पाकिस्तानलाई एकदिवसीय सिरिज



तेश्रो तथा निर्णायक खेलमा २८ रनले घरेलु टोलि दक्षिण अफ्रीकालाई पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज २-१ ले आफ्नो नाम गरेको छ।

सुपर स्पोर्ट्स पार्क, सेन्चुरीयनमा सम्पन्न खेलमा पाकिस्तानले दिएको ३२१ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २९२ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रीकाको लागि ओपनर जान्नेमन मलानले सर्वाधिक ७० रन, कायल भेरीनेले ६२ रन तथा एन्डीले फेलुक्वायोले ५४ रन बनाएता पनि जितको लागि पर्याप्त हुन सकेन।

एक समय १४० रनमा ५ विकेट गुमाएको दक्षिण अफ्रीकाको लागि कायल भेरीने र एन्डीले फेलुक्वायोले शतकीय साझेदारी गर्दै जितको आशा जगाएका थिए। ४४ औं ओभरमा भेरीनेलाई हरिश रौफले क्क्याच आउट गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए। लगत्तै ओभरमा फेलुक्वायोलाई हसन अलिले क्क्याच आउट गराएपछि पाकिस्तान खेलमा हावी भएको थियो।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदी ( ९.३-०-५८-३ ) र मोहम्मद नवाज ( ७-०-३४-३ ) ले समान ३ विकेट लिए। हरिश रौफले २ विकेट लिंदा हासल अलि र उस्मान कादिरले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट क्षेतीमा ३२० रन बनाएको थियो।

पाकिस्तानको लागि ओपनर फखर जमानले छैठौं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा सर्वाधिक १०१ रन योगदान दिए। उनले १०४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। कप्तान बाबर आजमले ९४ रन ( ८२ बलमा ७ चौका र ३ छक्का ) तथा इमाम उल हकले ५७ रन ( ७३ बलमा ३ चौका ) योगदान दिए। यस्तै हसन अलिले इनिंग्सको अन्तिममा आक्रामक ब्याटिंग गर्दै ११ बलमा ४ छक्का र १ चौका मद्दतले ३२ रन बनाए।

इमाम र फखर बीच ११२ रनको ओपनिंग साझेदारी भएको थियो भने फखर र बाबर बीच दोश्रो विकेटको लागि ९४ रनको साझेदारी भएको थियो। त्यसपछि एक किनारमा विकेट गुमेता पनि बाबज आजमले अन्तिम ओभर सम्म ब्याटिंग गर्दै टिमलाई राम्रो योगफलतर्फ डोर्याएका थिए। सातौँ विकेटको लागि बाबरले हसन अलिसंग ६३ रनको साझेदारी गरे।

दक्षिण अफ्रीकाको बलिंगमा केशव महाराजले सर्वाधिक ३ विकेट ( १०-१-४५-३ ) , एडेन मार्क्रमले २ विकेट तथा एन्डीले फेलुक्वायो र जेजे स्मट्सले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बाबर आजम चुनिए भने प्लेयर अफ द सिरिज फखर जमान चुनिए।

सिरिज अन्तर्गत पहिलो खेल पाकिस्तानले ३ विकेटले जितेको थियो भने दोश्रो खेल दक्षिण अफ्रीकाले १७ रनले जितेको थियो। दुई देश बीच अब अप्रिल १० तारिख देखि १६ तारिखसम्म ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

धेरैले पढेको 

राष्ट्रिय क्रिकेट टिमले लगायो कोरोना बिरुद्धको खोप ( फोटो फिचर सहित )

महिला टि-२० : लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

फखर जमानको विश्व कीर्तिमानी इनिंग्सका बाबजुद पाकिस्तान पराजित





थप समाचार

“वर्तमान युगमा उनि नम्बर-१ ब्याट्सम्यान हुन्, उनि अद्भुत प्रदर्शन गरिरहेका छन्।” युसुफले बताए कोहली र आजममा को नम्बर-१

वर्तमान विश्व क्रिकेटका दुई ठूला ब्याट्सम्यान भारतका बिराट कोहली र पाकिस्तानका बाबर आजम बीच को महान् भन्ने बहस क्रिकेट फ्यानहरु […]

टि-ट्वान्टी विश्वकपमा २० वटा टिम, इन्टर कन्टिनेन्टल कप फरक नाममा

क्रिकेट खेललाई विश्वव्यापीकारण गर्ने प्रयास स्वरूप अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) टि-ट्वान्टी विश्वकपमा टिम संख्या बढाएर २० वटा पुर्याउने […]

पाकिस्तानको सिरिज जितमा बाबरको किर्तिमान

लगातार दोश्रो टेस्ट इनिंग्स अन्तरले जित्दै भ्रमण टोलि पाकिस्तानले जिम्बाब्वे बिरुद्धको दुई वटा टेस्टको सिरिज क्लिन स्विप गरेको छ। यस […]

कुशल भएनन् आईसीसी प्लेयर अफ द मन्थ

पाकिस्तानकै फखर जमान र नेपाली क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान कुशल भुर्तेललाई पछि पार्दै बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ( आईसीसी […]

हार्दिक र पृथ्वीलाई बाहिर राख्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय टिमको घोषणा

आगामी महिना आयोजना हुने पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल तथा त्यसलगत्तै इंग्ल्यान्ड बिरुद्ध पांच टेस्टको सिरिजको लागि भारतले टिमको घोषणा […]

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]