सोहेल र इमामको अर्धशतक, पाकिस्तानद्वारा जिम्बाब्वेलाई २८२ रनको लक्ष्य



जिम्बाब्वेको पाकिस्तान भ्रमण अन्तर्गत तिन वटा वानडेको सिरिजको पहिलो एकदिवसीय रावलपिण्डीमा सुरु भएको छ। खेलमा टस जितेर ब्याटिंग रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाउदै जिम्बाब्वेलाई २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पाकिस्तानको लागि चौथो नम्बरमा ब्याटिंग गरेका देब्रे हाते ब्याट्सम्यान हरिश सोहेलले १३ औं एकदिवसीय अर्धशतक बनाउने क्रममा सर्वाधिक ७१ रन बनाए। उनले ८२ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै इमाम उल हकले ७५ बलमा ६ चौका मद्दतले ५८ रन बनाए। इमाद वासिमले अविजित ३४, फाहिम अश्रफले २३, अबिद अलिले २१, बाबर आजमले १९, मोहम्मद रिजावनले १४ तथा इफ्तिकार एहमदले १२ रन बनाए।

पहिलो विकेटको लागि ओपनर इमाम उल हक र अबिद अलिले ४७ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा कार्ल मुम्बाले अलिलाई एलबिडब्लु गरेपछि पाकिस्तानले नियमित अन्तरलमा विकेट गुमाएको थियो। हरिश सोहेलले चौथो विकेटको लागि मोहम्मद रिजवानसंग ४२ रनको, पाँचौ विकेटको लागि इफ्तिकार एहमदसंग ३३ रनको साझेदारी गरे। आठौँ नम्बरमा ब्याटिंग गरेका इमाद वासिमले फहीम अशरफसंग ४२ रनको साझेदारी गर्दै टिमको योगफल २५० पार गराएका थिए। अन्तिम ५ ओभरमा पाकिस्तानले २ विकेट गुमाएर ४९ रन बनाउन सक्यो।

जिम्बाब्वेको बलिंगमा टेण्डी चिसोरो ( ५-०-३१२ ) र ब्लेसिंग मुजाराबानि ( ९-०-३९-२ ) ले समान २ विकेट लिए। कार्ल मुम्बा ( ८-०-६९-१ ) र सिकन्दर राजा ( ९-०-४५-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो एकदिवसीय नोभेम्बर १ तारिखमा तथा तेश्रो एकदिवसीय नोभेम्बर ३ तारिखमा रावलपिण्डीमानै खेलिनेछ। एकदिवसीय सिरिज पछि नोभेम्बर ७, ८  र १० तारिखमा रावलपिण्डीमा ३ वटा टि-२० को सिरिज खेल्ने तालिका रहेको छ।

जिम्बाब्वेले २०१५ पछि पहिलो पटक पाकिस्तानको भ्रमण गरेको हो।

सम्बन्धित 

भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

यो पनि पढ्नुस 

IPL : पन्जाबको प्ले-अफ साथै शिर्ष-२ पुग्ने लक्ष्य, राजस्थानलाई गर या मरको स्थिति

कोलकाताको प्ले-अफ सम्भावना कति ? सबै टिमको प्ले-अफ समीकरण यस्तो छ

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक





थप समाचार

रोहित चम्किंदा दोश्रो अभ्यास खेलमा नेपालको जित

नेपाली राष्ट्रिय क्रिकेट टिमको क्यानडा भ्रमण अन्तर्गत खेलिएको दोश्रो अभ्यास खेलमा नेपालले एमएलसीसी-११ ओन्टारियोलाई पराजित गरेको छ। नेपालले दिएको २१० […]

महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट : सप्तरी, पर्सा र बारा सेमीफाइनलमा

राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता सेमिफाईनलमा सप्तरी तथा पर्सा र बारा प्रवेश गरेका छन। आइतबार लिग […]

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]