युएईमा जारि १३ औं आईपिएल अन्तर्गत ४८ औं खेलमा मुम्बई इन्डीएन्स र रोयल च्यालेन्जर्सले प्रतिस्पर्धा गरेका थिए। खेलको दौरन मुम्बईका हार्दिक पान्ड्या र बैंगलोरका क्रिस मोरिस बीच भनाभन भएको देखिएको थियो। दुवै खेलाडीलाई आईपीएलको खेलाडी आचारसंहिता तोडेकोमा दोषी पाइएको छ। मोरिसलाई लेभल १ को १.२५ तथा हार्दिकलाई लेभल-१ को २.२० अन्तर्गत दोषी पाइएको हो।
खेल पछि बुधबार आईपीएलले अधिकारिक बिज्ञप्ति जारि गर्दै मोरिस र पान्ड्याले नियम उल्लङ्घन गरेको बताउदै दुवैलाई चेतावनी दिईएको छ। दुवै खेलाडीले आफ्नो गल्ति स्वीकार गरिसकेको बिज्ञप्तिमा बताईएको छ।
बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईको इनिंगको १९ औं ओभरमा दुवै बीच भनाभन भएको थियो। मुम्बईलाई जितको लागि १६ रन आवस्यक रहेको थियो र जितले टिमलाई अंकतालिकाको शिर्ष स्थान र प्लेअफमा पुर्याउन सक्थ्यो।
पहिलो ३ बलमा ३ रन दिएपछि पान्ड्या स्ट्राइकमा आएका थिए। मोरिसले गरेको बललाई पान्ड्याले हेलिकप्टर सट खेल्दै लंगअनमा छक्का हिर्काए। त्यसपछि दुवै खेलाडीले शब्द साटासाट गरेका थिए जुन त्यो बेला गम्भीर देखिएको थिएन।
तर अर्को बलमा मोरिसले पान्ड्यालाई एक्सट्रा कभरमा मोहम्मद सिराजबाट क्याच आउट गराएपछि मैदानबाट बाहिरिने क्रममा पान्ड्या र मोरिस बीच पुनः भनाभन भएको थियो। त्यस बेला मुम्बई अलराउण्डर पान्ड्याले मोरिसलाई औला ठड्याउदै र केहि भन्दै मैदान बाहिरिएका थिए।
#IPL2020 #MIvsRCB #RCBvsMI : Pandya vs Morris – What happened there pic.twitter.com/44u7o4aPBf
— IPL 2020 HIGHLIGHT (@ipl2020highlite) October 29, 2020
खेलमा मुम्बईले बैंगलोरले दिएको १६५ रनको लक्ष्य ५ बल बाँकी छदै ५ विकेट गुमाएर पुरा गरेको थियो। पान्ड्याले १५ बलमा २ छक्का मद्दतले १७ रन बनाउदै जितमा योगदान दिएका थिए। मोरिसले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका थिए।
यादव र बुम्राह चम्किदा मुम्बईद्वारा बैंगलोर ५ विकेटले पराजित
IPL : डीआरएस नलिन प्रोत्साहित गरेपछि अम्पायर चौधरी विवादमा
हैदरावाद कप्तान वार्नरले आईपीएलमा पहिलो पटक गरे बलिंग , हेर्नुस भिडियो
आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक