टेस्ट र टि-२० सिरिज खेल्न इंग्ल्यान्ड पुग्यो पाकिस्तान



२० जना खेलाडी सहित ३१ सदस्यीय पाकिस्तान क्रिकेट टिम टेस्ट र टि-२० सिरिज खेल्न इंग्ल्याण्ड पुगेको छ।

दुइ देश बीच अगस्ट र सेप्टेम्बरमा टि-२० र टेस्ट सिरिज खेलिनेछ। तर अझै इंग्ल्यान्ड क्रिकेट बोर्डले सिरिजको खेल तालिका भने सार्वजनिक गरिसकेको छैन। सिरिज दर्शकविहिन मैदानमा खेलिनेछ।

११ सपोर्ट स्टाफ सहित पाकिस्तानी टिम चार्टर्ड फ्लाइट मार्फत लाहोरबाट म्यानचेस्टर, इंग्ल्यान्ड पुगेको हो। म्यानचेस्टर पछि पाकिस्तानी टिमलाई वर्सेसटरसायर पुर्याइएको छ।

इंग्ल्याण्ड पुग्ने क्रममा पाकिस्तानी खेलाडी र स्टाफहरुले सामाजिक दुरी कायम राखेका थिए भने सबैले मास्क लगाएका थिए।

पाकिस्तान टिमले पुनः कोभीड-१९ टेस्ट गर्नेछ र १४ दिन क्वारेन्टाइनमा बस्नेछ। त्यस दौरान खेलाडीहरुले अभ्यास गर्न पाउनेछन्। क्वारेन्टाइन अवधि पुरा गरेपछि टिम जुलाई १३ मा डर्बीसायर प्रस्थान गर्नेछ। टेस्ट सिरिज अघि पाकिस्तानले दुइ वटा ४ दिवसीय अभ्यास खेल खेल्नेछ।

पाकिस्तानले यस अघि घोषित गरेको टिमको १० जना खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको थियो। तर दोश्रो चरणको टेस्टमा मोहम्मद हफिज, वहाव रियाज, फखार जमान, मोहम्मद हसनैन, मोहम्मद रिजवान र शदाब खानको रिपोर्ट नेगेटिभ आएको थियो। उनीहरुको अब पुनः अर्को हफ्ता हुने टेस्टको रिपोर्ट नेगेटिभ आएमा इंग्ल्यान्ड जानेछन्।

दुवै कोरोना टेस्टमा रिपोर्ट पोजेटिभ आएका अन्य ४ खेलाडीहरु  ( काशिफ भट्टी, हरिश रौफ, हैदर अलि, इमरान खान )  पनि अर्को रिपोर्टमा पोजेटिभ देखिएको खण्डमा इंग्ल्यान्ड प्रस्थान गर्नसक्नेछन्।

पाकिस्तानसंग सिरिज खेल्नु अघि इंग्ल्यान्डले वेस्टइन्डिजसंग जुलाई ८ देखि तिन वटा टेस्टको सिरिज खेल्दैछ।

इंग्ल्यान्ड पुगेको पाकिस्तानी टिम :- 

Azhar Ali (captain), Babar Azam (vice-captain), Abid Ali, Asad Shafiq, Faheem Ashraf, Fawad Alam, Iftikhar Ahmad, Imad Wasim, Imam-ul-Haq, Khushdil Shah, Mohammad Abbas, Musa Khan, Naseem Shah, Rohail Nazir, Sarfaraz Ahmed, Shaheen Shah Afridi, Shan Masood, Sohail Khan, Usman Shinwari, and Yasir Shah.

धेरैले पढेको :- टि-२० विश्वकप आयोजनामा मलेसियाको नजर





थप समाचार

T20 WC : बंगलादेश स्तब्ध ! स्कटल्याण्डको ऐतिहासिक जित

युएई र ओमानमा संयुक्त रुपमा आयोजित सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत पहिलो दिन आइतबार दोश्रो खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले टेस्ट […]

टि-२० विश्वकप : पीएनजी बिरुद्ध ओमानको शानदार जित

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२१ ओमानमा सुरु भएको छ। ओमान र युएईले संयुक्त रुपमा आयोजना गरेको विश्वकप अन्तर्गत उद्घाटन खेलमा […]

चेन्नाईलाई चौंथो पटक आईपीएल उपाधि

फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग जितेको छ।चेन्नाईले चौंथो […]

IPL FINAL : डु प्लेसीको उत्कृस्ट पारि, चेन्नाईद्वारा कोलकातालाई चुनौतिपूर्ण लक्ष्य

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग ( ईपीएल ) टि-२० को उपाधिको लागि चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्स […]

IPL : फाइनल पुग्न असफल भएपछि दिल्ली कप्तान रिशभ पन्तले भने “म संग व्यक्त गर्ने शब्द छैन”

रोमान्चक खेलमा कोलकातासंग ३ विकेटले पराजित हुँदै १४ औं संस्करणको आईपीएल फाइनलमा पुग्न चुकेपछि दिल्ली क्यापिटल्सका कप्तान रिशभ पन्तले निराशा […]

IPL : सनसनीपूर्ण खेलमा दिल्लीलाई पराजित गर्दै कोलकाता फाइनलमा

सनसनीपूर्ण दोश्रो क्वालीफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स १४ औं संस्करणको इन्डियन प्रिमियर लिगको फाइनल प्रवेश […]