ओमानमा संयुक्त रुपमा जारी सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपमा लगातार दोश्रो जित दर्ता गर्ने क्रममा आयरल्याण्डलाई७० रनको विशाल अन्तरले […]

T20WC : फाबियन एलेन प्रतियोगिताबाटै बाहिर

युएई र ओमानमा संयुक्तरुपमा जारि टि-ट्वान्टी विश्वकपबाट वेस्टइन्डिज अलराउण्डर फाबियन एलेन बाहिरीएका छन्। आक्रामक ब्याट्सम्यान तथा देब्रे हाते स्पिनर एलेन […]

भारतद्वारा अस्ट्रेलिया पराजित, रोहितको अर्धशतक

ओमान र युएईमा संयुक्तरुपमा जारि सातौं टि-ट्वान्टी विश्वकप अघि आफ्नो दोश्रो अभ्यास खेलमा भारतले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ। […]