IPL : टस जितेर धोनीले रोजे ब्याटिंग, रोहित र पान्ड्या नखेल्ने , हेर्नुस दुवै टिमको अन्तिम-११



इन्डियन प्रिमियर लिग ( आईपीएल ) को दोश्रो फेजको खेलहरु युएईमा सुरु भएको छ। लिगको ३० औं खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले टस जितेरे पहिले ब्याटिंग गर्ने निर्णय लिएका छन्।

खेलमा चेन्नाईले चार वटा विदेशी खेलाडीको रुपमा फाफ डु प्लेसी, मोईन अलि, ड्वेन ब्राभो र जोश हेजलवुडलाई  मौका दिएको छ। इंग्ल्यान्ड अलराउण्डर स्याम करन क्वारेन्टाइनमै रहेको हुँदा उनि पहिलो खेलको लागि उपलब्ध थिएनन्। टसको क्रममा धोनीले विकेट राम्रो भएको र राम्रो योगफल बनाएर मुम्बईलाई दबाब दिने बताए।

चेन्नाईको अन्तिम ११ – Faf du Plessis, Ruturaj Gaikwad, Moeen Ali, Suresh Raina, Ambati Rayudu, MS Dhoni(w/c), Ravindra Jadeja, Dwayne Bravo, Shardul Thakur, Deepak Chahar, Josh Hazlewood

मुम्बई कप्तान रोहित शर्मा फिट नहुँदा आज खेल्ने छैनन्। रोहितको स्थानमा काईरन पोलार्डले टिमको कप्तानी सम्हाल्नेछन्। यस्तै हार्दिक पान्ड्या पनि फिट नहुँदा अन्तिम-११ मा छैनन्। २३ वर्षीय ब्याट्सम्यान अमोलप्रित सिंहले मुम्बईबाट आज डेब्यु गर्ने पक्का भएको छ। विदेशी खेलाडीको रुपमा मुम्बईले क्विन्टन डीकक, एडम मिल्ने र ट्रेन्ट बोल्टलाई खलाएको छ।

 मुम्बईको अन्तिम ११ – Quinton de Kock(w), Ishan Kishan, Suryakumar Yadav, Anmolpreet Singh, Kieron Pollard(c), Saurabh Tiwary, Krunal Pandya, Adam Milne, Rahul Chahar, Jasprit Bumrah, Trent Boult

लिग अंक तालिकामा चेन्नाई ७ खेलमा ५ जित र २ हारपछि १० अंक बटुल्दै दोश्रो स्थानमा रहेको छ। मुम्बई ७ खेलमा ४ जित र ३ हार पछि ८ अंक सहत चौंथो स्थानमा छ। आजको जितले चेन्नाई शिर्ष स्थानमा पुग्नेछ भने मुम्बई जितेमा दोश्रो या तेश्रो स्थानमा पुग्न सक्नेछ।

पछिल्लो भेट : मुम्बई र चेन्नाई बीच पहिलो फेजमा भएको खेलमा मुम्बई ४ विकेटले विजयी भएको थियो। काईरन पोलार्डले ३४ बलमा ८७ रन बनाउदा चेन्नाईले दिएको २१९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा भेटाएको थियो। खेलमा चेन्नाईका अम्बाती रायडुले २७ बलमा ७२ रन बनाएका थिए।





थप समाचार

पाकिस्तानसंग मिल्नेलाई खेलाउन नदिएपछि आईसीसी प्रति न्युजिल्यान्ड प्रशिक्षकको आक्रोश

“निराश” अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले घाइते खेलाडी लकी फर्गुसनको स्थानमा एडम मिल्नेलाई मान्यता नदिएपछि न्युजिल्यान्डका मुख्य प्रशिक्षक […]

T20WC : अस्ट्रेलिया बिरुद्ध कायम रहला श्रीलंकाको जित यात्रा, दुवै टिमको सम्भावित-११

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरण अन्तर्गत समुह ‘१’ को खेलमा अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। खेल दुबई अन्तर्राष्ट्रिय […]

T20WC : ट्रंपलम्यानको घातक बलिंग, नामिबियाद्वारा स्कटल्याण्ड पराजित

स्कटल्याण्डलाई ४ विकटले पराजित गर्दै युएईमा जारि टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा नामिबियाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा अफगानिस्तानसंग पराजित […]

पाकिस्तानसंग हारपछि पनि सेहवागको विश्वास “भारतले टि-२० विश्वकप जित्नेछ”

युएईमा जारी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमै पाकिस्तानसंग १० विकेटको विशाल अन्तरले पराजित भएको भारतलाई प्रतियोगिता सुरु हुनु अघि विश्वकप […]

विश्वकप एसियाली छनोट खेल्ने महिला राष्ट्रिय टिमको घोषणा, कविता पहिलो पटक राष्ट्रिय टिममा

युएईमा आगामी महिना नोभेम्बर २० देखि २६ तारिखमा आयोजना हुने २०२१ आईसीसी महिला टि-ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताको लागि १४ […]

T20WC : बंगलादेश बिरुद्ध शानदार जित पछि इंग्ल्यान्ड समुह ‘१’ को शिर्षमा

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणमा इंग्ल्यान्डले आफ्नो शानदार लय जारी राख्ने क्रममा बंगलादेशलाई ८ विकेटले सहजै पराजित गरेको […]