बाबर प्रेरित पाकिस्तानको रोमान्चक जित



पाकिस्तानको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत तिन वटा खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तान ३ विकेटले विजयी भएको छ।

सुपरस्पोर्ट्स पार्क, सेन्चुरियनमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको २७४ रनको लक्ष्य पाकिस्तानले अन्तिम बलमा ७ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको लागि कप्तान बाबर आजमले शतकीय योगदान दिए जुन क्रममा १०४ बलमा १७ चौका प्रहार गर्दै १०३ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा आजमको यो १२ औं शतक हो।

ओपनर फखर जमान ८ रन बनाएर आउट भएपछि बाबर आजमले दोश्रो विकेटको लागि अर्का ओपनर इमाम उल हकसंग १७७ रनको साझेदारी गरेका थिए। २३ औं ओभरमा आजमलाई तथा ३४ औं ओभरमा इमाम उल हकलाई एनरिक् नोर्कियाले क्याच आउट गराए। नोर्कियाले त्यसपछि डानिस अजिज ( ३ रन ) तथा ३८ औं ओभरमा आसिफ अलि ( २ रन ) लाई क्याच आउट गर्दै दक्षिण अफ्रीकालाई खेलमा फर्काए।

२०३/५ को अवस्थाबाट विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले शदाब खानसंग ५३ रनको साझेदारी गरे। ४८ औं ओभरमा ४० रनको व्यक्तिगत स्कोरमा रिजवानलाई फेलुक्वायोले क्याच आउट गराए।

अन्तिम ओभरमा जित्न ३ रन आवश्यक हुँदा ३३ रन बनाएका शदाब खानलाई फेलुक्वायोले क्याच आउट गर्दा खेल रोमान्चक मोडमा पुगेको थियो। त्यसपछिको लगातार तिन वटा बलमा फेलुक्वायोले रन नदिएपछि अन्तिम २ बलमा जित्न ३ रन आवस्यक रहेको थियो। पाँचौ बलमा फहिम अश्रफले २ रन तथा अन्तिम बलमा १ रन लिंदै पाकिस्तानलाई रोचक जित दिलाए।

दक्षिण अफ्रीकाको बलिंगमा एनरिक नोर्कियाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ५१ रन खर्चिए। एन्डीले फेलुक्वायोले २ तथा कागीसो रबाडाले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७३ रन बनाएको थियो।

दक्षिण अफ्रीकाको लागि भान डर डुसेनले अविजित शतकीय योगदान दिए। पहिलो शतक बनाउने क्रममा उनले १३४ बलमा १० चौका र २ छक्का प्रहार गरे। यस्तै डेभिड मिलरले ५० रन, एन्डीले फेलुक्वायोले २९ रन, क्विन्टन डीककले २० रन तथा एडेन मार्क्रमले १९ रन योगदान दिए।

खराब सुरुवात गरेको दक्षिण अफ्रीकाले ५५ रनको योगफलमा ४ विकेट गुमाएको थियो। पाँचौ विकेटको लागि डुसेनले डेभिड मिलरसंग ११६ रनको साझेदारी गरे। यस्तै डुसेनले छैठौं विकेटको लागि फेलुक्वायोसंग ६४ रनको तथा कागीसो रबाडासंग ३८ रनको साझेदारी गरे।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदी र हरिस रौफले समान २ विकेट लिए भने मोहम्मद हसनेन र फहीम अश्रफले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बाबर आजम चुनिए।

सिरिज अन्तर्गत दोश्रो खेल अप्रिल ४ तथा तेश्रो खेल अप्रिल ७ तारिखमा खेलिनेछ। एकदिवसीय सिरिज पछि दुई देश बीच ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

धेरैले पढेको 

ललितपुर मेयर महिला च्याम्पियनसिप भोलि देखि, कुन टिममा को-को छन् खेलाडीहरु

यो सिजन आईपीएल गुमाउने ४ स्टार खेलाडी

IPL : दिल्लीको कप्तानी पन्तलाई





थप समाचार

रुख चढेर खेल हेरे नेपाली दर्शकले, नेदरल्याण्ड खेलाडी बेन कुपरले गरे तारिफ

नेपालमा जारि तिन त्रि-देशीय टि-ट्वान्टी सिरिजमा सरकारी निर्णयका कारण दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ। दर्शकहरुले टियु मैदान किर्तिपुरमा मैदानमा प्रवेश […]

स्लो ओभर रेटका कारण रोहितलाई १२ लाख भारु जरिवाना

आईपीएल टिम मुम्बई इन्डीयन्सका कप्तान रोहित शर्मालाई दिल्ली क्यापिटल्ससंग मंगलबार राति सम्पन्न खेलमा ‘स्लो ओभर रेट’ कायम गरेकाका कारण १२ […]

IPL : मुम्बईलाई हराउदै दिल्ली दोश्रो स्थानमा उक्लियो

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा दिल्ली क्यापिटल्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई ६ विकेटले पराजित गरेको छ। […]

अमित मिश्राले शानदार बलिंग गर्दा मुम्बईको चलेन ब्याटिंग

१४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा मुम्बई इन्डीयन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्ड

नेपाललाई ३ विकेटले स्तब्ध पार्दै नेदरल्याण्डले नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टीमा दोश्रो जित दर्ता गर्न सफल रह्यो। नेपालले दिएको २०७ रनको […]

कप्तान मल्लले बताए सोमपाललाई तेश्रो ओभर बलिंग नदिनुको कारण

त्रि-देशीय सिरिजमा नेदरल्याण्डसंग हार पछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले डेथ ओभरमा सोमपाल हुँदा हुँदै सन्दिप लामिछानेलाई १८ औं ओभरमा […]